Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

खुम्चिएको शर्ट


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, असार २६, २०७९

खुम्चिएको शर्ट

मिमबहादुर परियार

दैवका लुगाले बाँचुन्जेल कहिल्यै आइरनको ताप पाएनन्। सलक्क कहिल्यै भएनन्। सधैं उनीहरू खुम्चिएर नै उसको शरीरबाट बिदा हुन्थे। उसका ती शर्ट(पाइन्ट, कोट लगायतलाई दुःख लाग्दो हो, अरुका शरीरका लुगा पनि देख्दा हुन्। कहिलेकाहीँ खुब रिसाउँदा हुन्।

बेलाबखत प्वाक्क भन्दा हुन्, अझ कुरा काट्दा हुन्( यो के तालको अल्छी मान्छे होरु दुनियाँका शर्ट देख्दैन, हेर्दैन कि क्या हो१ अरुका कपडा कति सलक्क परेका छन्। चिटिक्क पर्छन्। यो भने झुँस फुलेका दारी पालेर, मुहारमा पीडाको भारी बोकेर, शरीरमा खुम्चिएका कपडाका टुक्राटाक्री भिरेर कत्ति लाज नमानी हिँडेको अरुले कुरा काटेको थाहा पाउँदैन कि के हो, भनी शर्ट पाइन्ट एकआपसमा मुखामुख गर्थे होला।

शर्ट अक्सर भन्थ्यो, संसारमा कसैलाई नभएको पीडा यसलाई मात्र कहाँ थियो होलारु मैलोधैलो हुँदैमा सबै महावीर पुन, गोविन्द केसी हुँदैन होला। देश दुनियाँअनुसार चल्नुपर्ने हो, कत्ति भन्ने यो मेरो खडुस मालिकलाई। अस्ती उसले ऐना हेर्दा म खुब हाँसेको थिएँ। यो बेलाबेलामा खुम्चिएको शर्ट तान्थ्यो। बाङ्गिएको कठालो मिलाउथ्यो। बेलाबेला बालतिर हात लग्थ्यो। जे होस आफैलाई खुब हिरो ठान्ने रहेछ।

बेलाबेलामा मलाई यसको खुब दया लाग्छ। सबैथोक बुझेको छु। कयौंपटक मैले यसको आँसु पुछेको छु। त्यो नुनिलो गन्धले म पनि रोएको छु। मेरो मालिकलाई लाग्दो हो म एक्लै रोएको छु, उसलाई कसैले देखेका छैन भन्ने। तर म पनि कयौंपटक सँगसँगै रोएको छु। उसको पीडामा म पीडित भएको हुन्छु। अस्ती त्यहीँ आँसुको नुनले हाफ(शर्ट च्यातियो। मालिकले एकपटक यसो हेर्यो, खाटमा फाल्यो। फेरि बोकेर नजिकैको दर्जीकहाँ रफु गरायो।

यता शर्ट मालिक दैव भने आफ्नो धुनमा मस्त छ। उसको प्रिय साथी भनेकै किताब, त्यसभित्रका अक्षर थिए। ऊ मानिसभन्दा पुस्तकसँग ज्यादा रमाउँथ्यो। दुःख भुल्न, सुख थप्न पुस्तक पढ्थ्यो, किन्थ्यो। उसको अर्को अम्मल भनेको एक खिली ५५५ र दुई गिलास लोकल रक्सी पिउने। अक्सर बेलुकीपख ठ्याक्कै सात बजे नजिकैको भट्टीमा ५ मिनेट अल्झिन्थ्यो। हातमा ५५५ चुरोट, दुई गिलास रक्सी स्वाँट्ट पिउँथ्यो। अनि सिधैँ कोठातिर लम्कन्थ्यो।

लष्अ
बेलाबेलामा लोग्ने स्वास्नीको ठाकठुक पर्थ्यो। ठाकठुकको विषय धन(सम्पत्ति नभई लुगा हुन्थ्यो। श्रीमती सरु खुब रिसाउँथी( ुके साह्रो अल्छी भएको होरु अलि चिटिक्क परेर हिँड्नु, कमसेकम सर्टिफिकेटको इज्जत त राख्नू। झोलामा पिएचडीको सर्टिफिकेट, लवाइखवाई हेरे त बिजोग१ु

ऊ नझर्की म यस्तै त छु, अहिले मात्र म यस्तो भएको होइन। हाम्रो लभ पर्दादेखि म यस्तै थिएँ, यस्तै रहन्छु र यस्तै मर्छुु जवाफ दिन्थ्यो।

दैव अक्सर सुत्नुअघि आफ्नो पुरानो डायरीमा केही लेख्थ्यो। कसैले नदेख्ने गरी सुटुक्क दराजको पछाडि लुकाउथ्यो। त्यसदिन उसले यस्तो लेखेको थियो(

म कपडाको भौतिकतावादी भाष्यभन्दा धेरै पर छु। मलाई कसैको कुनै मतलब थिएन। मेरी स्वास्नी लुगाको विषयमा खुब रिसाउँथी। ढङ्ग छैन भने मलाई भन्नु, म आइरन लगाइदिन्छु। यो बिजोग नदेखाऊ त। मेरो बेइज्जत नगर त भन्थी। म भने लुगाको काम लाज छोप्ने हो। लाज छोपेकै छु, रहर भए आफ्नो गरे भैगो नि, जवाफ दिन्थेँ। दुनियाँका लोग्ने कम्ता ठाँटले हिँड्छन्। कपडा छोए दाग लाग्लाजस्ता हुन्छन्। आफ्नाको भने नयाँ(पुरानो के हो छुट्टाउनै गाह्रो भनेर घुनासो गर्थी।

दैव भन्थ्यो, ुखैर दुनियाँका शरीर मैले नदेखेको होइन। सबै नाशवान् हुन्। कालान्तरमापछि कोही खाल्डामा पुरिने हुन्। कोही जलाइने हुन्। त्यसबेला यिनका छाला कत्ति सलक्क पर्छन् होलारु यिनका कात्रोमा कति आइरन टिक्छ होलारु यो सब मान्छे किन बुझ्दैनरु अर्मानीमा ठाँटिएका, श्रेष्ठ टेलरिङमा सिलाइका, गरिबका हातले पसिना पुछ्दै स्त्रि लगाएको कपडा किन्ने, लगाउने ठाउँ मलाई थाहा नभएको होइन। प्रबल गुरुङ, मनिष मलोहत्रा नचिनेको होइन। मलाई कपडामा आइरन लगाउने रहरै थिएन। मेरो लुगा मेरो मन, मेरो तन।

विलासीताको रङ्गिन दुनियाँमा ऊ फगत शीतको थोपाजस्तै थियो। आधुनिक नक्कली युगमा ऊ कर्कलाको पातमा अडिएको पानीको थोपा थियो। लक्ष्मीप्रसाद देवकोटाले देख्ने समीर थियो। उसको अस्तित्व विलासी रङ्गिन दुनियाँलाई पचाउन गाह्रो थियो। यहाँ मानिसको अस्तित्वभन्दा कपडाको अस्तित्वको महत्त्व धेरै छ। मानिसको आचरण व्यवहारभन्दा यहाँ कपडाका ब्रान्डको महत्त्व छ। सब उसले बुझेको थियो तर उसलाई कसैको मतलब थिएन। अझ भनौँ बाल दिँदैन थियो।

बेलाबेलामा भने उसलाई अलि नमजा भने लाग्दो रहेछ। अस्ती ऊ बैंकमा जाँदा सेक्युरिटी गार्डले शंकाको नजरले हेर्यो। खुम्चिएको शर्ट बाक्लो दारीलाई गार्डले आथित्य देखाएनन्। प्रश्न गर्यो गार्डले, ुकहाँ जान लागेको होरुु

ऊ अलि अकमक्कियो। ुबैंकमा के गर्न आउँछन्रु चेक साट्नु छु जवाफ दियो। फेरि गार्डले घुरेर हर्यो। सुरक्षा जाँच गर्यो, मिसिनले स्कान गरेपछि उसलाई भित्र जान दियो। परबाट उसले गार्डको गतिविधि नियाल्दै थियो।

गार्ड मान्छेको कपडा हेरेर व्यवहार गर्दो रहेछ। चिटिक्क परेका मान्छेलाई छाती तन्काएर सलुट गर्दै भित्र पठाउँदै थियो। हुन त गार्डलाई त्यहीँ किसिमको ट्रेनिङ दिइएको थियो होला, पोसाक हेरेर व्यवहार गर्नु भन्ने आदेश थियो होला१ लाइनमा लामो सास तान्यो उसले। चेक साटेर ऊ फर्कियो।

बैंकबाट बाहिर निस्कँदा पुनस् गार्डले शंकाकै दृष्टिले हेर्यो। उसले तब भने वास्तै नगरी हिँड्यो। साँझ भट्टीमा भने गार्डको गतिविधिले उसलाई अल्झायो। आफैंले आफ्नो शर्ट हेर्यो। ठिकै छ त जवाफ पनि दियो। हातको ५५५ चुरोट र दुई गिलास स्वाँट्टै पारेर ऊ घर गयो।

घर पुग्नासाथ श्रीमतीले सोधिन्, के भयो आजरु मुख निन्याउरो छ त१ु

उसले केही भएको छैन, थकानले होला भन्यो। लुगाका कारणले हो भने त उसकी श्रीमतीको पुनस् कचकच सुन्नुपर्थ्यो।

साझा सुत्नेबेला उसले डाइरीमा लेख्यो, मान्छे किन कपडा प्रेमी१ कपडा र मान्छेको सम्बन्ध भर्खरै भएको हो। पहिला मान्छे कपडाविहीन थियो। बाँचेकै थियो। अहिले पनि मान्छे नाङ्गै बढी बिक्छ। ती पोर्न फिल्म, समुन्द्री बिचमा मानिस नाङ्गै हुन्छ, फिल्मका आइटम गीतमा मानिसलाई अर्धनग्न प्रिय लाग्छ। यिनै मानिस हुन् खोजीखोजी हेर्ने। अचम्म१ बाहिरी दुनियाँमा कपडा राम्रा चाहिनेले भित्री रुपमा नाङ्गो प्रिय लाग्ने, खोज्नेले त्यहाँ पनि कपडा खोज्नु१ु

त्यस दिनको घटनापछि उसलाई हाइफाई चाहिने ठाउँमा जान मन थिएन। दैवलाई कसैले शंका वा हीन नजरले हेरेको कदापि मनपर्दैन थियो। ठ्याक्कै बैंकमा भएको घटनाको भोलिपल्ट उसकी श्रीमतीले राजा लाउन्जु मा डिनरको लागि जाउँ न भनिन्। घरको खाँदाखाँदा वाक्य भयो अलि रिफ्रेस नि हुन्छ, जाउँ न प्लिज् भनिन्।

उसले नकार्न सकेन१ हुन्छ भन्यो। खुसी हुँदै श्रीमतीले ल म तयार भएर आउँछु, हजुर एकछिन कुरिस्यो न भनिन्। उसलाई कुर्नु जति झिँजो केही लाग्दैन थियो। तर पनि श्रीमतीको लागि हरेक झिजो सहन ऊ तयार थियो। बेलाबेलामा घडी हेर्थ्यो, बैठकमा जान्थ्यो, बेडरुममा हेर्थ्यो। श्रीमती ऐनाको अगाडि मज्जाले बसेकी थिइन्। मुख दायाँबायाँ गर्थिन्। केश हातले मिलाउँथिन्। तयारी भएको देख्दैन थियो।

ऐ सरु, भएनरु ढिला भएन

भयो भयो, अब अलिकति है १

हुन्छ।।। चाँडो गर,भन्थ्यो १

बल्लतल्ल सरु आइन्१ उनी निकै राम्री देखिएकी थिइन्। टल्कने कपाल, झल्कने झुम्का, रसिला ओठमा रातो लाली, आँखामा गाँजल र शरीरमा मगमग बास आउने अत्तरले असाध्यै सुहाएको थियो। उनले सोधिन्, ुम कस्ती देखिएकी छुरुु

उसले उत्तर दिनुअघि झट्ट आफूलाई हेर्यो। ऐनाअगाडि सरु र आफ्नो तुलना गर्यो। सरु निकै राम्री देखिएकी थिइन्, पूरै स्पेनी मोडलजस्तै। ऊ झसङ्ग भयो, आफ्नो झुस्स दारी, खुम्चिएको शर्ट। सरुको अगाडि फिक्का, कदापि जोडी मिलेको थिएन।

के भयो हजुरलाईरु म कस्ती देखिएकी छु ?

तिमी धेरै राम्री देखिएकी छौ। ल जाउँ ढिलो होला फेरि,उसले भन्यो।

दैवले बाइक स्टार्ट गर्यो। रेस्टुरेन्टतिर बाइक हुइँक्यायो। दुवै गफिँदै थिए।

अलि विस्तारै चलाउनु न बाबा, सरुले भनिन्।

अचानक उनीहरूको अगाडि गुड्दै गरेको बाइक र कार एकआपसमा ठोक्किए। गाडी सबै रोकिए। उनीहरूको बाइक रोक्कियो१ अगाडिको बाइकवाला हुत्तिएर पर पुग्यो। लगभग ६(७ बल्ड्याङ खायो। शरीरभरि रगत देखिन्थ्यो। लगभग अचेत अवस्थामा थियो।

हतार(हतारमा एकजना व्यक्ति दुर्घटनामा परेको बाइकवालाई बचाउन गए। काखमा राखे, घाइते बाइकवालालाई दाइ।।। दाइु भने। बाइकवालाले आँखा हेर्यो। वरपरका अरु सबै रमिते थिए। सडक छेउमा ठाँटिएका कोही अगाडि बढेनन्। तिनै व्यक्तिले उसलाई बोकेर अस्पताल लग्यो। बन्द सडक खुल्यो।

ती उद्धारकर्ताको हुलिया अलि अनौठो थियो। नाकमा फुली, कानमा ठूला मुन्द्रा, कपडा दैवको जस्तै लगाएको थियो, खुम्चिएको। चलनचल्तीमा उसको पोसाक रफ एन्ड टफ थियो। उसको लगाइलाई गुण्डा या ट्यापे भन्थ्यो समाजले। तर त्यहाँ ऊ कसैको जीवन रक्षक भइदियो। समाजले निर्माण गरेको भेषभूषाको कथित बिल्लालाई उसले गिज्याइदियो।

समाजले त तमाम सफेद पोशाकधारीलाई सज्जन मानेको थियो। ती सज्जनको बीचमा ऊ मानव भैदियो। मनमनै दैव त्यो व्यक्तिप्रति खुसी थियो। ऊ अब पक्का भयो, प्रमाण थियो, नाथे वस्त्रशस्त्र नाटक न हो। उसले श्रीमतीलाई ुदेख्यौरुु भन्यो। सरुले केही बोलिन। सायद आज राति दैवको डायरीमा उनै रफ एन्ड टफ कैद हुन्छन् होला।

बाइक स्टार्ट गर्दै उसले पुनः भन्यो, ुदेख्यौं सरुरु मान्छेको लवाइखवाइ त बहानाबाजी न हो। यो त संसारिक भ्रम न हो। मान्छे भ्रमको खोल ओडेर त्यसै नाटक मञ्चन गर्छन्। मान्छे हुनलाई मन चाहिन्छ। पोसाक त खोल न हो१ खोलले मनलाई कहाँ ढाक्न सक्छ ररु मनले गर्दा बाइकवाला बाँच्यो, खोल ओडेका सफेद सलक्क परेकाहरू रमिते भए।ु

सरु केही बोलिन। गफिँदै उनीहरू राजा ल्याउन्जमा पुगे। बाइक पार्क गरेर भित्र पसे। उनीहरूले ुसि ममु अर्डर गरे।

सरुले भनिन्, ुसुन्नु न, अघिको बाइकवाला बाँच्छ होला तरुु

ुबाँच्छ नि, त्यो व्यक्तिले समयमै अस्पताल लग्यो, होस् थियो,ु उसले जवाफ दियो।

त्यतिकै सरुले अर्को टेबुलमा आफ्नो साथी देखिन्। मुसुक्क हाँसेर इसारा गरिन्। त्यताबाट पनि त्यस्तै इसारा आयो। सरुकी साथीको हातमा चुरोट थियो। मोबाइल चलाउँदै थिइन्। मोबाइल उनले राखिन्, ुओइ सरु, कम हियर, लङ टाइम नो सीु भनिन्। श्रीमानलाई इसारा गर्दै म एकछिन उता जान्छु ल भनिन्। उसले हुन्छ भन्यो।

उता उनीहरू हाँस्दै थिए। दैव पत्रिका पढ्दै थियो। सरुको साथीले अङ्ग्रेजीमा ुहु इज हिरुु भनिन्।

सरुले ुमाई हस्बेन्डु भनिन्।

शर्टको कठालो देखाउँदै ुकस्तो झुत्रे त१ु प्वाक्क भनिन्।

सरुको अनुहार अलि मलिन भयो, ुऊ यस्तै हो, मैले कति भनेको मान्दैन।

अलि बनाउनु पर्यो साथी, नत्र इमेज डाउन हुन्छ१ मेक हिम स्मार्ट,थपिन्१

सरु झर्किंदै छोड्दे, उसको आफ्नै दुनियाँ छ। आई कान्ट चेन्ज हिमु भनिन्।

दैव उनीहरूको कुरा सुनेर पनि नसुनेझैँ गरी पत्रिका हेर्दै थियो। वेटरले ममः ल्याए। दैवले सरुलाई इसारा गर्यो। साथीलाई ुल म जान्छुु भनिन्। ऊ चुरोट पिउँदै थिई, ओकेु जवाफ दिई।

झर्किंदै सरुले म खान्नु भनिन्।

किनरु के भयो ररु उसले झुत्रे भनि भनेररुु

होइन१ु

अनि के भयो र१ मेरो लुगा हो, अरुलाई टाउको दुखे दुखाउन्। म यस्तै त हुँ, दैवले भन्यो।

अलिकति त मेरो ख्याल गर्नु, साथीहरूले कुरा काट्ने नबनाउनु प्लिज्,सरुले भनिन्।

हाँस्दै दैवले भन्यो, ल खाऊ, यस्ता नाथे कुरामा अल्झेर हुन्छ त१ आज तिमीलाई सलक्क चिटिक्क पर्ने ठाउँ लैजान्छु है त१ु

सरुले कहाँ सोधिन्१

खाऊ न पहिला, सरप्राइज हो के, उसले भन्यो।

खाजा खाएर उनीहरू त्यहाँबाट निस्के१

सुन्नु न, अघि कहाँ लग्छु भन्दै हुनुहुन्थ्योरुु सरुले भनिन्।

दैवले अँ, अब त्यतै जाने होु भन्यो।

सडक जाम थियो त्यस दिन१ बल्लतल्ल जाम छिचोल्दै दैवले बाइक पशुपति आर्यघाट नजिकै रोक्यो। सरु झर्किंदै ुयहाँ किन ल्याउनु भयोरु यो मान्छेले त राम्रो चिज जानेको छैन कि के हो१ु भनिन्।

ुपख न पख, किन हतार गरेकोरुु थुम्को देखाउँदै दैवले भन्यो, ुउ त्यहाँ जाउँ, त्यहाँबाट जीवन देखिन्छ।ु

ुखै कस्तो जीवन हो, यहाँबाट मात्र देखिनेरुु

उनीहरू थुम्कामा गए, त्यहाँ लस्करै कुर्सी राखिएको थियो। सबै कुर्सी लगभग भरिएका थिए। बीचको भने खाली थियो। उनीहरू त्यहीँ बसे।

तल चिहानघाटबाट चित्ताको मुस्लो थुम्कोसम्म आएको थियो। लासको गन्ध मानिसको नाकसम्म पुगेको थियो। त्यहीँ पनि सबै चिहानतिर हेरिरहेका थिए। सबै मौन थिए। त्यस दिन सबै चिहान भरिएका थिए। लासहरू सलक्क निर्वस्त्र सुतेका थिए। किनारमा प्रायः सबै मानिस निराश मुद्रामा थिए। कति रुँदै थिए, कति सम्झाउँदै थिए।

त्यहाँ सबै मलामीमा भने एउटा समानता थियो, त्यो समानता भनेको वास्तविकता थियो। उनीहरू जे हुन्, जे छन्, त्यहीँ भएर त्यहाँ पुगेका थिए। सरु पनि एकछिन मौन भइन्। एकोहोरो चिहानतिर हेर्दै थिइन्। उनका आँखामा आँसु देखिन्थ्यो।

उनी चित्ता नम्बर १ तिर हेर्दै थिइन्। मानिसहरू चिहान बनाउँदै थिए। दाउरा सार्दै थिए। किनारमा राखिएको लासलाई ८(९ वर्षको बच्चाले अङ्गालो हालेर रुँदै थियो।

हजुरबुबा मलाई किन छाडेर जानुभएकोरु अब मलाई कसले चक्लेट दिन्छरुु भन्दै थियो। उसका गाला आँखा रुँदारुँदा राता भएका थिए। आफन्तहरू उसलाई सम्हाल्दै थिए।

सरु, के भयोरु किन रोएकीरु जिन्दगीको अन्तिम सत्य र वास्तविकता यहीँ देखिन्छ। अन्तिम सत्यता र वास्तविकता यहीँ ठाउँले सिकाउँछ, त्यहीँ भएर तिमीलाई अन्तिम सत्य र वास्तविकता देखाउन यहाँ ल्याएको हुँ। तिमी मेरो लुगाप्रति सधैं बेखुसी थियौ। साथीहरू त्यस्तै प्रतिक्रिया दिन्थे। आम मान्छेको नजर त्यस्तै थियो। तर सत्यता भ्रमभन्दा धेरै टाढा छ। भ्रम क्षणिक न हो। लुगा नक्कल सबै क्षणिक हो। हामी जतिसुकै तढकभडक गरौँ, जतिसुकै महङ्गा चिल्ला लुगा लगाउँ तर अन्तिममा हेर त, हाम्रो शरीर कति चिटिक्क र सलक्क पर्छ। आगोको रापले जतिसुकै आइरन लगाऊ, अन्तिममा शरीर खुम्चिएर नाश हुन्छ। सत्यता सलक्क पर्दैन,उसले भन्यो।

सबै चिहानमा आगो बेस्सरी दन्केको थियो। घाटका मान्छे कपुर(घ्यू लासमाथि हाल्दै थिए। घरीघरी लासलाई पल्टाउँथे। बाँसको ठण्डाले हात खुट्टा मिलाउँथे। अन्तिममा छातीको अस्तु जो बचाउनु थियो। लास आफ्नै गतिमा जल्दै थिए।

छेउमा केही मानिस लासबाट लुगा निकालिँदै थिए। नदी लुगाले ढपक्क ढाकिएको देखिन्थ्यो। मानिस सबै भुलेर रुँदै थिए। आफन्तलाई सम्झाउँदै आफू पनि सुक्सुक गर्दै थिए। आखिर सत्य जल्दै थियो। अन्तिम वास्तविकता आगोको रापसँग झल्किएको थियो। सरु मौन थिइन्, दैव मौन थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn