जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खैतबाट जुम्ला ओसार्न थालेको छ ।
नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज वुधवार दुई पटक नेपाली सेनाको ९एनए ०५५ ईसीयू ९ईक्विेरल० हेलिकोप्टरले मतपत्र सारेको जानकारी दिए ।उनका अनुसार कर्णाली राजमार्ग बिपतले राम्रो नभएकालें हेलिकोप्टरमा मतपत्र ल्याउनु परेको हो । काठमाण्डौबाट सुर्खेत गाडिमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम सुरु भइरहेको छ ।
स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा ल्याएका थियो तर यस पटक बाटो साघुरो भएकाले हेलिमा ल्याउनु परेको हो । जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस बिष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वुधवार हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आईपुगेको छ ।उनका अनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइ सुरक्षित गरिएको छ । समानुपातिकको चार हजार मत अव आउन वाँकी छ ।
मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार विहीवार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै ल्याइनेछ । जुम्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा ९क० का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ९ख० का लागि ३६ हजार मतपत्र माग गरिएको र त्यो मत पत्र विहीवार सुर्खेतबाट हेलिकोप्टरमा आउने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा आगामी मंशिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेको छ । जसमा प्रदेश ९क० मा ३६ हजार सात सय ८३ र प्रदेश ९ख० मा ३१ हजार आठ सय ५५ रहेको छ ।
