Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बालेन विद्रोहको सन्देश


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १७, २०७९

बालेन विद्रोहको सन्देश

सुजन दाहाल

“चुनाव जित्ने कुरामा चुनौती छ तर असम्भव छैन,तपाईं हेर्दै जानुहोला म चुनाव जित्छु ।” चुनावअघि एक पत्रकारको प्रश्नमा बालेन साहले भनेका थिए । आज उनै बालेन काठमाडौँको मेयरमा मूलधारका पार्टीका उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । उनले सानै उमेरमा देशको सङ्घीय राजधानी रहेको काठमाडौंको नेतृत्व गर्ने अवसर पाए । चुनावअघि बालेनले जित्लान् भनेर कसैले कल्पना गरेको पनि थिएन । सामाजिक सञ्जालमा बालेनले चुनाव जिते भने म यसो गर्छु र उसो गर्छु भनेर होडबाजी गरेर बालेनलाई उडाउने र मजाक गर्नेको कमी थिएन । उनलाई हाँसोको पात्रसमेत बनाइयो । तर बालेन धैर्यवान् भएर एकोहोरो लागिरहे र चुनाव जितिछाडे ।

बालेन साहको जितसँगै देशभर एक प्रकारको तरङ्ग पैदा भएको छ । यो जितले दलहरू र विशेष गरी दलका ठूला नेता भनाउँदाहरूलाई झापड नै भएको छ । विभिन्न दलका नेताहरू रुन्चे स्वरमा अब हामी सुध्रनुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिइरहेका छन् । बहुदलीय व्यवस्थामा स्वतन्त्रबाट चुनाव लडेर जित्नु र जनताले पनि स्वतन्त्र उम्मेदवारलाई पत्याउनु एक सोचनीय विषय हो । देशभरबाट बाह्र जनाले स्वतन्त्रमा लडेर पालिका प्रमुखमा निर्वाचित भएका छन् । प्रतिशतका हिसाबले यो ठूलो आँकडा ठुलो त होइन तर सन्देशको हिसाबले यो महत्त्वपूर्ण कुरा हो ।

परम्परागत दलहरूको गलत हर्कतका कारण ठूलो सङ्ख्यामा युवा अन्यन्त्र मोडिए । बालेनले ल्याएको भोट विद्रोहको भोट हो । नेगेटिभ भोट हो । करिब सत्तरी वर्ष लामो इतिहास भएका दलहरूले नागरिकलाई गरेको उपेक्षा विरुद्धको भोट हो । विकास र समृद्धिका लागि भोकाएका नागरिकको भोट हो । देशमा भएको भ्रष्टाचार,अपारदर्शिता,बेथिति,विसङ्गति,अन्याय र विभेद विरुद्धको अभिमत हो । राजनीतिक दलहरूले नागरिकलाई रैती र भोट बैङ्क मात्र ठानेर गरिएको व्यवहार र उनीहरूको गलत प्रवृत्ति विरुद्धको विद्रोह हो ।

एउटा ठिटो जो पढे लेखेको छ । काठमाडौंमा जन्मिएर हुर्कियो । दलहरूको राज्य सञ्चालन गर्ने तौरतरिका देख्यो । उसलाई चित्त बुझेन,ऊ दुःखी भयो । उसलाई सहर देखेर पीडाबोध भयो । छाती पोल्यो । मनमा छटपटी भयो । रातमा निद्रा र दिनमा चैन भएन । चारैतिरबाट उकुसमुकुस भयो र आफैँ मेयरमा लडेर जित्छु र जितेर काठमाडौं बनाउँछु भन्ने सगरमाथाझैँ चट्टानी सङ्कल्प लिएर अगाडि आयो । आफ्ना कुरा सबैलाई भन्दै हिँड्यो । चोक चोकमा गएर सुनायो । मिडियामार्फत सुनायो । केटाकेटी बूढाबूढी सबैलाई सुनायो । सहर बनाउने योजना र भिजन दियो । अन्ततः काठमाडौंका मतदाताले उनै अटल,शान्त,शालीन,योग्य र भरपर्दो व्यक्तिलाई मेयरमा चुने ।

आवधिक निर्वाचनमार्फत जनताको अभिमतबाट जनप्रतिनिधि छान्ने कुरामा कोही कसैले रोक्न सक्दैन भन्ने सन्देश काठमाडौंले दियो । जनता सार्वभौम छन् । जनताको आदेशबाट परिवर्तन कसरी सम्भव रहेछ भन्ने कुरा काठमाडौंका जनताले पुष्टि गरेर देखाइदिए । जनतालाई कमजोर नठान,जनता जनार्दन हुन्,प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन् भन्ने मान्यता र वास्तविकतालाई महानगरका मतदाताले प्रमाणित गरिदिए । जनताको गाँस,बास,कपास,स्वास्थ्य,शिक्षा र सुरक्षामाथिको खेलवाड र बेवास्ता गर्दाको परिणाम जनताले सिद्ध गरिदिए ।

समय गतिशील र परिवर्तनशील छ । राजनीतिक दलहरूको यथास्थितिवादी सोच,आचरण र व्यवहारको विद्रोह नै बालेनको जित हो । जनताको परिवर्तनको भोक कति छ भन्ने कुरा बालेनले बुझे,त्यसैले जिते । काठमाडौंका युवा जसले देशलाई सन्देश दिन सक्छ भन्ने कुरा प्रमाणित गरेर देखाए । मेयरमा परम्परागत दलहरू नेपाली काँग्रेसले परिवारवादमा आधारित भई टिकट दियो,एमालेले सधैँभरी विवादित व्यक्तिलाई टिकट दियो । जसको फाइदा बालेनलाई भयो । परम्परावादी दलका व्यक्तिलाई जितायो भने केही नहुँदो रहेछ भन्ने राम्रोसँग बुझेर नै योग्य व्यक्तिको रुपमा बालेनको पक्षमा माहोल बन्यो ।

व्यक्तिका राम्रा दिन आए भने सबै कुरा मिल्दै जान्छ । बालेनको पक्षमा आएको जनलहर अप्रत्यासित र अपत्यारिलो नै छ । चुनाव अगाडिसम्म गीत सङ्गीतमा चिनिएका बालेन एकाएक मेयरको उम्मेदवार भएर आइरहँदा सबैले मुख खुम्च्याए । कसैले विश्वास गरेनन् । एउटा दाह्री पालेको राति पनि चस्मा नखोल्ने केटोले के नै गर्ला र भन्ठाने । तर परिस्थिति बालेनको पक्षमा बन्दै आयोे । सामाजिक सञ्जाल,मिडिया आदिले बालेनलाई राम्रो कभरेज गरिदिए । उनको उच्च शिक्षा पनि इन्जिनियरिङ भएको भन्ने कुराले मानिसको आशा अझ बढेर गयो । बालेन नै भविष्य हुन् । बालेनले नै महानगर मात्र के देश नै बनाउने क्षमता राख्छन् भन्ने चर्चा चुलिँदै गयो । उनीप्रतिको चाहना,आशा र भरोसा बढ्दै गयो र ब्यालेटमार्फत् बालेनलाई जनताले पाँच वर्षका लागि काठमाडौं महानगरको जिम्मा लगाए ।

बालेनलाई राम्रोसँग थाहा छ,उनका अगाडि ठूलो पहाड छ,जसलाई फोर्नु छ । चुनाव जित्नु एउटा पाटो हो । चुनाव जितेपछि आफ्ना प्रतिबद्धता के कसरी पूरा गर्ने भन्ने अर्को पाटो हो । कुरीति र कुसंस्कारको जरा गाडेर बसेको व्यवस्थाको सामना बालेनले गर्नु नै पर्छ । स्वार्थी,लोभी र दास मनोवृत्तिको कर्मचारीतन्त्रको भित्तो फोर्नु छ । जताततै भ्रष्टाचार,व्यभिचार र दुराचार मात्र छ । सकारात्मक सोचभन्दा नकारात्मक सोचले भरिएको सामाजिक परिवेश छ । नागरिकको शिक्षा,स्वास्थ्य,रोजगारी,प्रदूषण,फोहोरको व्यवस्थापन र सुकुम्बासी समस्या आदि कुराले बालेनलाई थिचिसकेको अवस्था छ । उनले परम्परागत शक्तिहरूसँग जुधेर काठमाडौंवासीलाई विकास,समृद्धि,सामाजिक रूपान्तरण कसरी दिन सक्छन् त्यो भने अब उनले अगाडि गर्ने कामले पुष्टि गर्दै जानेछ ।

काठमाडौंले मात्र होइन,धरानले हर्कराज साम्पाङ,धनगढीले गोपाल हमाल र जनकपुरले मनोज साह जन्मायो । स्वतन्त्र भएर जनताको मन जितेर विजयी भएका यी प्रतिनिधि पात्रले गर्ने कामले नै भोलिको देशको भविष्य पनि निर्धारण गर्नेछ । विशेष गरी युवाहरूको साथ र सहयोग पाएका यी पात्रहरूले आउँदो पुस्ताका लागि भनेर राम्रो काम गर्दै गए भने देशले विकासको गति लिनेछ । नेपालीको मुहारमा मुस्कानको सुरुवात हुनेछ । देश बन्ने सपना साकार हुनेछ । यद्यपि यी पात्रहरूले पनि पुराना दलहरूझैँ कर्मकाण्डी मात्र बन्दै गए भने नेपाल र नेपालीको सपना टुट्न सक्छ र देश बर्बादीतिर पनि जान सक्छ ।

हालका केही मुठी भरीका दलका नेताहरूले देशलाई बन्धक बनाउँदाको उपज बालेन उदयको परिणाम हो । दलहरूले आफूलाई समय सापेक्ष ढङ्गबाट परिमार्जित र रूपान्तरित गरेनन् । जनताको भरोसा बन्न सकेनन् । राजनीतिक व्यवस्था त बदले तर नागरिकको अवस्था बदल्न सकेनन् । एउटै नेता वर्षौंसम्म कुर्सीमा बस्ने तर केही काम नगर्ने,गफ मात्र गर्ने,राजसी छाँट देखाउने गरे । जनताका दुःखको सारथि नबन्दा के हुन्छ भन्ने कुराको सन्देश नै बालेनको अहिलेको जित हो ।

बालेन एउटा व्यक्ति हो । उसैले सबै कुरा गर्न सक्छ भन्ने होइन । तर विकास र समृद्धिको नेतृत्व गर्न सक्छ । सबैसँग सहकार्य गरी आफ्नो भिजनमा कन्भिन्स गरेर समस्याहरूलाई सामूहिक रूपमा निवारण गर्न सक्छ । यो चाहिँ नेतृत्वको खुबी हो । सबैको सहभागिताले मात्र विकास सम्भव छ भन्ने बुझेर समाजका विभिन्न वर्ग र पक्षसँग एकता,सहमति र सहकार्य गरेर मात्र बालेन सफल हुन सक्छन् ।

बालेन एक्लैले के नै गर्न सक्छन् र भन्ने यथास्थितिवादीहरूको अहिलेको आशङ्कालाई बालेनले चिरेर नयाँ सोच र भिजनका साथ काम गरे भने उनी उदाहरणीय बन्न सक्छन् । दिल्लीका केजरीवालले चुनाव जित्दा उनलाई पनि पत्याइएन तर उनले सबै चुनौतीहरूलाई चिरेर आज उदाहरणीय कार्य गरिरहेका छन् । देश बनाउन हरेक देशको इतिहासमा एउटा गतिलो व्यक्ति जन्मनु नै पर्छ । जस्तै सिङ्गापुरको विकासका लागि ली क्वान यु जन्मिए । मलेसियाको विकासका लागि महाथिर विन मोहम्मद जन्मिए । त्यस्तै नेपालको विकास र समृद्धिका लागि बालेन साह जन्मिएका त होइनन् रु

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn