Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मेसी बने वल्डकप २०२२ को विश्व च्याम्पियन


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७९

मेसी बने वल्डकप २०२२ को विश्व च्याम्पियन

सिँजादर्पण काठमाडौं । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।

 

तर कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले अब भने पेले र म्याराडोना जस्ता महान खेलाडीको सूचीमा आफूलाई उभ्याए ।पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएपछि रोनाल्डोको विश्वकप उचाल्ने सपना पूरा भएन । उनी यसअघि पनि विश्वकपको उपाधि नजिक कहिल्यै पुगेनन् ।

तर मेसीले सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा जर्मनीसँग पराजित भएको थियो । यो अवधिमा मेसीकै करियरमा पनि धेरै उतारचढाव आए । लगातार फाइनलमा पुग्दै असफल हुँदा उनले राष्ट्रिय टिमबाट सन्यासकै घोषणा गरे । तर विश्वभरका फुटबल समर्थकदेखि अर्जेन्टिनाकै राष्ट्रपतिले समेत आग्रह गरेपछि मेसीले सन्यास फिर्ता लिएका थिए ।

प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरे पनि त्यसपछिका लगातार ६ खेल जित्दै च्याम्पियन बनेको छ ।सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएयता ३६ वर्षसम्म अर्जेन्टिनाले अर्को उपाधि जित्न सकेको थिएन ।अर्जन्टिनाको टिम पनि यस पटक जसरी पनि मेसीका लागि विश्वकप जित्न एकजुट भएर लागेको थियो । मेसी आफै पनि मोटिभेट थिए र पहिलो खेलमा हारे पनि उनले समर्थकलाई आफूहरुलाई विश्वास गर्न भनेका थिए ।

हरेक खेलमा जितको मानसिकतासहित अर्जेन्टिनाले खेल्यो । साढे तीन दशक उमेरमा पनि मेसीको जोश उस्तै देखिन्थ्यो । अर्जेन्टिनालाई जिताउन हरेक खेलमा उनले एकनासको प्रदर्शन गरे । कुनै खेलमा आफैं गोल गरे त कुनै खेलमा अरुका लागि सहयोग गरे । मेसीले क्रोएसिया विरुद्ध युलियन अल्भारेजका लागि मिलाएको पासमा जति चर्चा गरे पनि कम हुन्छ । उनको खेल हेर्दा लाग्यो त्यहाँ मेसी जादु गरिरहेका छन् र अरु उनको जादु हेरेर आनन्द लिइरहेका छन् । अनि विपक्षी खेलाडी त्यसमा नतमस्तक छन् । मेसीले समूह चरणमा दुई खेलमा गोल गरे । नकबउट चरणमा अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलमा पनि गोल गरेका उनले फाइनलमा २ गोल गरे । उनले फाइनल सहितका ७ मध्ये ६ खेलमा ७ गोल गरे भने ४ असिस्ट समेत गरेका थिए ।

कीर्तिमानका पर्याय मेसी

यस पटक मेसीले विश्वकप मात्र जितेनन् कतारमा विधिन्न कीर्तिमान बनाए । फ्रान्स विरुद्ध फाइनल खेल्दै विश्वकपमा सर्वाधिक २६ खेल्ने नयाँ कीर्तिमान बनाए । कतारमा विश्वकप खेल्नुअघि मेसीले विश्वकपमा १९ खेल खेलेका थिए । तर उनले यस विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे ।

यस्तै इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक मिनेट खेल्ने कीर्तिमान पनि उनले फ्रान्स विरुद्ध खेलमा तोडे । फ्रान्स विरुद्ध २४ मिनेट खेलेपछि मेसीले विश्वकपमा २ हजार २१७ मिनेट खेल्ने माल्दिनीको कीर्तिमानलाई तोडे ।

मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाए। यसका लागि उनले महान खेलाडी म्याराडोनासहित गाब्रिएल बाटिस्टुटालाई समेत पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये मेसी पनि एक खेलाडी बने ।

विश्वकपमा मेसी र रोनाल्डोसहित मेक्सिकोका आन्द्रेज गुअर्डाडोले लगातार पाँच विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे । खेल, गोल मात्र नभएर असिस्टमा समेत मेसीले कीर्तिमान बनाए । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक मात्र खेलाडी बने ।

पोर्चुगलका रोनाल्डोले कतारमा एक गोल मात्र गरेका थिए र लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

फ्रान्स विरुद्ध फाइनलमा गोल गरेपछि मेसी विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बने ।मेसी सबैभन्दा कम उमेर र सबैभन्दा पाको उमेरमा विश्वकपको एकै खेलमा गोल गर्ने र असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने समेत पहिलो खेलाडी बने ।

मेसीले विश्वकपमा सर्वाधिक १९ खेलमा कप्तानी गर्ने कीर्तिमान पनि बनाए । उनले विश्वकपमा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । पेले र म्याराडोनाको लेभलमा कतारमा विश्वकप जित्नुअघि मेसीले गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउँदै २० वर्षको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए ।

अर्जेन्टिनाले पछिल्लो परुटक १९९२ मा कोपा अमेरिका जितेको थियो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए तर त्यो यू(२३ टिमले खेल्ने भएकोले सिनियर टिमको मान्यता थिएन । उमेर समूहमा पनि मेसीले विश्वकप जितिसकेका थिएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn