सिँजादर्पण, काठमाण्डौ । भारतले पहिलोपटक स्वदेशमै विमानवाहक जहाज ‘एअरक्राफ्ट क्यारियर’ निर्माण गर्न सफल भएको छ। उक्त विमानवाहक जहाजको नाम ‘विक्रान्त’ राखिएको बीबीसीहिन्दीले जनाएको छ। भारतीय नौसेनाका अनुसार आजबाट यस जहाजलाई भारतीय नौसेनाको हिस्साको रुपमा तैनाथ गरिनेछ। सन् १९७१ मा सहिद भएका सेनाको लागि विक्रान्त विमानवाहक जहाजको निर्माण उचित श्रद्धाञ्जलीसमेत भएको भारतीय सेनाको भनाइ छ।
जहाजको विशेषता
विक्रान्तको डिजाइन भारतीय नौसेनाको वारसिप डिजाइन ब्युरोले तयार गर्दा यसको निर्माण भने सिपयार्ड लिमिटेडले गरेको हो। यस जहाजमा एकपटकमा १७ सय मानिसले काम गर्न सक्दछन्। यस जहाजमा २३ सय कम्पार्टमेन्ट भएकाले यस भित्र पसेपछि यो पानी जहाज हो भनेर ठम्याउन सकिँदैन। २६२ मिटर लामो र ६० मिटर अग्लो यस जहाजलाई समुद्रको तेज हावाले खासै असर गर्दैन त्यसकारण भित्र बस्ने मानिसलाई कुनै महसुस हुँदैन।
यो जहाजको वजन ४५ हजार टन हो र यसलाई बनाउन २० हजार करोड भारु लागेको छ। विमानवाहक जहाज कुनैपनि देशको रक्षा क्षमताको प्रतिक मानिन्छ। यस जहाजमा दर्जनौं लडाकुविमानहरु राख्न सकिन्छ।
