Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

देशमै केही गर्छु भन्नु अपराध हो ?


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, माघ १४, २०७९

देशमै केही गर्छु भन्नु अपराध हो ?

मिलन पाण्डे

आचार्यले उठाएका प्रश्न जायज भए पनि उनले अपनाएको यो तरिकालाई हामीले प्रोत्साहन गर्नुहुँदैन, आत्महत्या समाधान होइन
हाम्रो समाज ‘सर्ट टर्म मेमोरी लस’ को सिकार बनेको छ । हामी प्रतिक्रियावादी बनेका छौँ, समाधानमुखी बन्न सकेका छैनौँ । ठिक एक महिनाअघि कम्बोडियाको क्यासिनोमा आगो लागिरहँदा ४० वर्षीय निराकार पाण्डेको झ्यालबाट हाम फालेर मृत्यु भयो । हामी दुई दिन तरंगित भयौँ । तर, त्यसबाट पाठ सिकेर समाधानका उपाय निकालेनौँ । गत साता पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो, हामीले हवाई सुरक्षाबारे प्रश्न उठायौँ, बिदा मनायौँ, तर समाधान दिन सकेनौँ, बरु भोलिपल्टै कुन पार्टीको भागमा कति मन्त्रालय पर्‍यो भन्ने हाम्रो बहसको विषय बन्यो ।

आज हामीले प्रेमप्रसाद आचार्यको आत्मदाहले उठाएका प्रश्नमाथि छलफल गर्दै गर्दा पनि यो कतै हाम्रो मसानबैरागी त हुने होइन, प्रश्नले मलाई पटक–पटक खाइरहेको छ । निर्मला पन्तहरू, नवराज विकहरू, मिटरब्याजपीडितहरू, निर्मला कुर्मीलाई न्याय माग्दै गरेका अभियन्ताहरू सम्झन्छु र थप निराश हुन्छु । घटना–घटनालाई डिल गर्न छाडेर समग्र प्रणालीमा ठोस परिवर्तन के भयो भनेर फर्केर हेर्दा अन्धकार मात्र देखिन्छ ।

काठमाडौंको संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यको आत्मदाह ‘स्टेट फेलियर’ को अवस्था हो । यहाँ राज्य छ भन्ने अनुभूति आमयुवालाई हुन छाडेको छ । मेरा लागि राज्य छ र यहाँ न्याय पाइन्छ भन्ने आमनागरिकलाई अब विश्वास छैन । आचार्यलाई श्रद्धाञ्जली दिन आयोजित सभामा मैले तीन अन्य युवालाई भेटेँ, जो जिउँदै जलिरहेका प्रेमहरू थिए ।

पहिलो युवा, कतारबाट नेपाल फर्केका थिए, जो नेपालमै केही गर्ने प्रयास गर्दै थिए । उनले देशमै केही गर्छु भनेर विभिन्न ‘प्रडक्ट’को ‘ट्रेडिंग’ सुरु गरे । तर, कम्पनीहरूले गर्ने व्यवहार, मुसाले खाएर हुने घाटा, ट्राफिकदेखि कर कार्यालयसम्मका कर्मचारीले माग्ने घुसदेखि, सरकारले उठाउने ट्याक्ससम्म धान्न नसकेर उनी फेरि विदेश जान घरमा पनि नभनी पासपोर्ट बनाउन काठमाडौं आएका रहेछन् । दोस्रो युवा पनि दुबईबाट गत वर्ष मात्र फर्केका हुन् । उनी पनि नेपालमा केही गर्न प्रोत्साहन नभएको भनेर विदेशै फर्किने मनस्थितिमा छन् । उनको पनि कमाएर ल्याएको पैसा सकिएको, यहाँ इलम सुरु गर्न खोजेको तर नसकेको, बैंकले झुलाएको समस्या थियो । तेस्रो युवा भने विदेश गएका छैनन् । तर, यति निराश छन् कि उनी देशमा केही हुँदैन भन्नेमा स्पष्ट छन् । आफ्नो भविष्य अन्धकार छ भनेर देश छोड्न चाहन्छन् । उनी भन्दै थिए, ‘सरकारले सर्प पाल्न एउटा नेतालाई करोडौँ अनुदान दिन्छ, तर हामीजस्ता युवालाई केही गर्छु भन्दा हतोत्साहित गर्छ । म यो जालमा फस्नै चाहन्नँ, म ऋण गरेरै भए पनि विदेश जाने हो ।’

संसद् भवनअगाडि आत्मदाहको घटना काठमाडौंमा मात्र भएको छैन । सप्तरी छिन्नमस्ता–२ का ४५ वर्षीय रामदेव मरिकले सहकारीको किस्ता तिर्न नसकेर अस्ति मात्रै आत्महत्या गरेका छन् । हिजै एकजना व्यक्तिले इलाममा आर्थिक समस्याकै कारण आत्महत्या गरे भन्ने सुनियो । केही समाचारमा आउँछन्, हामीले थाहा पाउँछौँ, केही आउँदैनन्, हामी थाहा पाउँदैनौँ । स्थिति सोचेभन्दा र छलफल गरेभन्दा भयावह छ ।

हामीले जली–जली बाँचिरहेका ‘प्रेम’हरूका निम्ति सोच्न र हजारौँ प्रेमहरूका लागि राज्य छ भन्ने अनुभूति दिलाउन जरुरी छ । अब कुनै पनि प्रेमले राज्य खोज्दै आत्मदाह गर्नुपर्ने स्थिति नआओस् ।

मेरा केही साथीहरू सहकारी सञ्चालन गर्न नसकेर करोडौँ डुबाएर बसेका छन् । कोरोनाको वेलामा पैसा निकाल्ने धेरै भए । सहकारीलाई तिर्नुपर्नेले तिर्न नसक्दा सहकारी सञ्चालकहरू टाट पल्टने अवस्था आयो । रेस्टुरेन्ट व्यवसायीले लोन लिएर व्यवसाय सुरु गरे । महिनौँ बन्द हुँदा बैंकको किस्ता र पसलको भाडा तिर्न सकेनन् । न्युरोडको कम्मरमा बाँध्ने बेल्ट व्यवसायी दाइले केही दिनअघि आफ्नो पीडा पोख्दै भन्नुभयो, कोरोनाअघि दिनमा लाखको व्यापार हुन्थ्यो, अहिले दश हजार पुग्न मुस्किल छ । व्यवसाय गर्न निकै गाह्रो भइरहेको छ ।

प्रत्येक क्षेत्रमा यस्ता उदाहरण प्रशस्तै छन् । व्यवस्था परिवर्तनका निम्ति प्रेमले जुन विद्रोह गरेका छन्, यो निकै महत्वपूर्ण छ । उनले राज्यको प्रत्येक हिस्सेदारलाई ऐना देखाउँदै झापड हानेर बिदा भएका छन् ।

उनले लेखेको स्टाटसले केही मनन गर्न चिच्याइरहेको छ । पहिलो, उनले देशमा विधिको शासन नभएको, राज्य नभएको दसौँ उदाहरण प्रस्तुत गरेका छन् । यदि राज्य हुन्थ्यो भने प्रेमले यो बाटो अपनाउनुपर्दैनथ्यो । दोस्रो, हामीले बाँचिरहेको समाज इमानदारभन्दा ठगहरूका निम्ति बन्दै छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । दलाली गर्नु, उत्पादन–उद्यम गर्नुभन्दा निकै सहज छ भन्ने हामी सबैको अनुभूतिलाई कोट्याएका छन् ।

देशमा ठग्न सजिलो छ, गर्न गाह्रो छ भन्ने अनुपम नमुना प्रेमले बोलेका छन् । प्रेमले देशमा उद्यम गरेर खान गाह्रो छ भनेर हिँडेका छन् । तेस्रो, प्रेमले मानसिक स्वास्थ्यबारे आफ्नो लेखेका छन् । विश्व स्वास्थ्य संगठनले पनि सन् २०३० मा संसारको एउटा प्रमुख समस्या भनेको मानसिक स्वास्थ्य हुनेछ भनेर आकलन गरेको छ । उनले आफूले बारम्बार मर्ने प्रयास गरेकोसमेत लेखेका छन् । तसर्थ, यो मानसिक स्वास्थ्यसँग पनि जोडिन्छ । उनी समाज, सरकार र पुरानो राजनीतिदेखि नयाँ राजनीतिसम्मलाई झापड हानेर बिलीन भएका छन् । सम्भवतः नागरिक अवस्था परिवर्तनका लागि यति ठूलो स्वरमा प्रश्न गर्ने उनी पहिलो सहिद भएका छन् ।

मैले आचार्यलाई सहिद किन भनिरहेको छु भने यो उनको व्यक्तिगत विषय मात्र होइन । यो आमनागरिकको पीडा हो । उनले राज्यसँग केही माग राखेर मृत्युवरण गरेका छन् । ती माग उनका लागि मात्र थिएनन्, समाज, समग्र उद्यमी र युवा व्यवसायीका निम्ति थियो ।

प्रेमको मागले पसलमा चिनी नगद तिरेर किन्दा पनि त्यो पैसा किन उखु किसानले पाउँदैन भन्ने प्रश्न उठाएको छ । बीचमा त्यो पैसा कहाँ गयो रु राज्यले त्यो पैसा किसानसम्म पुर्‍याउन के गर्‍यो रु बिचौलियाको भूमिका के रह्यो भन्ने उनले उठाएको प्रश्न नै ‘स्टेट फेलियर’ को कारण हो । प्रश्न सिस्टमलाई छ, त्यसैले यो व्यक्तिगत प्रश्न होइन । उनले व्यवसायी, व्यावसायिक संगठन, दल र नागरिक समाजलाई प्रश्न गरेका छन् ।

लेखको सुरुमै भनेझैँ यो मुद्दा यत्तिकै सेलाउने डर छ । त्यसैले, हामी सबै सजग भएर यो मुद्दा बचाउन जरुरी छ । यी मुद्दामा समाधानमुखी राजनीति हुन जरुरी छ । यो मुद्दा कांग्रेस या राष्ट्रिय स्वतन्त्र पार्टीले बोकोस् वा अन्य कुनै पार्टीले बोकेर राजनीति गरोस्, समाधान देओस्, नीतिगत परिवर्तन गरोस् । प्रेमले लिएको बाटो अपनाउनु त हुँदैन, हुँदैन तर अन्य पीडितले पनि अब अगाडि आएर आफ्ना पीडा र समस्या अभिव्यक्त गर्न जरुरी छ । अब बिचौलियाको पोल खोल्न जरुरी छ । ती तमाम बेइमानलाई कारबाही गरिन जरुरी छ । परिवारका लागि भइरहेको आर्थिक सहयोग त ठिक छ, तर अब यस्तो समस्या आउँदा राज्य छ भनेर अनुभूति गराउन कस्तो नीति चाहिन्छ भनेर प्रेमले उठाएका मुद्दामा संसद्मा हप्तौँ बहस हुन पनि उत्तिकै जरुरी छ ।

हामीले एउटा प्रेमलाई मात्र होइन, प्रेमले भनेझैँ सम्पूर्ण प्रेमहरूलाई नै न्याय दिलाउन जरुरी छ । मध्यपूर्वका केही देशमा उत्पादकले कम्पनीलाई सामान बेच्दा कति महिनामा पैसा दिने भनेर सम्झौता गर्नुपर्छ । सम्झौता लागू गर्दा नै कम्पनीले अर्को पक्षलाई सम्झौताअनुरूप चेक दिन्छ, र त्यो चेक अर्को पक्षले बैंकमा डिपोजिट गर्छ । सझौताअनुरूप भनेको मितिमै खातामा पैसा जम्मा हुन्छ । पैसा भए पनि नभए पनि अर्को पक्षले समयमै पैसा पाउँछ । यहाँ राज्यले भूमिका खेल्छ । राज्यले उत्पादकलाई संरक्षण गर्छ । हो, यस्तो नीति हामीले पनि लागू गर्न सक्छौँ । राज्यले नागरिकमैत्री भूमिका खेलेपछि कर तिर्न पनि मज्जा आउँछ । अनि न राज्य छ है भन्ने अनुभूति हुन्छ । हामी पनि उद्यमीमैत्री यस्तै नीति बनाएर लागू गरौँ ।

अर्को महत्वपूर्ण विषय, हाम्रो देशमा एउटा युवालाई उद्यमी बनाउन राज्यले भूमिका खेलिरहेको अनुभूति हुँदैन । उद्यमशीलता कसरी बढाउने, नीति कानुन के–के हुन्, बंैकिङ सिस्टम कस्तो छ, कर प्रणाली के हो भनेर राम्रोसँग बुझ्न–बुझाउन नसक्दा पनि युवा उद्यमी अलमलमा देखिन्छन् । बिचौलियाहरूको फन्दामा परेका देखिन्छन् । ‘उद्यमशीलता’ विषय कक्षा ८ बाटै पढाउन सकिन्छ । कम्पनी खोल्दा विशेष तालिम दिएर मात्र खोल्न सकिने नीति लागू गर्न सकिन्छ ।

हामीले नागरिकमा देशमै केही गर्न सकिन्छ भनेर आशा जगाउन सकेका छैनौँ । अनुदानमा समेत पहुँच चाहिने भएपछि आशा कसरी जाग्न सक्छ रु कृषि अनुदान साँचो किसानसम्म पुगेकै छैन । अनुदानको रकम ७० प्रतिशतसम्म दुरुपयोग हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । अनि एउटा किसानले यही देशमा आशा राखेर कसरी काम गर्न सक्छ रु हामीले अनुदानमा हुने नातावाद, कृपावाद, कार्यकर्तावादलाई समेत छानबिनमा ल्याएर कारबाहीको पहल गर्न सक्नुपर्छ ।

उनी विवेकशील साझा पार्टीका इलाम संयोजक थिए । म आफैँ उनी संयोजक हुने घोषणा कार्यक्रमका लागि इलाम पुगेको थिएँ । मैले पहिलोपल्ट दुई वर्षअघि प्रेमजीलाई त्यहीँ भेटेको थिएँ । उनको जुझारुपनबाट निकै प्रभावित थिएँ । उनले पत्रमा म आबद्ध पार्टीले आशा जगाएको तर मिलेर काम गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । पार्टी नेतृत्वको नाम उल्लेख गरेर हामी मिल्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनको प्रश्नले मलाई पनि पीडा भएको छ, दुःख लागेको छ । पार्टीको एउटा नेताले पार्टी नै भताभुंग गरेर ‘मार्ग परिवर्तन’ गर्दा समग्र पार्टी सदस्य र देशको राजनीतिमा कस्तो प्रभाव पर्छ भनेर निकै पीडादायी पाठ सिकाएको छ ।

संस्था बन्ने क्रममा उतारचढाव हुन्छ । असफलता पनि सफलताको खुड्किलो हो भन्ने बिर्सिनु हुँदैन । व्यक्तिगत र संस्थागत जीवनमा हारजित हुन्छ । विद्रोहको पनि विभिन्न रूप हुन्छन् । आत्महत्या समाधान होइन । आचार्यले उठाएका प्रश्न जायज छन् । तर, उनले अपनाएको यो तरिकालाई हामीले प्रोत्साहन गर्नु हुँदैन । राज्यले नागरिकलाई यो तहसम्म पुग्न नदिन राज्य छ भन्ने अनुभूति कसरी दिलाउने भन्नेमा सजग हुन जरुरी छ । हामीले जली–जली बाँचिरहेका ‘प्रेम’हरूका निम्ति पनि सोच्न जरुरी छ । अब हजारौँ प्रेमहरूका लागि राज्य छ भन्ने अनुभूति गराउन जरुरी छ । त्यसका लागि हामीले आफ्नो स्थानबाट सक्दो प्रयत्न गर्नेछौँ । प्रेमले उठाएका मुद्दा अवस्था परिवर्तनका मुद्दा हुन्, यिनलाई मनन गरी समाधान दिन सके उनका लागि साँचो श्रद्धाञ्जली हुनेछ । अब कुनै पनि प्रेमले राज्य खोज्दै आत्मदाह गर्नुपर्ने स्थिति नआओस् । फेरि कुनै पनि युवाले ‘यो देशमै केही गर्छु भन्नु अपराध हो रु’ भनेर प्रश्न सोध्नु नपरोस् । नयाँपत्रीका वाट l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn