Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विप्लवका खण्डनहरू– ३


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, मंसिर २६, २०७९

विप्लवका खण्डनहरू– ३

धर्मेन्द्र बास्तोला (कञ्चन)

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता संश्लेषणहरूको खण्डन गरेका छन् तर उनले निम्नपुँजीवादी रोमाञ्चवादी संश्लेषणको भने खण्डन गरेका छैनन् । कि उनले त्यो संश्लेषणको त्यति भेउ पाएका छैनन् वा त्यो विषय छुटेको पनि हुनसक्छ । जे होस्, हाम्रो संश्लेषणमाथि उनले आफ्नो बल–बुता, बुद्धि र क्षमताले भ्याएसम्मको प्रतिवाद गरेका छन् । ती स्पष्टीकरण वा खण्डनको अन्तर्यबारे केलाउने प्रयत्न गरौँ ।विप्लवले त्यो लेखमा भनेका छन्– उनको गुट ‘एमसीसीविरुद्धको सङ्घर्षसम्म पुग्दा देशको श्रेष्ठ एवम् क्रान्तिकारी पार्टीका रूपमा स्थापित बन्न पुग्यो ।’ जति बेला एमसीसीविरुद्ध सङ्घर्ष चलिरहेको थियो, विप्लवको आँखामा, कञ्चन, सुदर्शनहरू काठमाडौँको कोठामा बसेर विप्लवहरूलाई गाली गर्दै थिए । विप्लवले लेखेका छन्, ‘वास्तवमा उनीहरू राष्ट्रिय स्वाधीनताको, खासगरी एमसीसीविरोधी सङ्घर्ष, भ्रष्टाचारविरोधी सङ्घर्ष चल्दासम्म उदास अनुहारमा बसिरहेका थिए ।

औपचारिकताका लागि भाग लिए पनि जोस–जा“गर र उत्साह थिएन । बानेश्वरमा लडाइँ चेलेको छ, जुलुस र भिडन्त चलेको छ तर उनीहरू कोठामा बसेर नेताहरूको भण्डाफोर चलाइरहेका छन् ।’ पहिलो कुरा त त्यति बेला कन्चन संघर्षको अग्रिम मोर्चामा थियो, याक एण्ड एती आगाडि भाषण गर्नेमा होस या बानेश्वरका मोर्चाहरू समाल्नेमास दोश्रो कुरा, त्यतिबेला विप्लव कहाँ थिए रु जति बेला एमसीसीविरुद्ध अरू सबै पार्टीका नेताहरू काठमाडौँमा केन्द्रित भएर नेतृत्व गरिरहेका थिए र नेकपाको नेतृत्वको माग सडकमा युवा जमातले गरिरहेको थियो, त्यति बेला विप्लव कपिलवस्तुको आफ्नैे घरमा बनेको ‘जनकम्युन’ को एकल बराह ९एउटा सुँगुर० को खेती गरिरहेका थिए । जनकम्युनको सुँगुरखेती, मासुको व्यापार र नबिकेपछिको घरायसी खपतसहितको विप्लवको अर्थनीतिमा आधारित अर्थप्रणालीको रोचक कहानी छ, त्यो पछि प्रसङ्गमा उल्लेख गरौँला । बताइरहन आवश्यक छैन– एमसीसीका विरुद्ध नेपालका सचेत, देशभक्त जनताले व्यापक विरोध गरेका थिए र त्यसमा सबै देशभक्त, क्रान्तिकारी, लोकतन्त्रवादी शक्तिहरू दिलोज्यानले एमसीसी पारित नगराउनका लागि कोसिस गरेका थिए । त्यसमा हामीले काठमाडौँमा गरेको सङ्घर्ष घरको बार्दलीबाट सुँगुरको खोरतिर चिहाउने विप्लवका आँखाले देख्ने कुरा भएन । हाम्राविरुद्ध उनका सबै प्रकारका झूटा बकबासहरू यत्तिले खारेज गर्छ । जहाँसम्म विप्लवले एमसीसीविरुद्धको सङ्घर्षमा केवल त्यो पार्टी देशको श्रेष्ठ पार्टी भएको भ्रम पालेका छन् त्यो उनको आत्मतुष्टि मात्र हो । उनको ‘महाधिवेशन’ मा शुभकामना दिने उनका ‘मित्र सङ्गठन’ का एकजना नेताले हामीसँग भनेका थिए, संयुक्त बैठकमा प्रकाण्डले यति अशोभनीय बढाइचढाइका साथ भत्रे गर्थे त्यही आन्दोलनका कारण संसद्को बैठक सर्यो, त्यही आन्दोलनका कारण एमसीसी धकेलियो । तर उनको भनाइ शतप्रतिशत झूट हुँदाहुँदै पनि हामी कुनै प्रतिक्रिया दिँदैनथ्यौँ किनकि हामीलाई उनको कुराभन्दा एमसीसीविरुद्ध संयुक्त कार्यक्रममा जोड दिनु प्रमुख हुन्थ्यो र कार्यक्रम बनाउनेमै हाम्रो जोड हुन्थ्यो ।

यो तथ्य सायद न विप्लव गुटको एउटा पाटो विप्लवलाई थाहा होला, न अर्को पाटो प्रकाण्डलाई । किनभने उनीहरूमा अरूले के भन्छ भनेर त्यसका बारे विचार गर्ने संस्कृति नै छैन । त्योभन्दा त अझ रोचक, गम्भीर र आपत्तिजनक कुरा त अर्को छ । उनको ‘महाधिवेशन’ शुभकामना दिने विप्लवका मित्र पार्टीका एकजना नेताले हामीसँग भनेका थिए, ‘विप्लवहरूले त एमसीसीबाट कमिसन खाएछन् नि १’ पार्टी फुटिसकेको थियो तर हामीले भन्यौँ– यस्तो वाइयात कुरा गर्नु हुँदैन । उनले थपे, ‘होइन, सबैले त्यही भन्छन् १’ हामीले फेरि भन्यौँ– के तपाईंले उनीहरूसँग त्यसबारे छलफल गर्नुभयो रु उनले भने, ‘प्रकाण्डसँग कुरा गरेँ ।’ हामीले फेरि सोध्यौँ– के भने त प्रकाण्डले रु उनको जबाफ थियो, ‘प्रकाण्डले के भत्रे, होइन भने १’ हामीले भन्यौँ– त्यसो होइन होला । त्यति नीच काम त नगर्नुपर्ने । भोलि कुनै न कुनै दिन यो त थाहा भैहाल्छ । उनले भने, ‘होइन त भनिहाल्छन् नि १’ यो थियो उनका मित्रसँगको संवाद । यति बेला विप्लवले एमसीसीविरुद्धको सङ्घर्षमा उनी श्रेष्ठ भएको दाबी गरिरहेका छन् त्यो श्रेष्ठताको वास्तविक अर्थ के हो रु वैज्ञानिक समाजवादी क्रान्तिका लागि भनेर एनसेलको मुद्दामा तमाम साथीहरू जेल बसे, तमाम साथीहरू अहिले पनि जेलमै छन् तर एनसेलबाट ‘ट्याक्स’ असुल गर्न सफल भएर विप्लवले जति ‘श्रेष्ठता’ हासिल गरे, एमसीसीको सङ्घर्षमा प्राप्त गरेको ‘श्रेष्ठता’ को रहस्य भविष्यमा अवश्य खुल्दै जानेछ ।

यति ठूलो श्रेष्ठता हासिल गरेको पार्टीलाई त्यो श्रेष्ठता नै भताभुङ्ग हुने गरी बहुमतको पार्टी पुनर्गठन भएपछि विप्लव विक्षिप्त हुनु बिल्कुल अस्वाभाविक र अनपेक्षित कुरा होइन र भएको पनि त्यही छ र त उनी तथानाम बर्बराएका छन् जुन कुरा उनको समझमा नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० ‘मौका कुरेर मार हान्ने षड्यन्त्रकारी’ देखिन पुग्छ ।

विप्लवले आफ्नो लेखमा एउटा तथ्य सही किसिमले उद्धरण गरेका छन्, ‘उनीहरूले महासचिव–प्रवक्तालगायत नेताहरू संसद्‌वादमा भासिएको, आत्मसमर्पणवादी भएको, क्रान्तिलाई ध्वस्त पारेको, एकीकृत जनक्रान्तिको कार्यदिशा सारसङ्ग्रहवादी भएको, जुुझारु अर्थवादी भएको भन्ने प्रचार गर्दै पार्टी नै फुटाउने ठाउँमा पुगे । पार्टी नीतिको बचाउ गर्ने पङ्क्ति निकै कमजोरजस्तो बन्यो ।’ हो यो कुरा सही हो र यसका बारेमा माथि नै उल्लेख गरिएको छ । यसबारेमा वैशाख महिनामै रातो खबर पत्रिकामा ‘पार्टीमा देखिएका गम्भीर समस्या र समाधान’ शीर्षकमा नेपाली कम्युनिस्ट आन्दोलनका दुई लाइन सङ्घर्षहरूमध्ये इतिहासिमै एउटा महत्वपूर्ण लेख छापिएको छ । यसमा विप्लवको सैद्धान्तिक अस्पष्टता, राजनीतिक विचलन, प्रस्ट गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० को ऐतिहासिक दस्ताबेजमा पनि पर्याप्त उल्लेख गरिएको छ । यहाँ फेरि पनि स्पष्ट कुरा के हो भने विप्लवले अपनाएको कार्यदिशा सारसङ्ग्रहवादी नै छ । उनको बुझाइ एकाङ्गी, मनोगतवादी, रोमाञ्चवादी छ जुन कुरा अहिलेसम्मका अनुभव, व्यवहार र उनका बुझाइबाट प्रमाणित भैसकेका छन् । यसले त्यहाँ रहेका तमाम कमरेडहरूलाई विप्लवले भनेजस्तो ‘कमजोरजस्तो’ मात्र होइन, पूरै कमजोर बनाएको छ, क्रान्तिको दिशामा गतिहीन बनाएको छ र क्रान्तिकारी अपेक्षाको विपरीत प्रतिक्रान्तिकारी हर्कतहरूमा अग्रसर बनाएकोे छ । गर्दै जाँदा विप्लवले एक ठाउँमा भने सही कुरा गरेका छन्, ‘पार्टी नेतृत्व संसद्‌वादमा फस्छ वा क्रान्ति छोडेर दलाल पुँजीवादी सत्ताभित्र छिर्दछ भने त्यसलाई नाङ्गेझार पार्नै पर्दछ र क्रान्तिकारीहरूले विद्रोह गर्नै पर्दछ । संसद्‌वाद, आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध धावा बोल्नुपर्छ र नयाँ पार्टी बनाउनैपर्छ ।’ हो, यहाँ भएकै त्यही हो । जब विप्लव–प्रकाण्ड गुटले मार्क्सवाद–लेनिनवाद–माओवादका आधारभूत मान्यतालाई सैद्धान्तिक रूपमा परित्याग गर्दै माओवादलाई केवल ओठेभक्तिमा रूपान्तरित गर्न पुग्यो, वर्गसङ्घर्षको मान्यतालाई जुझारु अर्थवादको मान्यतामा पतन गराउन पुग्यो र यो प्रक्रियाबाट सहिदको रगतमा खेलबाड गर्न पुग्यो, जब उनले घुमाउरो तरिकाले केजरीवाल शैलीको पार्टी र पपुलिस्ट नीतिमा पतन हुने बाटो अपनाउन पुगे त्यो विसर्जनवाद थियो । तब विप्लव–प्रकाण्ड गुट पहिले आफैँमा नाङ्गेझार भयो, दोस्रो आमजनतामा नाङ्गेझार बनाउनुपर्ने आवश्यकता पैदा भयो र तेस्रो, पार्टीको पुनर्गठन गर्दै विप्लव गुटलाई पार्टीबाट बर्खास्त गर्नुपर्यो । त्यही कारण त हो, वैज्ञानिक समाजवादी क्रान्तिको झन्डालाई उचो राख्ने ऐतिहासिक कार्यभार पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० को गठन भएको र त्यसप्रकारको विसर्जनवादका विरुद्ध धावा बोलेको । यो मार्क्सवाद–लेनिनवाद–माओवाद हो । परन्तु, विप्लवको नीति माथि नै भनिएजस्तो ‘बिरप्पनवाद’ हो ।

बाह्रौँ केन्द्रीय समितिको बैठक चलिरहेको समयमा सचिवालयको बैठक पनि बसिरहन्थ्यो । त्यो बैठकमा विप्लवका संसद्‌वादपरस्त रुझान कुमालेको चक्का घुमेजस्तै पुरानै तर्कहरूमा घुमिरहन्थ्यो । त्यो बैठकमा मैले विप्लवलाई भनेको थिएँ, ‘तपाईंका सोचहरू अत्यन्त भोलाभाला प्रकारका छन् । तपाईंलाई संसद्‌वादमा आत्मसमर्पण गरेर क्रान्ति हुन्छ भत्रे लागेको छ भने, यस्तो केटौले उत्तेजनामा विश्वास छ भने यो मृगमरीचिका मात्र हो । होइन, तपाईंको विचार नै त्यही हो भने, तपाईं संसद्‌वादी राजनीतिमा जाँदै हुनुहुन्छ भने र हाम्रो सदासयताका विपरीत तपाईं संसद्‌वादी राजनीतिमा जाने नै हो भने मेरो बाउला नसमात्नुस्, मेरो हात छाडिदिनुस् । त्यो भोलाभाला तर्क के थियो, त्यसका बारे विप्लवले आफैलेँ लेखेका छन्, ‘बाह्रौँ पूर्ण बैठकमा पार्टीले स्थानीय चुनावलाई प्रयोग गर्ने कार्यनीति लिनुपर्छ भन्ने प्रस्ताव महासचिवले पेस गरेको साँच्चै हो तर यो प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थातिर फर्किनका लागि या क्रान्ति छोड्नका लागि कदापि थिएन र यो कल्पना गर्न सकिने विषय नै होइन । यदि नेतृत्वले संसद्‌वादी मार्ग लिने सोच्दो हो भने किन स्थानीय चुनावको बाटोबाट लिनुपर्छ रु प्रचण्डसहितको माओवादी पार्टी, बाबुराम प्रधानमन्त्री बन्दाको परिस्थिति, ३ बुँदे सहमति हुँदा केपी सरकारको आग्रह, हालको पाँचदलीय गठबन्धनकै सोचाइ जताबाट पनि केन्द्रमै सहभागी बन्ने पर्याप्त विकल्पहरू थिएनन् र १’ यी भोलाभाला तर्कहरू थिए विप्लवका । सोच एउटा, व्यवहार अर्को, विप्लवको अज्ञेयवाद हो । चाहना संसद्‌वादपरस्त नहुने, व्यवहार संसद्‌वादमा छिरिछाड्ने । यो हो उनको अकर्मण्यतावाद । अनि यो हो विप्लवको बितण्डतावादी तर्क र प्रचण्ड वा ओलीसँग संसदीय राजनीतिमा एकाकार हुन नसक्नुको कुण्ठा, पीडा र छट्पटाहटको अरण्य रोदन ।

कुरा त्यति मात्र होइन, हामीले माथि नै उल्लेख गरेका छौँ– एक्काईसौँ शताब्दीको नवउदारवादी संसद्‌वादी वा पुँजीवादी व्यवस्था, जसले समाजवादका आधारभूत आर्थिक आधारलाई एकाधिकारवादी पुँजीवादको कब्जामा राखेर जनताकालागि राजनीतिक, सामाजिक, सास्कृतिक र व्यक्तिगत स्वतन्त्रताको वकालत गरेको हुन्छ , जसले समाजवादका आधा मूल्य र मान्यतालाई आफ्नो जस्तो गरी प्रस्तुत गरेको हुन्छ, त्यसले धेरै कम्युनिस्ट भत्रेहरूलाई विचलित बनाइरहेको हुन्छ र उनीहरूलाई लेनिन र माओको दुहाइ दिँदै कार्यनीतिका नाममा पुँजीवादी राजनीतिमा नडुबिरहन मुस्किल पार्ने गरेको हुन्छ । यही दशाको सिकार विप्लव–प्रकाण्ड गुट बनेको छ । यो कुराको बुझाइमा विप्लवको खोट छ । भलै उनले तमाम अवसरहरूलाई छाडेका किन नहोऊन् तर यो सैद्धान्तिक तथ्यलाई विप्लवले कदापि बुझ्न नसकेका कारण नै उनलाई आत्मग्लानि भैरहेको छ, छट्पटाहट छ, रिस, आक्रोश र आवेग पैदा भैरहेको हुन्छ जसको परिणाम उनको विचारमा प्रतिशोध पैदा हुन पुग्छ र विगतका घटनाहरूप्रति उनलाई पश्चाताप भएको तथ्यनै अभिव्यक्ति हुन्छ । यो उनको चिन्तनमा भएको अवसरवादको अभिव्यक्ति हो, हीनताको अभिव्यक्ति हो ।

बाँकी रह्यो संसद्‌वादविरोधी तोतारटाइ, जस्तो उनले भनेका छन्, ‘इमानदार पार्टीपङ्क्तिलाई थाहा छ कि नेपाली क्रान्तिको कार्यदिशा के हुनुपर्दछ भन्ने सवाललाई निदान गर्दै हामीले किरणबाट विद्रोह गर्दा ‘एकीकृत जनक्रान्ति’ ठोस गरेका थियौँ । यो कुनै रातारात मनोगतवादी तरिकाले गरेको संश्लेषण वा कसैको नक्कल गरेर प्रस्तुत गरेको संश्लेषण नभएर जनयुद्धदेखि कम्युनिस्ट आन्दोलन, विशेषतः नेपाली क्रान्तिभित्र कार्यदिशाबारे चलेको गहिरो बहस, जनविद्रोह र जनयुद्ध भन्ने कार्यदिशाका मूर्त विशेषता एवम् तिनका परिस्थितिजन्य सीमा, २१ औँ शताब्दीका नयाँ विशेषताहरू र नेपाली अर्थराजनीतिक सम्बन्धहरूमा आएका परिवर्तनलाई विश्लेषण गरेर बुद्धिमत्तापूर्ण ढङ्गले गरेको संश्लेषण हो । हामीले त्यति बेला नै स्पष्ट भनेका छौँ– जनविद्रोह र जनयुद्ध बीसौँ शताब्दीका क्रान्तिकारी कार्यदिशा हुन् । सापेक्षित पुँजीवादी देश रुसमा प्रयोग भएको जनविद्रोहको कार्यदिशा र किसान र ग्रामीण क्षेत्र बाहुल्य भएको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देश चीनमा प्रयोग भएको दीर्घकालीन जनयुद्धको कार्यदिशा त्यस बेलाका ठोस परिस्थितिलाई समाधान दिन सक्षम कार्यदिशा थिए तर ती कार्यदिशाले आजको नेपाली एवम् विश्वपरिस्थितिसँग मेल खाँदैनन् । नेपाल अहिले न रुसको जस्तो परिस्थितिमा छ, न त चीनको जस्तो विशेषतामा नै छ । नेपालमा सामन्तवादको अन्त्यपछि दलाल पुँजीवादी सत्ता चलिरहेको छ । राजनीतिक एवम् आर्थिक रूपले निकै नयाँ र भिन्न विशेषतामा छ । यहाँको मुख्य अन्तर्विरोध दलाल पुँजीवादी सत्ता र श्रमिक जनताका बीचमा रहेको छ । यसको समाधान सही तरिकाले गर्ने हो र हामीले वास्तविक सफल क्रान्ति गर्ने हो भने तीभन्दा गुणात्मक रूपले नयाँ र उच्च कार्यदिशा संश्लेषण गर्नुपर्छ ।

’ विप्लवका यी भनाइहरू लामो समयदेखि माक्र्सवादी साहित्यमा अभ्यस्त हुनुका परिणाम हुन् जुन विप्लवका ‘अनुसन्धान’ र संश्लेषण नभएर प्रचण्ड, किरण र अझ अगाडि मोहनविक्रमहरूले लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा प्रशिक्षित गर्दै आएका थिए । विप्लवले केबल यी तथ्यहरूलाई द्वन्द्वात्मक तरिकाले बुझ्नेभन्दा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले बढी अङ्क प्राप्त गर्नका लागि कण्ठस्थ गरेको भावमा अभिव्यक्त गरेका छन् । प्रश्न किताबमा पढेका कुरालाई उनले कसरी प्रस्तुत गर्छन् भत्रे होइन, विषय उनले के गर्छन् र पढेको कुरालाई कसरी बुझ्छन् भत्रे पनि हो । लेनिनले भत्रुभएको थियो, ‘हामी कसले के सोचेको हुन्छ वा के भन्छ भत्रेबाट होइन, उसले के गर्छ भत्रेबाट मूल्याङ्कन गर्दछौँ ।’ यहाँ विप्लवले क्रान्तिका बारेमा के भावना राख्छन्, के सोचिरहेका हुन्छन् वा के लेख्छन् भत्रे कुरासँग होइन, उनले के गर्छन् भत्रे कुरा नै प्रधान हुन्छ । पार्टी, क्रान्ति, कार्यदिशा र परिवर्तनका तमाम ओठेभक्तिका बाबजुद उनले संसदीय चुनाव उपयोग गर्ने नीति र बुझाइबाट उनी संसदीय राजनीतिमा भासिएका छन् । यो नै उनको अहिलेको मानक बिन्दु हो । यो बिन्दुमा जब उनी मार्क्सवादबाट चिप्लिएका छन् उनको सैद्धान्तिक रटान पण्डितको गीता पाठभन्दा कुनै अर्थमा अन्तर रहँदैन, मुल्लाहको घण्टा–घण्टाको कुरान उच्चारणभन्दा फरक हुँदैन र पादरीका धुपौरे प्रवचनभन्दा फरक छैनन् । त्यसमा विप्लवले जसरी व्याख्या गरेका छन्– एकीकृत जनक्रान्ति सानो दुःखले आज्र्याको होइन, यसमा ठूलै कसरत परेको छ । क्रान्ति भत्रे शब्द कम्युनिस्ट आन्दोलनमा चलेकै थियो, एकीकृत शब्द दीपकले सुझाइदिनुभएको थियो, जन शब्द रवीन्द्र श्रेष्ठले जुटाइदिनुभएको थियो र सबैको योग एकीकृत जनक्रान्ति बनेको थियो । यो सत्यलाई विप्लवले तोडमोड गर्न पृथ्वी नै उल्ट्याउनुपर्ला, दसौँ हर्कुलसको तागत लगाउनुपर्ला ।

विप्लवले भनेजस्तै किरणसँग अलग हुने समयमा कञ्चन शिवगढी नगएको सत्य हो । त्यो समयमा पार्टीभित्र ठूलाठूला बहसहरू थिए । कञ्चनको बहसको मुद्दा प्रचण्डको नेतृत्वमा जनगणतन्त्रसम्म आएको जनयुद्धले किन धक्का ९सेटब्याक० खानुपर्यो, त्यसको सैद्धान्तिक कारण छलफल गरौँ भत्रे थियो । विप्लवको बहस प्रचण्डसँग अलग हुनुको फुटको औचित्य पुष्टि हुन सकेन भत्रे थियो । बादल, पम्फा र देव गुरुङको बहस यताबाट संसद् र सरकारमा सहभागिता सम्भव नहुने भएपछि प्रचण्डसँगै एकता गर्नुपर्छ भत्रे थियो । यिनै बहसका बीचमा विप्लवले हतार गर्दै पार्टी विभाजन गर्न हिँडेको साँचो हो । कञ्चन कन्भिन्स भएको कुरा के थियो भने युवाहरूका बीचमा विषयहरूप्रति गम्भीर बहस हुनेछ र सही विचार संश्लेषण गर्न आमक्रान्तिकारी ध्रुवीकरणको प्रयत्न हुनेछ । परन्तु विप्लवसँग लामो समयसम्म यसप्रकारको कुनै बहस भएन । अझ स्पष्ट भत्रे हो भने प्रकाण्डलाई यो बहससँग कुनै सरोकार थिएन र अहिले पनि छैन । उनको सरोकार केवल आर्थिक सङ्कलन गर्ने, छलछाम र झुटमुट गर्ने, पपुलिस्ट बत्रका लागि हरप्रयत्न गर्ने निम्नपुँजीवादी क्यारियरिस्ट आचरण थियो र अहिले पनि विद्यमान छ । यो स्थितिमा कुनै बहस हुने कुरा भएन ।

पार्टी विभाजनका लागि भएको बहसका सन्दर्भमा विप्लवले अन्वेषण गरेको एकीकृत जनक्रान्ति उत्भव रोचक प्रकारले भएको छ । माथि नै उल्लेख गरेजस्तो ‘एकीकृत’ शब्दका जन्मदाता कमरेड दीपक हुनुहुन्थ्यो जसले विप्लवको कार्यदिशालाई एकीकृत क्रान्तिको सिद्धान्त बनायो । छलफलकै क्रममा रवीन्द्र श्रेष्ठले ‘जन’ थपिदिनुभयो, त्यसपछि त्यो एकीकृत जनक्रान्ति भयो । जब एकीकृत जनक्रान्ति व्याख्या, विश्लेषण र त्यसको आकारप्रकारको कुरा आयो पाँच आधार र सात आधारबाहेक विप्लवसँग दुई–चार परिस्थितिको जोडजाड गर्ने सारसङ्ग्रहवादभन्दा केही निस्कने भएन । उनका लागि राजनीतिक कार्यदिशा, कार्यनीति, कार्यक्रम, सैनिक कार्यदिशा, कार्यनीति, कार्यक्रम कुनै पनि प्रस्ट हुन सकेनन् । उनका लागि सबै कुरा कमरेड दीपकले जुटाइदिएको ‘एकीकृत’ र कमरेड रवीन्द्रले जुटाइदिएको ‘जन’ को सारसङ्ग्रहवादी दुईको एकमा संयोजनबाहेक अर्को भएन । यो अवस्थामा नेता, कार्यकर्ता र जनतामा समेत प्रस्ट गर्न, नेतृत्वमा रहेका विप्लवलाई वैचारिक राजनीतिक हिसाबले मद्दत गर्न र वैज्ञानिक समाजवादी क्रान्तिको बाटो अगाडि बढाउन मेहनत गरिएको हो । विप्लवले जनयुद्ध, जनविद्रोहभन्दा फरक खोज्ने, मार्क्सवाद २०० वर्ष पुरानो भयो, लेनिनवाद १०० वर्ष पुरानो भयो र त्यसको नयाँ सिद्धान्तको खोजी हुनुपर्छ भन्दै एकीकृत जनक्रान्तिको सारसङ्ग्रहवादी रटान गर्दा कतैकतै मार्क्सवादका आधारभूत मान्यताबाट विचलित नहोऊन् भत्रे पनि हामीलाई लाग्ने नै भयो जसको परिणाम विप्लवले भनेजस्तै मेहनत गरेर लेख पनि लेखिएको हो तर एकीकृत जनक्रान्तिको मसिहा विप्लव आफैँमा रनभुल्ल भएपछि हाम्रा प्रयत्नहरू हामीसँग नै रहने भए ।

विप्लवले उल्लेख गरेको अमेरिकी प्राध्यापक र वायुयानको कहानी पनि सही नै हो । कञ्चनले उनीसँग छलफल गरिसकेपछि उनले एउटा नेपाली दैनिक पत्रिकालाई दिएको अन्तरवार्तामा भनेका पनि रहेछन्, जुन अन्तरवार्ता त्यही पत्रिकामा विप्लवले आफ्नै आँखाले देखेका छन् र आफ्नै हातमा लिएर पढेका पनि छन्– नेपालको राजनीतिक समस्या कुनै पनि पार्टी र नेताहरूले बुझेका छैनन् तर दुर्भाग्यवस भत्रुपर्छ– विप्लव माओवादीले सही किसिमले बुझेको छ । कञ्चन र सुदर्शनका तर्फबाट विप्लवलाई नेपाली राजनीतिमा सच्चा तरिकाले स्थापित गर्न सम्पूर्ण रूपले मद्दत गरेको हो । यही क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विप्लवलाई स्थापित गर्नु क्रान्तिका लागि हित हुन्छ भनेरै गरिएको हो । यसको पछाडिको मुख्य कारण एउटै थियो– विप्लवको जुझारुपना, त्यो समयमा देखिने क्रान्तिकारी रोमाञ्च, युवाशक्ति, जनतालाई कन्भिन्स गर्नसक्ने भाषण क्रान्तिका लागि जनतालाई जोड्ने साधन हुनसक्छ । उनका दर्जनौँ व्यावहारिक कमजोरीहरूसँग क्रान्तिकै लागि सौदाबाजी गरिएको पनि हो । तर इतिहासको एउटा कालखण्डमा विप्लव प्रवृत्ति जुत्तामा पोको लागेको चिम्टे–माटो मात्र रहेछ, त्यसलाई पत्थरमा पुछेर फाल्नुपर्ने भयो किनभने उनको विचारमा भएको खोट जसरी स्थानीय चुनावमा उजागर भयो त्यो कहिल्यै उजागर भएको थिएन । सबै केन्द्रीय समितिका कमरेडहरूलाई स्मरण हुनुपर्छ, मैले १२ औँ केन्द्रीय समितिको बैठकमा भनेको थिएँ– विप्लवका सयौँ व्यावहारिक समस्याहरूसँग सम्झौता गरिएको छ तर आधारभूत सैद्धान्तिक मुद्दासँग सम्झौता गर्ने स्पेस रौँबराबर पनि छैन । विप्लवले वैचारिक कमजोरी नसच्याएमा पुरानो पार्टी विघटन हुने कुरा स्पष्ट गरिएको थियो । contin…..next ….

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn