Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कतार विश्वकप फुटबलका आठ रोचक तथ्य


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, कार्तिक १६, २०७९

कतार विश्वकप फुटबलका आठ रोचक तथ्य

काठमाण्डौ ।। फुटबलको महाकुम्भ फिफा विश्वकप २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा आयोजना हुँदै छ । विश्वकपका लागि आयोजक कतारसहित कुल ३२ टोली छनोट भएका छन् । प्रतियोगिताको २२औँ संस्करण मध्यपूर्वमा पहिलो र एसियामा दोस्रोपटक आयोजना हुँदै छ । एजेन्सीहरूको सहयोगमा सर्वाधिक अपेक्षा गरिएको फिफा विश्वकपबारे एजेन्सीको सहयोगमा केही रोचक पक्ष यस्ता छन्

पहिलो हिउँदे विश्वकप
उत्तरी गोलाद्र्धबाट हेर्ने हो भने २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता पहिलोपटक हिउँदे हुनेछ । विश्वकप सामान्यतया वर्षको मध्यतिर आयोजना हुन्छ, तर कतारको सन्दर्भमा भने अपवाद बनेको छ । मध्यपूर्वमा रहेको कतारमा ५५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन्छ । यस्तो अवस्थामा कुनै पनि प्रकारको विश्वव्यापी कार्यक्रमको आयोजना गर्नु असम्भवजस्तै हो । गर्मीकै कारण फिफा विश्वकपको क्यालेन्डर परिवर्तन गरिएको हो ।

महँगो विश्वकप
कतार विश्वकप प्रतियोगिताको तयारीका लागि आयोजक देशले खर्च गर्ने रकम प्रतियोगिताको अर्को रोचक पाटो हो । कतारले रंगशाला, राजमार्ग, होटेललगायतका पूर्वाधार आयोजनामा ​​२०० अर्ब डलर खर्च गरिरहेको छ । आगामी प्रतियोगिता खेलकुदकै इतिहासमा सबैभन्दा महँगो विश्वकप हुनेछ ।

थोरै रंगशाला
खेल आयोजना हुने रंगशालाको संख्यालाई लिएर पनि धेरै मानिस अचम्मित छन् । विश्वकप आयोजना गर्न कतारले केवल ८ अत्याधुनिक रंगशाला छुट्याएको छ, जुन खेल आयोजनाका लागि अपर्याप्त बताइन्छ । वास्तवमा प्रतियोगिता आयोजना गर्नका लागि छनोट गरिएका सबै आठ स्थान ९रंगशाला०मध्ये एउटा मात्र पूर्ण रूपमा पुनर्निर्माण भएको छ । नयाँ सातवटाको निर्माणकार्य लगभग पूरा हुन लागेको छ । सन् १९७८ मा अर्जेन्टिनाले ६ ओटा रंगशालामा फिफा विश्वकप आयोजना गरेको थियो । अहिले कतारले केवल ८ ओटा रंगशालामा प्रतियोगिता आयोजना गर्दै छ ।

ठूलो संख्यामा दर्शक
खेल अवलोकन गर्न आउने दर्शकको अनुमानित संख्या पनि कतार विश्वकपको अर्को महत्वपूर्ण र रोचक पाटो हो । एक अनुमानअनुसार कतार विश्वकप प्रतियोगितामा ठूलो संख्यामा दर्शक पुग्नेछन् । मध्यपूर्वको सुन्दर देश कतारको भौगोलिक अवस्थाले पनि अधिकांश देशका दर्शकलाई आकर्षित गरेको छ । कतार विश्वकपमा १० देखि १५ लाख दर्शक पुग्ने अनुमान गरिएको छ ।

यात्रा गर्न सहज
कतार आफैँमा सानो देश हो । सन् २०१८ को विश्वकप आयोजक रुसको तुलनामा त यो भौगोलिक रूपमा झनै सानो देश हो । भौगोलिक रूपमा सानो भएकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न कुनै समस्या देखिँदैन । दोहा, लुसेल, अल वाक्रह, अल रेयानजस्ता खेल आयोजना हुने महत्वपूर्ण सहर नजिकको दूरीमा छन् । तसर्थ, एक स्थानबाट अर्को स्थानमा पुग्दा यात्रु र दशर्कले ठूलो समस्या सामना गर्नुपर्नेछैन । सबैभन्दा टाढा भनिएका दुई रंगशाला अल बेत र अल वक्राह ९० माइल्सको दूरीमा छन् ।

रंगशालामा एयर कन्डिसन
फिफा २०२२ का लागि आयोजक देश कतारमा दिउँसो उच्च तापक्रम हुने गर्छ । यस समस्यालाई सम्बोधन गर्न कतारले एयर कन्डिसनको विकल्प ल्याएको छ । कतारका सबै आठै स्थान पूर्ण रूपमा वातानुकूलित हुनेछन्, जसले खेलाडीलाई पिचमा प्रदर्शन गर्न सहयोग गर्नेछ । पहिलोपटक पूर्ण वातानुकूलित रंगशालामा फिफा विश्वकप आयोजना गर्न लागिएको हो ।

मदिराको पनि व्यवस्था
कतारले फिफा २०२२ विश्वकपलाई ठूलो सफलता बनाउन कुनै कसर बाँकी राखेको छैन र ‘फ्यान जोन्स’ त्यसको ठूलो हिस्सा हुनेछन् । कतारमा विश्वकपको समयमा मदिरा उपलब्ध हुने विषयमा धेरै चर्चा भएका छन् । यद्यपि, रंगशालाले फुटबलप्रेमीलाई मदिरा प्रदान गर्नेछैन । यसका लागि कतारले विकल्प फेला पारेको छ । त्यसका लागि देशभर फ्यान जोन स्थापना हुनेछन्, जसले सस्तो मूल्यमा मदिरा प्रदान गर्नेछन् ।

एसियामा दोस्रोपटक आयोजना
विश्वकपको २२औँ संस्करण आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश हो । तर, एसियामा भने दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप आयोजना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn