Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पाँच दलीय गठबन्धनको आवश्यकता किन ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार २०, २०७९

पाँच दलीय गठबन्धनको आवश्यकता किन ?

झकबहादुर मल्ल ‘सुदीप’

यतिबेला स्थानीय तह निर्वाचनको समीक्षासँगै आसन्न संघ र प्रदेशको चुनावी भविष्यबारे बहस र छलफल भइरहेको छ । स्थानीय तहले जनताका आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा सरोकार राख्दछन् । हाम्रो सङ्घीय ढाँचाअनुसार स्थानीय तहले जनताका दैनिक समस्याको तत्काल सम्बोधन गर्ने काम गर्दछन् । प्रदेशले विशेष गरी विकास निर्माण साथै संघले देशको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन र विकास गर्ने गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रारम्भिक चरणमै भएकोले यसको व्यवस्थित प्रयोग गर्ने क्रममा प्रथम कार्यकालको समीक्षासहित दोस्रो कार्यकालका लागि जनप्रतिनिधि छनोट गर्ने भएकोले आसन्न निर्वाचनप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासो र सरोकार हुनु स्वाभाविकै छ ।

विगत पाँच वर्षका राजनीतिक घटनाक्रम मात्रै हेर्ने हो भनेपनि यो संघीय लोकतान्त्रिक व्यवस्था र यसको भविष्यका बारेमा एउटा प्रारम्भिक चित्र तयार गर्न सकिन्छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, गणतन्त्र घोषणाका साथै अन्तरिम संविधान र संक्रमण कालको अन्त्य गर्दै नेपालका राजनीतिक पार्टीहरुले ऐतिहासिक रुपमा एकताबद्ध भएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गरेका थिए । भूकम्प, नाकाबन्दी र राजनैतिक अस्थिरताले कमजोर बन्दै गएको नेपालको अर्थराजनीतिक प्रणालीमा संविधानको घोषणासँगै भएको स्थानीय, संघ र प्रदेशको चुनावले एउटा नयाँ आशाको सञ्चार गरेको थियो ।

चुनावी घोषणासँगै नेपाली राजनीतिमा ठूलो संख्यामा रहेको वामपन्थी जनमतमा समेत एउटा नयाँ आशा र उत्साहको रक्तसञ्चार गर्दै विभाजित भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यमा आधारित नेपालका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन भएको थियो । जसलाई नेपाली जनताले अत्यधिक बहुमतका साथ विजयी गराएका थिए । यस किसिमको जनमतमा विशेष गरी दुईवटा कुरालाई जोड गरिएको थियो । पहिलो कुरा राजनैतिक स्थायित्वको थियो । छ महिना, वर्ष दिनमा सरकार फेरबदल भइरहने समस्याको दीर्घकालीन समाधान आवश्यक थियो । दोस्रो भनेको विकास र रोजगारी सहितको समृद्ध देश निर्माण गर्ने कुरा थियो ।

आम सर्वसाधारण जनताको चाहनाको अलावा बौद्धिक र राजनीतिक वृत्तमा थप कुराका अपेक्षा थिए । पहिलो कुरा त संघीयताको कार्यान्वयन हो । केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित गरेर सर्वसाधारण नागरिकको पहुँचमा शासन सत्तालाई पुर्याउने पहिलो उद्देश्य भनेकै संघीय लोकतान्त्रिक गणतन्त्र हो । यसको प्रयोगमा कुनै पनि किसिमको कञ्जुस्याइँ हुनु हुँदैनथ्यो । दोश्रो महत्वपूर्ण कुरा शान्ति प्रक्रियाको पूर्णता थियो । नेपाली समाजमा युद्धका घाउ असरल्ल छन् । त्यसलाई वैज्ञानिक तरिकाले जिम्मेवारीपूर्वक उपचार गर्ने भनेकै शान्ति प्रक्रियाको पूर्णता हो । तेस्रो महत्त्वपूर्ण कुरा विकसित परिस्थितिमा अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको हित अनुकूल विकास गर्नु थियो । चौथोे भ्रष्टाचार न्यूनीकरण गर्दै देशमा सुशासन कायम गर्नु हो । भ्रष्टाचार र अनियमितताले आक्रान्त नेपाली समाजमा सुशासनको आवश्यकता महसुस गम्भीर रूपमा गरिएको छ ।

पहिलो निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले माथि भनिएका देश र जनताका कुनैपनि आवश्यकताको सम्बोधन गर्नतर्फ जिम्मेवार पहल नै गरेनन् । त्यतिमात्रै होइन, संघीयता कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता र सुशासनको बारेमा त झन् पूर्ण रूपमा उदासीन रहे । राष्ट्रियताको सवालमा मित्र राष्ट्रसँग ऐतिहासिक र सुमधुर सम्बन्धलाई समेत शंकाको घेरामा धकेल्ने काम गरे । वाइडबडी, यति, ओम्नी र सेक्युरिटी प्रेस खरिद आदि मार्फत् सुशासनको नारालाई नै भद्दा मजाकको विषय बनाइदिए ।

ओलीले अन्तरपार्टी जनवादलाई भुत्ते बनाउँदै तत्कालीन नेकपालाई फुट र विभाजनमा धकेल्ने काम गरे । त्यसको उत्कर्षमा जननिर्वाचित संसद्लाई नै दुई दुई पटकसम्म भङ्ग गरेर जनमतको धज्जी उडाउने काम गरे । भर्खर जन्मेको शिशुको रुपमा रहेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै आशंका र अविश्वास पैदा गर्ने काम गरे । जसले गर्दा वर्तमान व्यवस्थाप्रति नै वितृष्णा पैदा गरेर नेपाली जनताको रगत र पसिनाबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भयो । वर्तमान पाँच दलीय गठबन्धन निर्माणको वस्तुगत आधार भनेकै त्यही हो ।

वर्तमान पाँच दलीय गठवन्धन पार्टीहरूको आफ्नो चाहना भन्दा पनि तत्कालीन प्रधानमन्त्रीले चालेको व्यवस्था विरोधी गलत कदमको प्रतिरोध गर्नुपर्ने वस्तुगत आवश्यकताको उपज हो । पार्टीहरु भन्दा माथि संविधान र व्यवस्था हुन्छ । सबैभन्दा माथि देश र जनता हुन्छन् । देश र जनताको भविष्यमाथि खेलवाड भयो भने, व्यवस्था नै नरहने स्थिति आयो भने पार्टीले आफ्नो घेराभन्दा माथि उठेर व्यवस्था र देश जोगाउने उपायतिर लाग्नु पर्दछ । नेपालका पाँच राजनीतिक पार्टीहरूले देशको यही आवश्यकतालाई सम्बोधन गर्ने काम गरेका हुन् । प्रतिगमनको यात्राबाट देशलाई अग्रगमनको बाटोमा अघि वढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न, शान्ति प्रक्रियाका कामलाई अघि वढाउन, देशमा सुशासन कायम गर्न, आन्तरिक र बाह्य परिस्थितिका कारण सङ्कटग्रस्त बन्दै गएको राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन पाँच दलीय गठबन्धन आवश्यक भएको हो ।

देशको यही आवश्यकता र मर्मलाई थप गम्भीरताका साथ बोध गर्नु गठबन्धनमा आवद्ध पार्टीहरूको कर्तव्य हो । लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाइयो भने आगामी दिनमा पनि आन्तरिक प्रतिष्पर्धाका थुप्रै अवसर सिर्जना हुनेछन् । स्थानीय तह निर्वाचनमा देखा परेका कमीकमजोरीलाई सच्याउँदै आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा केन्द्रीत हुनु आजको आवश्यकता हो । प्रतिगमनको खाडलबाट उठाएर ल्याएको यो सम्भावनालाई लोकतन्त्रको विकासमा परिणत गर्न गम्भीरतापूर्वक लाग्नुपर्दछ ।

प्रतिगामी शक्तिले गठबन्धन तोड्नका लागि गरेका अनेकौ षड्यन्त्र र प्रपञ्चविरुद्ध साझा प्रतिबद्धतासहित विश्वासिलो वातावरण निर्माण गरेर अघि बढे मात्रै आगामी निर्वाचनमार्फत् अपेक्षित परिणाम हासिल गर्न सकिन्छ । आगामी निर्वाचन पनि प्रतिगमन र अग्रगमन बीचको प्रतिस्पर्धा हो । संघीयता पक्षधर र विरोधीहरू बीचको प्रतिस्पर्धा हो । राष्ट्रबाद र उग्र राष्ट्रबादका बीच प्रतिस्पर्धा हो । यही प्रतिस्पर्धामा कम्तिमा पनि एकपटक पाँच दलीय गठवन्धन एकताबद्ध भएर चुनावी मैदानमा उत्रिनु आजको आवश्यकता हो ।

मल्ल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इञ्चार्ज हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn