सिँजादर्पण,नावालिक गायिकासँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । शाहलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न अदालतले आदेश दिएको जिल्ला अदालतका शाखा अधिकृत हरिषचन्द्र गौतमले जानकारी दिए ।
एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभन देखाएर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै नायक शाहविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । पीडित गायिका र आरोपित शाहले दिएको बयानका आधारमा शाहलाई थुनामा पठाउने आदेश अदालतले दिएको हो । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेसँगै पछिल्लो समय चल्तिका नायक शाहको व्यवसायिक करिअरमा धक्का लागेको छ । उनीविरुद्ध जिल्ला नवलपुरमा पनि त्यस्तै प्रकृतिको अर्को मुद्दा परेको छ ।
शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनलाई भने अदालतले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अधिकृत गौतमले जानकारी दिए ।

