Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रूस-चीन मिलन र अमेरिकी सकसका बाछिटा नेपालमा


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७९

रूस-चीन मिलन र अमेरिकी सकसका बाछिटा नेपालमा

सिँजादर्पण, युक्रेन आक्रमणपछि रूस र चीनको मिलनले अमेरिकालाई सकसमा पारेको छ भने त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिन्छ।

युक्रेनमाथिको रूसी आक्रमणले संसार नै प्रभावित बनेको छ। युक्रेनलाई अमेरिकाले सघाइरहेको मात्रै छैन, रूस विरुद्धको मोर्चाको नेतृत्व गरिरहेको छ। अहिले मात्रै होइन, सन् १९९१ मा समाजवादीको आस्थाको धरोहर सोभियत संघ विघटन एवं सन् १९८९ मा बर्लिनको पर्खाल ढलेसँगै महाशक्ति राष्ट्रका रूपमा अमेरिका एकछत्र हुन पुगेको होे। परिणामतस् विश्व कम्युनिष्ट आन्दोलन र विश्व समाजवादी शिविरमाथि गम्भीर प्रकारको धक्का लाग्यो।

त्यससँगै विश्वमा अमेरिकाले नेतृत्व गरेको पूँजीवादी विचारको वर्चस्वको विस्तार भयो। वित्तीय बजार मार्फत निरन्तर नवउपनिवेश खडा गरिरह्यो। सन् २००८ वरिपरिको आर्थिक मन्दीको प्रभावमा समेत अमेरिका आफ्नो ध्रुव बलियो बनाउन सफल भयो। त्यसयता पनि अमेरिका पूँजीवादी विचारको ‘हेडक्वार्टर’ का रूपमा कायम रहँदै आयो।

सन् २०१९ को अन्त्यतिर देखिएको कोभिड(१९ महामारीकोे कारण एवं चीनको बढ्दो प्रभावले अमेरिकालाई केही धक्का लागेको छ। परिणामतस् महाशक्तिका रूपमा छाइरहन यति वेला अमेरिका संरक्षणवादको नारा लगाइरहेको छ। सारमा संरक्षणवाद उदारवादकै निरन्तरता हो। खस्किँदै गएको अर्थतन्त्रलाई सुधारका निम्ति चालिएको सुविचारित कदम हो।

त्यस्तै, क्वाड, जी(सेभेन र इन्डो(प्यासिफिकको गठनको उद्देश्य सम्पूर्ण तवरबाट चीनमाथि घेराबन्दी देखिन्छ। जसका माध्यमबाट एशियाली तथा अफ्रिकी देशहरूमा आफ्नो  वर्चस्व कायम राख्ने प्रयासका रूपमा लिन सकिन्छ।

अमेरिका एमसीसी, एसपीपी तथा अन्य विभिन्न माध्यमबाट आफ्नो प्रभाव विकासोन्मुख राष्ट्रहरूमा विस्तार गरिरहेको छ। चीन पनि बीआरआई मार्फत आफ्नो प्रभाव अरब राष्ट्रदेखि एशियाली राष्ट्रहरूसम्म जमाउन खोजिरहेको छ। यी दुई राष्ट्रको संघर्ष सोभियतकालीन शीतयुद्धभन्दा थोरै मैत्रीपूर्ण, तर धेरै खतरनाक छ। अहिले सिङ्गो विश्वको अर्थतन्त्र यिनै राष्ट्रको प्रभावमा छ।

यति वेला चीनले विश्वका शक्तिराष्ट्रहरूको ध्यान खिचिरहेको छ। र, विभिन्न देशका बौद्धिक समूहहरू चिनियाँ शैलीको शासकीय व्यवस्था तथा संस्कृतिको अध्ययनमा लागेका छन्। माओले स्थापना गरेको जनगणतन्त्रात्मक व्यवस्थाको चीन विश्वको प्रमुख शक्तिकेन्द्रमा आउनु समाजवादी विचारधारा बोक्नेहरूका लागि सन्तोष मान्ने विषय पनि हो।

रूस र चीनबीचको आफ्ना कारोबारमा रुबेल र युआनलाई प्राथमिकता दिने सम्झौताले डलरलाई प्रभावित पारेको छ। विश्व बजारको अर्थतन्त्रमा समेत यो सम्झौताको दीर्घकालिन प्रभाव हुने देखिन्छ। धेरै जनसंख्या भएका दुई मुलुकमा उत्पादित कच्चा पदार्थको उपयोग, खपत र निर्यात मात्रा पनि उच्च छ।

संयुक्त राष्ट्रसंघका भिटो राष्ट्रहरू रूस र चीन एक ठाउँमा उभिएपछि राजनीतिक, आर्थिक रूपमा ह्वाइट हाउस घेराबन्दीमा परेको जस्तो देखिन्छ। परिणामतस् अमेरिकाले चीनलाई प्रमुख शत्रुका रूपमा लिइरहेको छ। अफगानिस्तानबाट सुटुक्क सेना फिर्ता भए जस्तै रूस र युक्रेनबीचको युद्धमा पनि पछाडि हट्नुपर्ने हुन सक्छ।

उदारवादी विचार अवलम्बन गर्ने अमेरिका अनुदार बन्दै गएको चीनको आरोप छ। अमेरिकी संसद्की प्रमुख नान्सी पेलेसीको ताइवान भ्रमण र त्यसपछि एक चीन नीतिको पक्षमा प्रतिबद्धता व्यक्त गर्दै अमेरिकाले वक्तव्य जारी गर्नुले दोहोरो नीति प्रष्ट देखिएको छ। अमेरिकी सरकारको यस कार्यले विश्व राजनीतिमा हलचल मच्चाएको छ। अहिले पनि विश्व बहुध्रुवीयताप्रति ह्वाइट हाउस लचक नभएको प्रष्ट सङ्केत देखिएको छ।

चीनका राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएका पछिल्ला सम्झौताका कडीहरू अर्थपूर्ण छन्। यूरोप र एशिया महादेशलाई मिलाएर यूरेशिया बनाउने रूसको चाहना पहिलेदेखिकै हो। सन् ९० को दशकयता युरेशियाको विषय ओझेलमा परेको थियो। अहिले पुटिन त्यही बाटोमा उन्मुख छन्। यद्यपि, रूस र चीनको मिलन ‘होमोजिनियस’ ९सजातीय० नै हो। किनकि, दुवै देशको पृष्ठ चरित्र वामपन्थी हो।

नेपालमा कस्तो प्रभाव पर्लारु

ठूला राष्ट्रमा हुने घटनाक्रमले भौगोलिक रूपमा साना राष्ट्रहरूमा प्रभाव पर्नु स्वाभाविक हो। नेपाल पनि यसबाट अछुतो हुने सक्दैन। भूराजनीतिको नेपालभित्र निकै ठूलो प्रभाव छ। नेपालको रूस, चीन, भारत र अमेरिकासँग कूटनीतिक सम्बन्ध निरन्तर छ। परन्तु, भारतसँग सांस्कृतिक सम्बन्ध पनि छ।

यद्यपि, चीन, भारत र नेपालबीच त्रिदेशीय रणनीतिक साझेदारी, पारस्परिक सम्बन्धको सुदृढीकरण र आर्थिक समृद्धिको विषयमा केन्द्रित हुन आवश्यक छ। कुनै पनि देशको विदेश नीति राष्ट्रिय नीतिकै विकसित रूप हो। देशभित्रको भावनात्मक र आन्तरिक एकता बलियो बनाएर मात्र बाह्य कूटनीतिमा प्रभाव विस्तार गर्न सकिन्छ।

नेपाल लेनिनका विचार एवं तत्कालीन सोभियत संघको विकासको मोडेलबाट प्रवाहित मुलुक हो। युक्रेनलाई समर्थनको अपवाद बाहेक विदेश मामिलामा असंलग्न र तटस्थ नेपालको नीति हो। रूस(युक्रेन युद्धमा नेपालले युक्रेनलाई समर्थन गरेपछि अबको परराष्ट्र नीतिबारे नेपालभित्र गम्भीर बौद्धिक विमर्श जारी छ। यद्यपि, यस समर्थनलाई विचार राजनीतिसँग जोडेर हेर्ने समूह पनि छ।

रूसले चीन र भारतसँग सम्बन्ध थप प्रगाढ बनाउँदा, चीनले नेपालसँगको सम्बन्ध सुमधुर बनाउनु असल छिमेकी गुणको निरन्तरता हो। नेपाल सधैं एक चीन नीतिमा प्रष्ट छ। चीनको विकास परियोजना बीआरआईमा नेपालले हस्ताक्षर गरेको छ।

वेलाबखतमा चिनियाँ प्रतिनिधिहरू नेपालका कम्युनिष्ट पार्टीका नेताहरूलाई मिलाउन निकै मिहिनेत गरिरहेका देखिन्छन्। अर्कातर्फ, अमेरिका पनि एमसीसी, एसपीपी वा अन्य कुनै प्रोजेक्ट मार्फत आफ्नो राजनीतिक उपस्थिति नेपालभित्र जनाइरहेको छ। पश्चिमा ‘नेक्सस’ पनि हरेक क्षेत्रमा छ। परन्तु, राजनीतिक दलहरूभित्रको उतारचढावले राज्यका हरेक क्षेत्रमा संक्रमणकालीन प्रभाव अझै पनि यथावत् छ।

स्थायित्व नेपाली जनताको चाहना हो। अपितु, मार्क्सवादी द्वन्द्ववादको नियम अनुसार हरेक वस्तुको उत्थान तथा पतनको मुख्य कारण आन्तरिक नै प्रधान हुन्छ। बाहिरी कारण उसको सहायक कारण हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn