सिँजादर्पण,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही असार ३१ गते शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् ।माओवादी केन्द्रका प्रभावशाली युवा नेता माधव सापकोटाले दिएको जानकारीअनुसार भेटवार्ताको क्रममा प्रचण्डले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड लामो समयपछि भारत जान लागेका हुन् ।
नेपालमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेतृत्वमा आएको टोली भ्रमण सकेर आज स्वदेश फर्किएको छ । चिनियाँ टोली फर्किएलगत्तै दाहालको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।नेकपाकालिन अवस्थामा दाहालको भारतसँग सम्बन्ध त्यति सुमधुर नभएको चर्चा थियो । दाहालको स्वागतको लागि दिल्लीले आवश्यक सबै तयारी गरिसकेको छ ।
