सिँजादर्पण, दोहा । फिफा विश्वकपअन्तर्गत समूह ुएफुबाट मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा मोरक्कोले क्यानडालाई २(१ गोलको नतिजामा पराजिग गर्दै समूह विजेताको हैसियतमा प्रि(क्वार्टरफाइनलमा स्थान बनाएको हो।
बिहीबार नै भएको अर्को खेलमा बेल्जियमसँग बराबरी खेल्दै साविक उपविजेता क्रोएसिया पनि समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। जित्नै पर्ने खेलमा असफल भएपछि चार वर्षअघि रुसमा तेस्रो भएको बेल्जियम समूह चरणबाटै बाहिरिएको छ।
जित तथा अंकविहीन क्यानडा पनि पहिलो चरण पार गर्न असफल रह्यो।
