सिँजादर्पण, हवाई उडान व्यवस्थित र सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गर्ने भएको छ।आन्तरिक हवाई उडान थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि उड्डयन क्षेत्रलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गर्न लागिएको हो।
यस विषयमा अहिले विज्ञ र सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको छ,ु सूचना अधिकारी भुलले सेतोपाटीसँग भने, ुयी व्यवस्था लागू भएसँगै हवाई उडान थप व्यवस्थित हुनेछ। प्राधिकरणले केही समयभित्रै लागू हुने गरी पाँच वटा नयाँ नियम ल्याउने भएको हो। पहिलो हो पाइलटको दैनिक उडान समय र संख्या। प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थामा पाइलटको ड्युटी समय एक घन्टा कम हुनेछ।
त्यस्तै पाइलटले अहिले दैनिक उडान ९टेकअफ० र अवतरण ९ल्यान्डिङ० दुवै गरी दस पटकसम्म गर्न पाउने व्यवस्था छ। यसलाई पनि घटाएर आठ पटक मात्र बनाइने छ। दैनिक धेरै उडान हुँदा त्यसको असर क्याप्टेनको मानसिकतामा पर्ने भएपछि उडान घन्टा र संख्या घटाइएको हो,भुलले भने। नागरिक उड्ड्यन प्राधिकरणको उडान व्यवस्थापन मापदण्डअनुसार एउटा पाइलटले मासिक सय घन्टा र वार्षिक एक हजार घन्टाभन्दा बढी उडान गर्न पाउँदैन। यही आधारमा नयाँ व्यवस्था लागू गरिने भुलले बताए।
त्यस्तै एक दिनको उडान र अर्को दिनको उडानका बीच कम्तीमा आठ घन्टाको फरक हुनुपर्नेछ। यसअघि नौ घन्टाको फरक हुनुपर्ने नियम थियो। नयाँ व्यवस्थामा आज उडेको र भोलि उडेको अवधि बीच आठ घन्टाको फरक हुनुपर्छ,ु उनले भने। दोस्रो नियम चालक दलका सदस्य संख्या र उडान अवधिसँग सम्बन्धित छ। यसअघि कुनै पनि उडानमा चालक दलका सदस्य दुई जनाभन्दा धेरै हुँदा आवश्यक परेको खण्डमा तोकिएभन्दा थप समय उडान गर्न सकिन्थ्यो थियो। यसरी थप समय उडान गर्दा चालक दल थाक्ने सम्भावना हुने भएकाले जोखिम न्यूनीकरण गर्न यो व्यवस्था खारेज गरिने भएको छ। अब चालक दलमा दुईभन्दा बढी सदस्य हुँदा पनि थप समय उडान गर्न नपाइने भुलले जानकारी दिए। कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलटको जोडी ९पाइलट र को(पाइलट० बीचमा परिवर्तन गर्न सकिने व्यवस्था पनि खारेज हुनेछ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा यस्तो प्रचलन छ। उडानकै क्रममा पाइलट परिवर्तन गर्दा जोखिम हुने भएपछि प्राधिकरणले यस्तो नियम ल्याएको हो।
पाइलटहरूको सीप परीक्षणसँग सम्बन्धी पनि नयाँ नियम हुने छ।
आन्तरिक वायुसेवा कम्पनीमा उडान गर्ने डिसिपी डेजिग्नेटेड चेक पाइलट हरूको सीप परीक्षण अब सम्बन्धित विमान निर्माता कम्पनीको ुफ्लाइट क्रु इक्जामिनरु ९चालक दल परीक्षक० ले मात्र गर्न पाइने भएको छ। सूचना अधिकारी भुलका अनुसार हाल भइरहेको व्यवस्थामा पाइलट पढेकाहरूलाई सुरूमा कुनै पनि एयरलाइन्सले ट्रेनी को(पाइलटका रूपमा राख्छ। उनीहरू चालक सिटमा बस्न पाउँदैनन्। पछाडि उभिएर पाइलटका गतिविधि नियाल्छन् र सिक्छन्। त्यसपछि जुनियर को(पाइलट हुँदै को(पाइलट हुन्छन्। त्यस्तै जुनियर क्याप्टेन र क्याप्टेन भइसकेर आठ हजार घन्टा जहाज उडाएपछि सिनियर क्याप्टेन हुन सक्ने व्यवस्था छ। नागरिक उड्डयनको परीक्षा पास गरेपछि ुइन्सट्रक्टर पाइलटु ९प्रशिक्षक० हुने नियम छ। यस्ता प्रशिक्षक पाइलटले पाइलटहरूको प्रशिक्षण गराउँछन्।
इन्सट्रक्टर पाइलटमध्येबाट छानेर प्राधिकरणले सम्बन्धित एयरलाइन्समा काम गर्ने जिम्मेवारी दिएको हुन्छ। तिनै पाइलटहरू डेजिग्नेटेड चेक पाइलट ९डिसिपी० हुन्छन्। अर्धवार्षिक अथवा वार्षिक रूपमा उनीहरूको पनि तालिम हुन्छ।
यसअघि कुनै एक वायुसेवा कम्पनीका डिसिपीले अर्को डिसिपीको क्षमता विकास गराउन र परीक्षण गर्न पाउँथे। जहाज उडाउने पाइलटले अर्को कम्पनीको चालक दल परीक्षकहरूबाट समेत यस्तो परीक्षण लिने गरेका थिए। अब भने यो नियम लागू नहुने भएको भुलले बताए।
ुकतिपय अवस्थामा परीक्षा पास गराउन चिनजान भए पुग्ने अवस्था थियोु भुलले भने, ुअब अरू पाइलटको सीप परीक्षण सम्बन्धित वायुसेवाकै डिसिपीले गर्छ। डिसिपीको सीप परीक्षण भने सम्बन्धित विमान निर्माता कम्पनीकै परीक्षक पाइलटमार्फत गराउनुपर्छ।ु
प्राधिकरणले ल्याउन लागेको चौथो नयाँ व्यवस्था जहाजको उडान प्रणाली र उचाइसँग सम्बन्धित छ।
सूचना अधिकारी भुलका अनुसार सामान्यतया हाम्रा विमानस्थलमा दुई प्रणालीमा उडानरअवतरण हुन्छन्स भिएफआर ९भिजुअल फ्लाइट रूल० र आइएफआर ९इन्सट्रुमेन्ट फ्लाइट रूल०।
आइएफआरमा यन्त्रको सहायताबाट उडानरअवतरण नियमन हुन्छ भने भिएफआरमा ककपिटबाट पाइलटले अगाडि हेरेरै गर्छन्।
हाम्रा सातवटा विमानस्थलस धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, विराटनगर, चन्द्रगढी र काठमाडौंमा आइएफआर प्रणालीबाट उडान भइरहेको छ। त्यस्तै पोखरा विमानस्माथलमा २३ फ्रेबुअरीदेखि आइएफआरमार्फत उडान हुनेछ। अरूमा भिएफआर प्रणालीबाटै भइरहेको छ।
सुरक्षा बढाउन आइएफआर र भिएफआर प्रणालीमा हुने उडानरअवतरणको छुट्टै नियम हुन्छ। सामान्यतया भिएफआरमा पाँच किलोमिटरभन्दा माथि भिजिबिलिटी हुनुपर्छ।
नयाँ नियमअनुसार छोटो धावनमार्ग भएका पहाडी र हिमाली क्षेत्रका विमानस्थलमा भिएफआर प्रणालीअन्तर्गत उडान गरेको विमानले पाँच सय फिटभन्दा तल पुगेमा अवतरण गर्ने बेलामा रनवे परिवर्तन गर्न पाउने छैन। अर्थात् पाँच सय फिटमुनि पुग्दा पाइलट जुन रनवेमा छ, त्यसमै जहाज अवतरण गराउनु पर्नेछ।
त्यस्तै सुगम तथा ठूलो रनवे भएका विमानस्थलमा एक हजार फिटमुनि पुगेका जहाजले रनवे परिवर्तन गर्न पाउने छैनन्। यसअघि यो नियम पाँच सय फिटमुनि हुँदा लागू थियो।
सूचना अधिकारी भुलका अनुसार सामान्यतया विमान अवतरणका लागि तल झर्दा यसको गति ८ सय फिट प्रतिमिनेट हुन्छ। यो भनेको एक मिनेटमा आठ सय फिट तल झर्नु हो। पाँच सय फिटभन्दा तल पुग्दा विमानको सन्तुलन बिग्रिन्छ। एक मिनेटभन्दा कम समयमा विमानले जमिन छुन्छ।
ुकतिपय विमानस्थल साना छन्। वरपर डाँडाकाडा हुँदा धेरै माथि घुमाउन नमिल्ने हुन्छ। त्यसकारण दुर्गममा भिएफआर उडान हुँदा पाँच सय फिट उचाइ कायम गर्नुपर्छ,ु उनले भने।
अहिले हामीकहाँ आइएफआर प्रणालीमा उडानरअवतरण हुनुपर्ने विमानस्थलहरूमा पनि विभिन्न कारणले भिएफआरमै भइरहेको उनी बताउँछन्। त्यसकारण प्राधिकरणले आइएफआर प्रणाली भएका विमानस्थलमा यसैअन्तर्गत मात्र उडान अनिवार्य गराउन लागेको छ।
नयाँ व्यवस्थाअनुसार अब तराईका सबै विमानस्थल र पोखरा ९आइएफआर सञ्चालनमा आएपछि० मा भिएफआर उडान हुने छैन। यो नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अनिवार्य लागू हुनेछ।
ुभिएफआर उडान गर्दा छोटो बाटो खोज्ने र जहाज घुमाउने काम बढी हुन थाल्यो। यसमा जोखिम देखिएकाले आइएफआर भएकामा यही नै अनिवार्य गर्न लागिएको हो,ु उनले भने, ुआइएफआरमा पाइलटले आफ्नो आँखाको भन्दा पनि नेभिगेसन इन्स्ट्रुमेन्टमा बढी भर परेर उडान गर्छन्। त्यसैले बढी सुरक्षित हुनेछ।ु
उनका अनुसार पोखरा दुर्घटनाको अवस्था केलाउँदा विमानले ६ सय फिटमुनि पुगेर रनवे परिवर्तन गरेको देखिन्छ। यस्तोमा एक हजार फिटमुनि पुगेपछि रनवे परिवर्तन गर्न नपाउने नियम भएको भए पाइलटलाई विमान नियन्त्रण गर्न समय थप हुनसक्ने अनुमान छ।
ुपाइलटलाई सुधार गर्ने थप समय होस् भनेर उचाइ बढाइएको हो,ु उनले भने।
प्राधिकरणले आन्तरिकतर्फ हाल उडान भरिरहेका एटिआर र सिआरजे जस्ता ठूला जहाजमा लागू हुने गरी यो नियम ल्याउने भएको हो। साना जहाज ९ट्विनअटर, एलईटी–४१०, डोर्नियर० लगायतमा भने अनिवार्य गरिएको छैन। यी जहाजले मौसम राम्रो हुँदा भिएफआर प्रणालीमै उडान गर्न पाउने छन्।
ुसाना जहाजको मोडाइ र रनवे छोटो हुन्छ। कम समयमा पनि सुधार गर्न सक्ने भएकाले यिनले आवश्यकता अनुसार भिएफआर उडान गर्न पाउँछन्,ु सूचना अधिकारी भुलले भने, ुठूला जहाजलाई भने घुमाउन बढी समय र ठाउँ चाहिन्छ, जोखिम पनि हुन्छ। त्यसकारण ठूला जहाजले जुनसुकै अवस्थामा आइएफआर उडान नै गर्नुपर्छ। यसले उडान समय बढाउँछ, तर सुरक्षा पनि बढाउँछ।ु
