सिँजादर्पण,जुम्ला ( जुम्लाको चन्दननाथ आँखा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तीन दिनसम्म चलेको निःशुल्क शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको आँखा अस्पताल जुम्लाले जानकारी दिएको छ ।
शिविरका आठ सय २३ जनाको आँखा जाँच भएको एकीकृत आँखा, कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविर गरेको हो ।
नेत्ररोग विशेषज्ञ डा।सन्तोष सुवेदी र डा। विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको शिविरमा जुम्लाका ६ पालिकासहित छिमेकी जिल्ला कालीकोटबाट समेत आँखा जाँच गर्न पुगेका थिए । यस्तै निःशुल्क आखाँ जाँच शिविर सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आज र भोलि सञ्चालन गरिँदैछ ।
