Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जातीय विभेदको सकसमा देश


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २२, २०७९

जातीय विभेदको सकसमा देश

सम्झना विक

करिब ६ वर्ष अघि म नवलपरासीको एउटा सामुदायिक रेडियोमा काम गर्थें । सँगै काम गर्ने एक साथीको घर रेडियो स्टेशन नजिकै पर्थ्यो । उनी र म धेरै मिल्थ्यौं ।उनी आफन्तको घरमा बस्थिन् । एकदिन उनी बस्ने घरमा काम पर्‍यो । मलाई पनि जाउँ भनेपछि सहजै गएँ । गर्मी मौसम थियो । मध्याह्नको गर्मीमा मलाई एकदमै प्यास लागिरहेको थियो । मैले पानीको कुरा साथीले फ्रिज खोलेर खान भनिन् । मैले पनि फिज्रबाट पानी निकाले खाइहालें ।

उनको काम सकिएपछि हामी रेडियोमा फर्कियौं र साँझ फेरि आ(आफ्नो घरतिर लाग्यौं । भोलिपल्ट रेडियो पुग्दा मेरो प्यारी साथीको अनुहार अरुबेलाभन्दा भिन्न पाएँ । के भयो भनेर सोध्दा उनले टाउको दुखेको बताइन् । हामी साविकजस्तै आ(आफ्नो काममा व्यस्त भयौं ।

अर्को दिन मैले थाह पाएँ( अघिल्लो दिन उनले घरमा थप्पड पाएकी रहिछन् । साथी कुटिनुको कारण म रहेछु । त्यो थाहा पाउँदा मेरो मुटुलाई ढुङ्गाले थिचेजस्तो भयो ।

उनको आफन्त समाजसेवीको रुपमा चिनिन्थिन्, अहिले पनि उनले परिचय कायम राखेकी छन् । हामीले काम गर्ने रेडियोको सञ्चालक समितिमा पनि थिइन् उनी । नियमितजसो भेट हुन्थ्यो । त्यस्तो बेला ‘के छ सम्झना, पत्रकारितामा तिमीले राम्रो गर्न सक्छौ, नछोड है’ भन्दै उत्साहित पनि पार्थिन् ।

तिनै समाजसेवीले ‘बाहुनको भान्सामा कामीलाई पसाएर मेरो घर अशुद्ध पारिस्’ भन्दै मेरो साथीलाई कुटिछन् । ती महिला अहिले पनि बेलाबेला जातीय भेदभावविरुद्धको अभियानमा लागेकी देखिन्छन् ।

त्यो घटनाले मलाई धेरै दिनसम्म स्तब्ध बनाइरह्यो । मेरा लागि खास गरेर गैदलित साथीहरूको घर सम्झदै आतंकित हुने परिस्थिति सिर्जना भयो । त्यसपछिका दिनमा दलित हुनुको हीनताबोध बढेर गयो ।

शासन व्यवस्था, संविधान, ऐन(कानुन फेरिए । तर, जातीय उचनीचलाई लिएर आर्थिक, शैक्षिक, राजनीति सबै हिसाबले सबलहरूकै दिमाग फेरिएन । नेता, मन्त्री नै जातिवादीको पक्षपोषण गर्दै हिंडेको देखिन्छ
सुनचाँदीको काम गर्ने बाबाले मेरो नाक छेडिदिनु भएन । नेवारबाहेक प्रायः सबै समुदायमा नाक छेड्ने चलन रहेछ । अहिले मलाई ‘तिमी नेवार हो रु’ भनेर सोध्ने धेरै हुन्छन् । ‘हैन, बिक’भन्दा अनुहारको भाव बदल्नेहरू बाक्लै हुन्छन् । तीमध्ये कतिपयले ‘दलित जस्तो देखिन्नौ त’ भन्छन् । त्यस्तो बेला मैले ‘दलितको अनुहार कस्तो हुन्छ रु’ भनेर सोध्ने गरेकी छु ।

मेरो गाउँमा धेरैपछि मात्र निजी धाराको चलन आयो । पहिले सार्वजनिक धारा हुँदा मेरी आमा र हजुरआमा गैरदलितहरूले पानी भरेपछि मात्र आफू भर्नुहुन्थ्यो । पानीको छोएको निहुँमा पटक(पटक झगडा पनि हुन्थ्यो । कति गैरदलितहरू राति नै पानी ओसार्थे ।

गाउँमा अहिले सबैको घरमा धारो जोडिएको छ, तर जातीय भेदको भाव घटेको छैन । गैरदलितको विवाहलगायत शुभकार्यमा हाम्रो समुदायलाई निम्तो नै गर्दैनन् । अघिपछि मिल्ने छिमेकीहरू कुनै कार्जे परेपछि भिन्न व्यवहार देखाउन थाल्छन् ।

मेरो बाआमाले ब्राम्हण समुदायका एकजना अंकलसँग जग्गा किनेर राजमार्ग छेउमा घर बनाउनुभयो । त्यतिबेला म किशोरावस्थामा प्रवेश गर्दै थिएँ । मालपोत कार्यालय जानुअघि ती अंकलले ‘हरिकला बहिनी, अहिलेलाई यो कुरा एकदमै गोप्य राख्नु नत्र बाहुनहरूले मलाई काँचै खान्छन्’ भनेको म कहिल्यै बिर्सिन्न ।

अंकलले किन त्यस्तो भनेको भनेर ममीलाई सोध्दा ‘ब्राम्हणको बीचमा दलितलाई जग्गा किन्न दिन्नन्, त्यसैले गोप्य राख्न भनेका’ भन्नुभयो । हामीले जग्गा किनेको थाहा पाएपछि दाजुभाइले ती अंकललाई केरकार गरेछन् ।

जिल्ला सदरमुकाम नजिकै राजमार्गमा घरजग्गा भएकाहरूमा पनि जातीय विभेद गलत हो भन्ने चेतना पलाउन सकेको छैन ।

मेरो दिदीले सरकारी विद्यालयमा पढाउन थालेको एक दशक काटिसक्यो । उनले आफ्ना वर्तमान वा पूर्वछात्रछात्राको बिहे हुँदा जातीय विभेद सहन गर्नुपरेको छ । विद्यालयका सबै स्टाफलाई बिहेमा निम्ताउँदा धेरैपटक उनलाई छुटाइयो ।

अहिले म काठमाडौं बस्छु । घरबेटी दलित समुदायकै भएकाले वासमा जातीय भेदभाव खेप्न परेको छैन, तर राजधानीमा पनि कोठा बाहिर सबैतिर त्यो अवस्था छैन ।

हरेक वर्ष जस्तै यो वर्ष पनि २१ जेठमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै छ । यो दिवस मनाउन थालिएको १६ वर्ष भयो । यो अवधिमा पनि नेपालमा दलित समुदायले अकल्पनीय विभेद सहनुपरेको छ ।

परिवर्तनका लागि देशमा जनआन्दोलन मात्र नभइ सशस्त्र संघर्षसमेत भए । शासन व्यवस्था, संविधान, ऐन(कानुन फेरिए । तर, जातीय उचनीचलाई लिएर आर्थिक, शैक्षिक, राजनीति सबै हिसाबले सबलहरूकै दिमाग फेरिएन । नेता, मन्त्री नै जातिवादीको पक्षपोषण गर्दै हिँडेको देखिन्छ ।

नेपाल देशको १४ प्रतिशत नागरिकले आज पनि नयाँ(नयाँ भेरियन्टका जातिवादीहरूको हमला खेप्न परिरहेको छ । दलित भएकै कारण मर्नु, मारिनुपर्ने बर्बर अवस्था कायम छ । यस्तो सकसमा देश कसरी स्वस्थ भएर अगाडि बढ्न सक्छ ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn