सिँजादर्पण,कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ।दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन्।सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो।
चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साईज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ। अधिकारीहरूका अनुसार दैलेखमा इन्धन अन्वेषणका लागि तीन वटा सम्भावित ठाउँ यकिन भइसकेको छु।नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ।
