Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चुनाव किन र कसका लागि ?


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७९

चुनाव किन र कसका लागि ?

कृष्ण खनाल

आगामी मंसिर १० गते हुन लागेका प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीमा मुलुक जुटेको छ । राजनीतिक दलहरू आआफ्नो विजय सुनिश्चित गर्न गठबन्धन र तालमेलका लागि कसरत गरिरहेका छन् । कतिपय नयाँ दल र अनुहार पनि चुनावका लागि तयार
देखिन्छन् । तर हामी चुनावमा किन भोट हाल्छौं, त्यसको प्रयोजन र निहितार्थ के छ रु

पद, सत्ता र सुविधाकेन्द्री भएकाले अहिले चुनावको उद्देश्य गौण भएको छ । भोटको लेनदेनजस्तो मात्रै भएको छ । मतदातालाई खरिद–बिक्रीको वस्तु ठान्न थालिएको छ । चुनाव भनेको नेता कहलिएका आठ–दस जनाको निजी व्यवस्थापनजस्तो भएको छ । यस्ता नेताबाट अहिले कुनै सिद्धान्त र मर्यादाको अपेक्षा गर्न सकिन्न, तर मतदाता सचेत हुन सके गलत नेतालाई दण्डित गर्न र राजनीतिक पार्टीहरूमा नयाँ सन्देश सञ्चार गर्न सकिन्छ । त्यसका लागि चुनाव सबैभन्दा ठूलो अवसर हो । सचेत र जानकार मतदाताबाट त्यसको सदुपयोग हुने अपेक्षा गर्न सकिन्छ ।

लोकतन्त्रमा आम चुनावबाट सामान्यतया तीन–चार मुख्य उद्देश्य हासिल हुने अपेक्षा राखिन्छ । पहिलो, शासन सञ्चालनमा जनताले आफ्ना प्रतिनिधि रोज्ने । लोकतन्त्र भनेको जनता आफैंले आफूमाथि शासन गर्ने प्रणाली हो । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनको प्रसिद्ध भनाइ छ— लोकतन्त्र जनताको, जनताका लागि, जनताले चलाउने सरकार ९गभर्नमेन्ट अफ द पिपल फर द पिपल बाई द पिपल० हो । ‘गभर्नमेन्ट बाई द पिपल’ व्यवहारमा सम्भव छैन, जनताका आफ्ना काम पनि हुन्छन् । सबै नागरिक राजनीतिको वरिपरि झुम्मिने पनि होइनन् । जनमतसंग्रह गरेर प्रत्येक कामकुरा निर्णयका लागि उनीहरूलाई सोधिरहन पनि सम्भव छैन । त्यसैले अहिले लोकतन्त्रलाई जनताका प्रतिनिधिको सरकार ९गभर्नमेन्ट बाई रिप्रेजेन्टेटिभ्स अफ द पिपल० भन्ने गरिन्छ । उनीहरूले आवधिक चुनावका माध्यमबाट आफ्ना प्रतिनिधि छान्छन् र तिनीहरूमार्फत संविधान र कानुनको सीमाभित्र रहेर शासन सञ्चालन गर्ने सम्मति दिन्छन् ।

चुनावको दोस्रो उद्देश्य हो, निश्चित कार्यकालका लागि सरकारी नेतृत्वको चयन गर्नु । चुनावबाट कसले प्रधानमन्त्री वा राष्ट्रपति भएर आगामी चार–पाँच वर्ष मुलुक हाँक्छ भन्ने कुरा मतदाताको निर्णयमा भर पर्छ । राष्ट्रपति प्रणालीमा व्यक्ति नै उम्मेदवार भएर प्रस्तुत हुने हुँदा मतदाताका लागि सरकारी नेतृत्वको चयन खुला हुन्छ । संसदीय प्रणालीमा संसद्को बहुमत आवश्यक पर्ने भएकाले प्रधानमन्त्री को हुन्छ भन्ने कुरा त्यति प्रस्ट नहुन सक्छ । बीचमै नेतृत्व परिवर्तन पनि हुन सक्छ । तर, पछिल्ला प्रयोग र अभ्यासहरूमा संसदीय प्रणालीमा पनि प्रतिस्पर्धी पार्टीहरूले प्रधानमन्त्रीको नाम तोक्न थालेका छन् । चुनावबाट भावी नेतृत्वको लोकप्रिय अनुमोदन हुन्छ । त्यसैले चुनाव हार्ने पार्टीको नेताले लोकप्रिय मतको कदर गर्दै राजीनामा गर्ने र नयाँ नेतृत्व चुन्ने अभ्यास हुन थालेको छ ।

तेस्रो उद्देश्य भनेको निर्वाचित अवधिका लागि सरकारले अपनाउने प्रमुख नीतिको चयन हो । पार्टी र उम्मेदवारले आफ्ना घोषणापत्रद्वारा दिइने विभिन्न नीतिगत विकल्पमध्ये बहुमत मतदाताले आफूलाई उचित लागेको नीति रोज्ने अवसर पाउँछन् । मतदाताले पार्टी र उम्मेदवारलाई दिएको मत नीतिको रोजाइ पनि हो । बहुमतप्राप्त दलको नीतिले निर्धारित अवधिमा सरकारी प्राथमिकता पाउँछ । लोकतन्त्रको लामो र उन्नत परम्परा भएका मुलुकहरूमा स्वास्थ्य नीति, करको दर वा विदेश सम्बन्धका विशेष मुद्दाले चुनाव परिणाममा निर्णायक प्रभाव पार्छन् । बेलायतका गत तीनवटा संसदीय चुनाव युरोपेली संघबाट कसरी अलग्गिने भन्ने मुद्दा ‘ब्रेक्जिट’ नीतिमै केन्द्रित थियो । संयुक्त राज्य अमेरिकामा बाराक ओबामाले आफ्नो उम्मेदवारीको मुख्य धार अमेरिकी जनताको स्वास्थ्य नीतिलाई बनाएका थिए ।

 

तर हाम्रा चुनावहरूमा यी कुरा गौण मात्र होइन, उपेक्षित हुने गरेका छन् । ‘नमच्चिने पिङको सय झट्का’ भनेझैं छेउटुप्पो नजोडिने बृहत् घोषणापत्र बनाएर भएभरका कुरा गर्ने वाचा गरिन्छ, तर सत्तामा पुगेपछि ती सबै ओझेलमा पर्छन् । मतदाताले दिएको आदेश ९म्यान्डेट० को चुनावपछि सरकार बनाउने न कुनै नेताले सम्मान गरेका छन्, न कुनै पार्टीमा त्यसको समीक्षा हुन्छ । केही सीमित व्यक्तिका मनलाग्दी निर्णय र आदेशमा मुलुकको शासन चल्ने गरेको छ । धेरै परको उदाहरण लिनैपर्दैन, गत चुनावलाई मात्र सम्झे पनि पुग्छ । त्यो चुनावमा एमाले र माओवादी केन्द्रले गरेका वाचा कहाँ पुगे रु नीति र कार्यक्रमको त कुरै छाडौं, न पार्टी एकता जोगाउन सके, न सरकार नै । आफ्नो नेतृत्वमा विवाद भएपछि ओलीले संविधानविपरीत प्रतिनिधिसभा नै दुईदुई पटक विघटन गरे । अदालतले उनको निर्णय गलत साबित गर्‍यो, तर उनी नैतिक आधारमा नेतृत्वबाट अलग्गिनुको साटो चुनावमा फेरि पनि डिङ हाँकिरहेका छन् ।

नेतृत्व भनेको सार्वजनिक उत्तरदायित्वको पद हो । एक पटक त्यो उत्तरदायित्वमा चुकेपछि फेरि दोहोर्‍याएर मौका पाइन्न । तर नेपालमा केही मुट्ठीभर नेताले राजनीति कब्जा गरेका कारण पटकपटकको असफलताका बावजुद घुमिफिरी उनीहरूकै सत्ता बहार छ । गत चुनावपछि पार्टीमा सबैभन्दा बढी भाँडभैलो गर्ने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालहरूकै ठूलो स्वर सुनिन्छ यो चुनावमा पनि । अलिकति पनि स्वस्थ राजनीतिक संस्कार हुन्थ्यो त यी तीनै जनाले नेतृत्व मात्र होइन, राजनीतिबाटै विश्राम लिनुपर्थ्यो । आफू बदनाम र पत्रु भइसक्दा पनि आफूबाहेक अर्को छैन भनेर प्रस्तुत भइरहन छाडेका छैनन् । पार्टी गतिलो बन्न सकेको भए कार्यकर्ताले घोक्रेठ्याक लगाएर निकालिसकेका हुन्थे । आसन्न चुनावमा फेरि मतदाताले यिनलाई नै भोट हाल्नु भनेको आफैंमाथिको दासत्व अनुमोदन गर्नु हो । पार्टीको सुधारका लागि पनि यी नेताहरूको बहिर्गमन अनिवार्य भइसकेको छ ।

एमाले र माओवादी मात्र होइन, नेपाली कांग्रेसको नेतृत्व पनि कहाँ गतिलो छ र रु शेरबहादुर देउवा २०४७ सालको संविधान ध्वस्त पार्न ज्ञानेन्द्रको मतियार भए । उनको राजनीति त ज्ञानेन्द्रसँगै सकिनुपर्ने थियो, उल्टो संघीय गणतन्त्रको राजनीतिमा पनि उनैले मौका पाइरहेका छन् । उनको नेतृत्वमा नेपाली कांग्रेस पटकपटक भड्खालोमा जाकिएका दृष्टान्तहरू छन्, तर पार्टीमा दास प्रवृत्तिको भीड जम्मा गर्न सकेकाले उनी कांग्रेस नेतृत्वबाट बाहिरिनुपरेको छैन । सरकारको नेतृत्व उनले गरे पनि उनीसँग निर्णय गर्ने न क्षमता छ, न आँट नै । ‘डि–फ्याक्टो’ प्रधानमन्त्री प्रचण्ड छन् । नेपाली कांग्रेसका तर्फबाट सरकार र पार्टीमा हुने खटनपटन सबै पत्नी आरजुको हातमा पुगेको चर्चा खुलेआम हुन्छ । फेरि उनकै नेतृत्वमा मतदाताले नेपाली कांग्रेसलाई कसरी पत्याउने रु उनलाई पनि मतदाताले नै निकाल्नुपर्ने स्थिति आइपरेको छ ।

त्यसैले देउवा होऊन् वा ओली, प्रचण्ड होऊन् वा माधव, बाबुराम भट्टराई होऊन् वा वामदेव गौतम, उपेन्द्र यादव होऊन् वा महन्थ ठाकुर, कसैलाई पनि चुनाव जितिन्छ भन्ने विश्वास छैन । चुनावी गठबन्धन उनीहरूको सुरक्षाकवच मात्र हो, मुलुकले अवलम्बन गर्नुपर्ने नीतिसँग यसको कुनै सम्बन्ध छैन । त्यसैले यी सबका लागि मतदातामाथिको विश्वासभन्दा पनि गठबन्धन वा तालमेलको आडभरोसा चुनाव जित्ने मुख्य आधार भएको छ । नेपालको इतिहासमा बहुदलीय प्रतिस्पर्धासहितको यो आठौं आम चुनाव हो । तर यस पटकजति पार्टीका नेताहरू भयग्रस्त र असुरक्षित पहिले कहिल्यै देखिएका थिएनन् । सायद भित्तामा बजिरहेको चेतावनी घण्टीको नाद उनीहरूका कानसम्म पुगेको हुनुपर्छ ।

आखिर किन यस्तो भइरहेछ रु अहिले मुलुकमा जुन राजनीतिक प्रणाली छ, संविधान छ, यिनै दल र नेताहरूले बनाएका हुन् । प्रचण्ड, बाबुराम र उपेन्द्र संघीय गणतन्त्रका सूत्रधार पनि हुन्, तर उनीहरूले समेत आफ्नो औचित्य र उपयोगिता गुमाएका छन् । जनताले दिएको विश्वास र राजनीतिक सदाचारलाई जोगाउन नसक्ता बन्द कोठाभित्रको चलखेलमा उनीहरूको राजनीति खुम्चिएको छ । आफैंले बनाएको संविधान अभ्यासको पहिलो चक्रमै राजनीति र चुनावबाट त्रसित हुनुपर्ने अवस्था किन आयो रु पहिलो कुरा त, गत पाँच वर्षमा यति निरीह संसद् नेपालमा कहिल्यै भएन । पहिले बहुमतका नाममा ओलीको स्वार्थभाजनको साधन बन्यो, अहिले पाँचदलीय गठबन्धनको हतौडा भएको छ । सांसदहरूले काम नपाएर हाई गरेका दृश्यले टेलिभिजनका पर्दा भरिन्छन् । प्रधान न्यायाधीशविरुद्धको महाभियोग अनिर्णयको बन्दी भएको छ । खोरमा थुनेको बाघ बाहिर निस्केला भनेर नेताहरू भयग्रस्त देखिन्छन् ।

अर्थमन्त्री जनार्दन शर्माले खुलेआम बजेट निर्माणमा संसदीय मूल्यलाई समाप्त गर्दा समिति छानबिनका नाममा चोख्याउने साधन बन्यो । विपक्षी एमाले पनि छद्मभेषी ‘एम अधिकारी’ का कारण नेपाल राष्ट्र बैंकका गभर्नरको पोल खुल्ला भनेर साधु बिरालो बन्यो । संसदीय प्रणालीमा संसदीय छानबिनको ठूलो महत्त्व हुन्छ, सरकारलाई उत्तरदायी बनाउने ठूलो माध्यम हो यो । समितिमा बस्ने सदस्यहरू पार्टीको निर्देशनबाट मुक्त हुन सक्नुपर्छ । अनि मात्र आफ्नै पार्टीका मन्त्री–प्रधानमन्त्रीले गरेका गल्ती र अनियमिततालाई खुलस्त पार्न सकिन्छ । तर हामीकहाँ त संसदीय समिति नै बदनामको पात्र भयो । यिनै मानिसहरू फेरि पनि दोहोरिने हो भने यो चुनावबाट बन्ने संसद्को अर्थ नै के रह्यो र रु संसद्को स्वच्छता र सार्वभौमिकता जोगाउन पनि यी नेताहरूका साथै उनका आसेपासे सबैलाई यस पटक मतदाताले अस्वीकार गर्न सक्नुपर्छ ।

अहिले स्वतन्त्र पार्टी, स्वतन्त्र उम्मेदवारको पनि लहर चलेको छ । गत स्थानीय तहको चुनावमा काठमाडौं, धरान लगायतका महानगर, उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवारको विजयले धेरैलाई हौस्याएको पनि छ । चुनाव राजनीतिको सबैभन्दा बढी रोमाञ्चक पक्ष हो । पार्टी, मतदाता, उम्मेदवार सबैलाई यसले आकर्षण गरेको हुन्छ । पार्टीभन्दा बाहिरका मानिसहरू पनि उत्तिकै आकर्षित भएका हुन्छन् । त्यसैले राजनीतिभन्दा बाहिर विशिष्ट व्यक्तित्व बनाएकाहरूको पनि चुनाव लड्ने चाहना तीव्र हुन्छ, कसैले व्यक्त गर्छन्, कसैको अव्यक्त रहन्छ । चुनाव नलडे पनि कुनै पार्टी र उम्मेदवारको पक्ष वा विपक्षमा आम मानिसको भावना जोडिएको हुन्छ । समाजमा बसेपछि राजनीतिबाट कोही टाढा रहन सक्तैन । त्यसमाथि लोकतन्त्रमा त चुनावको विकल्प नै छैन ।

चुनावमा देखा परेको स्वतन्त्रको यो स्वस्फूर्त लहर स्वाभाविक हो । जब प्रमुख र मूलधारका भनिएका पाटीहरू निरीह र असफल हुन्छन्, नेताहरू पतित हुन्छन्, मतदाताले विकल्प खोज्नु अस्वाभाविक होइन । यदि समयको यो सन्देश र जनाउ बुझेर प्रमुख दलहरूले स्वच्छ र योग्य उम्मेदवारलाई प्रत्यक्ष र समानुपातिक दुवैमा समेट्न सकेनन् भने आउने चुनावमा स्वतन्त्रहरूको पल्ला भारी हुने निश्चित छ । तर प्रमुख दलहरू सच्चिने सम्भावना मैले देखिरहेको छैन । उदाहरणका लागि, काठमाडौंको फोहोरलाई लिन सकिन्छ । यही फोहोरको डङ्गुर देखाएर स्वतन्त्रलाई भोट हाल्दा परिणाम के हुन्छ भनेर मतदातालाई तर्साउन खोजिरहेका छन् । शंका लाग्न थालेको छ, कतै चुनावसम्म काठमाडौंको फोहोरको अवस्था यस्तै रहने त होइन रु

लोकतन्त्र भनेको चुनाव मात्रै होइन । विगतको समीक्षा र त्यसका आधारमा राजनीतिक प्रणाली र दलहरूको सुधार प्रक्रिया पनि हो । २०४८ सालदेखि अहिलेसम्मको हाम्रो राजनीतिलाई हेर्ने हो भने हाम्रा नेताहरू संवैधानिक राजनीतिक प्रणाली सञ्चालन र सार्वजनिक जीवनको सदाचारमा पूरै असफल भएका छन् । संविधानको उलङ्घन, राजनीतिक अस्थिरता र लेनदेनको विद्रूप जालो उनीहरूकै कारण भएको हो । तसर्थ २०४८ सालदेखि चुनावमा हावी हुँदै आएका अनुहारहरू सबै यस पटक एकमुस्ट फ्याँकिनुपर्छ, २०६४ सालदेखि पटकपटक मन्त्री प्रधानमन्त्री भएर असफलता र अनियमितताको पोको बोकेकाहरूलाई खोजीखोजी पाखा लगाउनुपर्छ । प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिक सूचीको अग्रपंक्तिमा कस्ताकस्ता अनुहार छन्, त्यसमा पनि ध्यान दिनु जरुरी छ । समानुपातिक सूचीमा बिचौलियाको जगजगी अत्यधिक हुने गर्छ, मतदाताको साख गुमाएकाहरूलाई सुरक्षाकवच भएको छ त्यो । त्यस्ता अनुहारका उम्मेदवार बोकेर आउने पार्टीलाई मतदाताले अस्वीकार गर्न सक्नुपर्छ । अनि मात्र यो चुनावको औचित्य स्थापित हुनेछ, दलहरूमा नयाँ नेतृत्व सञ्चार हुन्छ, संसद् र सरकारले नयाँ गति पाउन सक्छन् ।

किसानले खेतबारी गोडमेल गरेजस्तै चुनाव पनि राजनीतिको गोडमेल हो । किसानले खेतमा उर्वरता बढाउन एक तह माटो ताछेर फाल्छन्, नयाँ तह माथि ल्याउँछन् । अग्लो–होचो मिलाउँछन्, पानी राम्रोसँग पटाउन । झारपात मात्र होइन, हाँगाबिँगा, ऐंजेरु र सुकेका डढेका रूख पनि फाँड्नुपर्छ राम्रो बाली फलाउन । मतदाताले पनि चुनावमा किसानको जस्तै भूमिका निभाउन सक्नुपर्छ, दशकौंदेखि सडेगलेका र सुकेका नेताहरूलाई बिदा गर्नुपर्छ ।श्रोत इकान्तिपुर l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn