सिंजादर्पण सम्बाददाता हुम्ला । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने सुनिश्चित भएपछि हुम्लाको अदानचुलि गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा मुख्य गरि ४ जना आकांक्षी देखिएका छन् ।
अदान्चुलि गाउपालिकाको अध्यक्ष को लागि पुर्ब कर्णाली प्रदेश सदस्य रणसिंह परियार ,प्रदेश सदस्य दलु फडेरा(सन्जय), कर्णा रोकाय (सुधार ) ,अदान्चुली गाउपालिका अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला समन्वय समितिका हुम्ला का सदस्य हरिदल पुन आकांक्षी रहेको सिंजादपर्ण लाई बताउनुभयो ।
यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ,माओवादी केन्द्र र नेकपा समाजबादि बिच जिल्लामा चुनावी तालमेल गर्ने भन्दै पार्टी स्तरमा वार्ता छलफल चलिरहेको भएपनि अहिलेसम्म केकसरी गठबन्धन गर्ने भन्ने बारे टुंगोमा भने पुगिनसकेको बताउनुभयो । निर्वाचन गठबन्धन नभएको खण्डमा यसपटक माओवादी छुट्टै निर्वाचनमा जाने तयारीमा रहेको बताउनुभयो ।
लामो समय देखि बामपंथी राजनीति मा लागेका हरिदल पुन अध्यक्ष पद को प्रमुख दाबेदार को रुपमा हेरियको छ ।पुन ले हुम्लामा कम्युनिस्ट स्थापना काल देखी १० बर्शे जनयुद्ध मा पार्टीको निर्देशनमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आउनु भयको छ।अहिले सम्म आफ्नो बिचार लाई निरन्तर रूपमा जनता माझ सरल ढंगले प्रस्तुत हुने उनको सोभाब रहेको छ । अब को पालिका अध्यक्ष मा पुन नै उपयुुक्त पात्र भयको र त्यहाँ जनताका दु:ख सुख मा पुनले नै हातेमालो गरेर जान सक्नी कुरा त्यहाँ का जनता ,बुद्धिजीवी ,बौद्धिक बर्गले बताउदै आयका छन।
पुन लाई यो विषयमा बुझ्न खोज्दा आफू अध्यक्ष को आकांक्षी भयको र यदि अरु जो कसैलाई पार्टीले टिकट दिहाले पनि आफू पार्टी को निर्णय मान्न तयार रहेको र पार्टी नीति बिपरित नजाने कुरा स्पष्ट पार्नु भयो।
