कवि अन्जना बिश्वकर्मा
सिप चल्ने श्रम चल्ने तर पानि भने नचल्ने
आरनमा आगो सग खेल्ने दलित लाइ वाहुनले छल्ने ।।
फलामको पाता पिटि खुकुरी लरर्काए
त्यहि खुकुरी उठाइ विरले विश्व थार्काए ।।
दलित अछुत अनेकौ नाम भने पनि
दलितले नै कुदेकाछन मुर्ति हरु ।।
जनजातिको स्तरमा हामि आउनुपर्छ
गरिव शव्द स्विाकार छ तर दलित हटाउनु पर्छ ।।
घरको पिढी मन्दिर भान्छा सवैमा वन्देज लाउने अरे
भान्छालाइ चुलो मन्दिरलाइ मुर्ति बनाइदेउ भन्न आउने अरे ।।
मान्छेनै हु मेरो हातले दियो नवल्ने रे ?
जातले देको सिप चल्ने पानि नचल्ने रे ?
कान खोली सुन सवले यता उता सब
खवरदार अछुत दलित भनि पुकारेमा अव ।।
काटे रगत सवैको रातो किन सानोजात हजुर
सवैको छ दिन यहाँ मेरो मात्र रात हजुर ।
संविधानमा छुवाछुत गर्न पाइदैन भनि लेखे पनि
समाजले हामि लाइनै किन हान्छ लात हजुर ।।
अछुत भनि यसै हेप्छन समाजका ठुला वडा सम्मान
गरि कसैलेपनी दिन्नन हामिलाइ साथ हजुर ।।
माया प्रेममा हुदैन सानो ठुलो जात भन्थे
हुन्न रैछ ठुला सग पिरतिको लाज हजुर ।।
आफ्नो पौरख गरि खादा अछुत भनि नाम दिए
त्यसै माकिन गर्दछन छल अनि घात हजुर ।।
