सिँजादर्पण काठमाडौं ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजानेबारे निर्णय गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकको अघिल्लो दिन लिङ्देनले सुटुक्क बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।लिङ्देनले ज्ञानेन्द्रसँग भएको भेट बाहिर ल्याउन चाहेका थिएनन् । तर पार्टीकै बैठकमा नेताहरुले प्रश्न उठाएका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग के कुरा गर्नुभयो ?स्रोतका अनुसार झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुन्छ रु र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा के हो ?भनेर प्रश्न गरेका छन् ।उच्च स्रोतका अनुसार सिमरामा ज्ञानेन्द्र र लिङ्देनबीच लामो कुराकानी भएको थियो । त्यसमा भर्खरैको राजनीतिक विकासक्रम, प्रचण्डको सत्तारोहणमा राप्रपाको समर्थन लगायत विषयमा कुराकानी भएको थियो ।। यो पटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीसँगै राप्रपा निर्णायक बन्यो । प्रचण्डले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने क्रममा नै राप्रपाले समर्थन गरेको थियो ।
प्रचण्ड सरकारलाई कसरी हेर्ने भन्नेबारे राप्रपामा दोधार देखिन्छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डलाई आतंकवादका मतियार भन्दै विरोध गर्दै आएका छन् । अहिले पनि उनले प्रचण्डबारे आफ्नो दृष्टिकोण कायमै रहेको र उनले नेतृत्व गरेको सरकारमा गएर बढ्दो जनउभार घटाउन नहुने बताएका छन् ।मिश्रले मंगलबार फेसबुकमा सरकारमा जान पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्नुपर्नेसहितका ३ वटा शर्त राख्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
बुधबार कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले भने सरकारमा जानुपर्ने बताएका छन् । महामन्त्री भुवन पाठकले त अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जानुपर्ने बताएको एक सहभागीले सुनाए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपा सरकारमा सहभागी भएको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपा सरकारमा सहभागी भएको छैन ।
