सिजादर्पण काठमाण्डौ ।। विप्वल सग फरकमत राख्दै केहिसमय अघि नेकपा पार्टीमा केन्द्रिय सचिवालय मा रहेका भमेन्द्र वास्तोला र नेता सुदर्शनले नयाँभलेगरि नेकपा वहुमत नामको पार्टी गठान गरेकाछन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का प्रवक्ता समत रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले सम्वाद डवलीमा एक कार्यक्रम गरेका छन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रवृति सारसंग्रवादी भएको बताएका छन् । शुक्रबार संवाद डबलीमा सहिद कृष्णसेन इच्छुकको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुदर्शनले दार्शनिक रुपमा विप्लव सारसंग्रहवादी भएको बताएका हुन् ।
उनले विप्लवले एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाएको बताए ।
“एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउनुभयो, दर्शन पनि त्यही हो, राजनीति पनि त्यही हो, रणनीति पनि त्यही, कार्यनीति पनि त्यही हो, हुँदै जाँदा त चुनाव पनि एकीकृत जनक्रान्ति हो भन्ने ठाउँमा पुग्नुभयो । यो सबै हिसाबले उहाँहरु सारसंग्रहवादी हो” सुदर्शनले भने । त्यस्तै विप्लवले प्रधान चिजलाई साहयक र साहयकलाई प्रधान बनाउने गरेको बताए ।
पार्टीको १२ औं केन्द्रीय समिति बैठकले चुनावमा भाग नलिने निर्णय गरेको तर त्यसको चारदिन पछि विप्लवले चितवन भेलामा आफूले भनेको मानेको भए चुनावमा जाने निर्णय हुने भन्दै केन्द्रीय समितिलाई काम नलाग्ने बताएको बताए । पार्टीको निर्णयविरुद्ध केन्द्रीय सदस्यविरुद्ध स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्न सकिने भन्ने विषयलाई सायहक बनाएर विप्लव चुनाव गएको तर धरौटी बचाउन नसकेको बताए । यस्ता आरोप खेप्नु पर्ने स्थीति किन आयो नेकपालाइ के पार्टीलाइ एकता वनाएर लिनसकेका हुनत विप्लवले ? चौतर्फी प्रश्न उठेकोछ । कार्यकर्तमा पनि भतभिन्नता पैदा भएको छ । यस्तो अवस्था आयपछि नेकपाले पुर्वमा केन्द्रीय कमिटिको वैठक डाकेको छ ।
