Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोनाको चौथो लहरको जोखिम….


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २३, २०७९

कोरोनाको चौथो लहरको जोखिम….

सिँजादर्पण,काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो ।हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएसँगै नेपालमा पनि चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन छ । केही हप्तादेखि दैनिक रुपमा संक्रमणदर दोब्बर रुपमा बढ्नुमा ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’ प्रमुख जिम्मेवार रहेको छ ।

पछिल्लो दिनमा नेपाल(भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दास बताउँछन् । ‘अहिले नेपालमा पनि कोरोनाका केसहरु बढ्दै गएको देखिन्छ । नेपाल(भारत प्रवेश बिन्दुमा तुलनात्मक रुपमा संक्रमित संख्या बढिरहेका छन् । ओमिक्रोनको उपप्रजातिले संक्रमण बढाइरहेको छ,’ डा। दासले भने, ‘यो चौथो लहरको पूर्वसंकेत हो ।’भारतमा पनि संक्रमित सख्या बढ्दै गएकाले नेपालमा पनि सहज रूपमा फैलिने डा। दास बताउँछन् ।

हालसम्मकै संक्रामक

जनस्वास्थ्यविदका अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’ हालसम्मकै संक्रामक रहेको छ । जसले तीव्र गतिमा संक्रमण सार्ने क्षमता राख्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’ले खोप लगाएका मानिसलाई पनि पुनः संक्रमणको लहरको रुपमा देखिने बताउँछन् । ‘बीए।फाइभले बढीभन्दा बढी मानिसलाई संक्रमण गर्छ । तर, विभिन्न देशमा देखिएको अनुसन्धानले अस्पताल भर्ना हुने संख्या कम देखिएको छ,’ डा। पुनले अनलाइनखबरसँग भने, ‘अहिले देखिएका पूर्वसंकेतहरुले पुनः संक्रमणको लहरतिर उन्मुख भएको भन्न सकिन्छ ।’

विभिन्न देशको तथ्यांक अनुसार अस्पताल भर्ना तथा मृत्यु गराउने क्षमता पछिल्ला भेरियन्टको भन्दा कम छ । ओमिक्रोनमा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारी बताउँछन् ।

‘हामीसँग विकसित भएको कोरोनाविरुद्धको खोपले ओमिक्रोनबाट जति मात्रा सुरक्षित राख्थो । तर, बीए।फाइभको संक्रमणले खोपको प्रभावकारीतालाई घटाउने देखिन्छ,’ अधिकारी भन्छन्, ‘ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक हुँदैन ।’ चोथौ लहरको रुपमा पिक अवस्थामा पुग्नका लागि एक महिना लाग्ने डा। अधिकारीको आंकलन छ ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदी पनि अहिलेसम्मकै भेरियन्टभन्दा ‘बीए।फाइभ’ बढी संक्रामक भएको बताउँछन् ।

अहिलेसम्मको अध्ययनले संक्रामक मानिएको ओमिक्रोनको ९आर नट० १३ छ । त्यसैगरी, ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’को भने १८ छ । विज्ञका अनुसार ‘आर नट’ को मतलब संक्रमण सार्ने क्षमता हो । ‘अहिलेसम्म भएको संक्रमण बढी मात्रामा सार्ने दादुरा रहेको थियो । तर, अहिले ओमिक्रोनको उपप्रजाति बीए।फाइभ बढी संक्रामक देखिएको छ,’ डा। सुवेदी भन्छन्,’ यसले ह्वातै संक्रमण बढाएर चाँडै लहर सकिने देखिन्छ ।’ डा। सुवेदी अनुसार बढी संक्रामक भएकाले बीए।फाइभको लहर महिनौंसम्म नरहन पनि सक्छ । तर, यसले जोखिम पार्ने तथा घातक रुप लिने आंकलन गर्न नसकिने उनको भनाइ छ ।

बेलायतको पछिल्लो तथ्यांक हेर्दा अस्पताल भर्ना हुने दर ३० प्रतिशतले बढेको छ । डा। सुवेदीका अनुसार अघिल्लो लहर कति समय अगाडि आएको थियो रु त्यो बिचको अवस्था के थियो रु समुदायस्तरमा रोग प्रतिरोधात्मक क्षमता कस्तो थियो रु भन्ने आधारमा नयाँ भेरियन्ट आउँदा कतिको असर गर्छ भन्ने आंकलन गर्न सकिन्छ । ‘नेपालमा डेल्टा भेरियन्ट फैलिँदा धेरै मानिसको मृत्यु भयो । तर, ओमिक्रोन बढी घातक भएन । तेस्रो लहर फैलिएको एक वर्ष भइसकेको छ । त्यसकारण पनि ओमिक्रोनभन्दा बढी जोखिममा छौं,’ डा। सुवेदी भन्छन् ।’

अर्का जनस्वास्थ्यविद् डा। केदार बराल पनि अन्य विज्ञहरुको कुरालाई समर्थन जनाउँदै नेपालमा कोरोनाको लहर आउने बताउँछन् । ‘ओमिक्रोनको ‘स्पाइक प्रोटिन’ मा पनि परिवर्तन आएको छ । हामीले कोरोना खोपको दोस्रो मात्रा लगाएको धेरै समय भइसकेको छ,’ डा। बराल भन्छन्,’ नेपालीमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएसँगै र नयाँ उपप्रजाति आएसँगै अब लहरकै रुपमा आउने देखिन्छ ।’

खोपको प्रभावकारीता कम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९ लाख ६७ हजार ५७५ जना मानिस कोरोना संक्रमण भएर निको भइसकेका छन् ।

कोरोनाको लहर दोहोरिएसँगै खोप लगाएका मानिस पनि पुनः संक्रमित हुने देखिएको डा। अधिकारी बताउँछन् । भन्छन्, ‘खोप लगाउँदा लगाउँदै पनि संक्रमण हुने देखिएको छ । खोप लगाएका मानिसमा पनि गम्भीर हुनबाट बचाउँछ ।’

नेपालमा ओमिक्रोनको तेस्रो लहर ल्याउँदा अधिकांश मानिसलाई संक्रमण गराएका र खोपको प्रभावकारीता पनि कम भएको थियो । ओमिक्रोनभन्दा बढी संक्रामक रहेको ‘बीए।फाइभ’ खोपको प्रभावकारीता न्यून हुने देखिन्छ ।

‘तेस्रो डोज लगाएको चार(पाँच महिनापछि त्यसको प्रभावकारीता ५० प्रतिशतभन्दा तल छ । त्यसमाथि पनि बुस्टर डोज लगाउने मानिसको संख्या न्यून छ । धेरैजसो नेपाली भेरोसेल तथा एस्ट्राजेनेका खोप लगाएका छन् । जसको प्रभावकारीता पनि कम छ,’ डा। सुवेदी भन्छन्,’ संक्रामक बढी भएकाले खोप लगाउँदै गर्दा पनि संक्रमण हुनसक्छ । त्यसकारण सबैभन्दा उपयुक्त जनस्वास्थ्यको मापदण्डको पालना नै हो ।’

विभिन्न अध्ययन अनुसन्धानले ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’ संक्रमितमा अन्य भेरियन्टको भन्दा फरक खालका लक्षण देखिएको बताएका छन् । संक्रमितमा बढी टाउको र घाँटी दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुने, उज्यालोमा हिँड्दा गाह्रो हुने किसिमका लक्षण देखिएको छ ।

कुन भेरियन्टले कस्तो प्रभाव पार्ने भन्ने विषयमा विभिन्न तत्वहरुले प्रभाव पार्ने डा। सुवेदी बताउँछन् । ‘ओमिक्रोनको उपप्रजातिमा पुरानो रोग प्रतिरोधात्मक क्षमता खासै धेरै जोगाएको देखिँदैन । अन्य देशमा अस्पताल भर्ना हुने दर बढिरहेको छ,’ डा। सुवेदी भन्छन्, ‘ओमिक्रोनले हाम्रो देशमा तेस्रो लहरमा त्यति ठूलो क्षति भएन । तर, युरोप अमेरिकामा डेल्टालेभन्दा धेरै मानिसको मृत्यु भयो । ठूलो लहर पनि एक वर्ष अगाडि गएको हुनाले क्षति हुँदैन भनेर ढुक्क हुने अवस्था छैन ।’

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारी पनि संक्रमणसँगै जनस्वास्थ्यको मापदण्डको पालना गर्नतर्फ बढी संवेदनशील हुनुपर्ने बताउँछन् । ‘ओमिक्रोन संक्रमण बढ्दै गएमा झन् जटिल अवस्था आउँछ भन्ने चिन्ता थपिएको छ,’ डा। अधिकारी भन्छन्, ‘त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले निगरानी बढाउने, खोपलाई प्राथमिकता दिने तथा अस्पताललाई व्यवस्थापन गर्न तर्फ लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn