Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

घरबेटीकी छोरी


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन ३०, २०८०

घरबेटीकी छोरी

समीर अधिकारी

तपाईं त कति पढ्नुहुन्छ है। यो पालि त पक्कै सरकारी जागिरे होला नि रिगिनाले सोधी। रिगिना घरबेटीकी छोरी। भर्खर १२ को परीक्षा दिएर बसेकी थिई। म सबेरै उठेर छतमा पढ्दै गरेको बेला पुग्थी सधैं। घरबेटी बाकी कान्छी छोरी। रूपको त के बयान गरिराख्नु। कुनै सुन्दर कथाकी सुन्दर पात्रको कथाकारले गरेको वर्णन उसैको लागि हो। भगवानको फुर्सदको अनुपम सिर्जना थिई।

१८र१९ वर्षको कल्कलाउँदो उर्वर यौवन थिई। थोरै चुलबुले, थोरै अबुझ, धेरै चञ्चले थिई। मैले पढिरहेको बेला जिस्किन आइरहन्थी।

‘मलाई सोध नरु’ मेरो किताब दिएर उसलाई प्रश्न सोध्न लगाउँथें। उसले सोधेका प्रश्नको उत्तर मिलाइरहँदा वाह१ कसरी सम्झिनुहुन्छ यति धेरै भन्दै मेरो प्रशंसा गर्थी। ‘तिमी पनि पढ न सकिहाल्छौ नि’, म हौसला दिन्थें। छ्या पढ्दिनँ। म त अस्ट्रेलिया जाने हो। को बस्छ नेपालमा अचेलका सम्पूर्ण युवाको प्रतिनिधि भाषा बोल्थी। मलाई पनि डिपेन्डेन्टमा लैजाऊ न’, जिस्काउँथें। ऊ ‘छिकति जिस्केको’, भन्दै आफ्नो कोठातिर जान्थी। फेसबुक च्याटमा मसँग जिस्किरहन्थी। रमाइला भिडिओ मिमहरू पठाइरहन्थी। ‘ब्वाइफ्रेन्ड खोज्दिनु न’ भन्थी। म छु त मलाई नै बनाऊ न।’ह्या बाई। यस्तै बोल्दाबोल्दै जिस्किँदा जिस्किँदै निकै नजिक भएकी थिई ऊ मसँग।घरबेटी बाआमा अस्ट्रेलिया बस्थे। दुई छोरी मध्येकी कान्छी छोरी थिई। जेठी दिदीको विवाह भैसकेको थियो। घरमा ऊ एक्लै बस्थी। काठमाडौंका ठाउँठाउँमा घुमाउन लान्थी मलाई। घरको छेउछाउमा बस्नेले शंका गर्न थालिसकेका थिए। म पनि एक्लै पढ्दा दिक्क लागिरहेको बखत समय काट्ने साथी पाएको थिएँ। ऊ निकै खुला हृदयकी थिई। हरेक कुरा मसँग सेयर गर्थी। मैले उसलाई नराम्रो नजरले कहिल्यै हेरिनँ न त नकरात्मक भावना नै राखें। सहरमा एक्लै हुर्किएका युवायुवती यस्तै हुन्छन् म राम्रोसँग बुझ्थें। नत्र योवनमा भनिने मौका कति पाएँ, कति।

केही समयपछि १२ को नतिजा पनि आयो। राम्रो अङ्क ल्याएर पास भइछ। नतिजा आउनेबित्तिकै मसँग आएर सुनाई। मैले बधाई दिएँ।

‘आज पार्टी गर्नुपर्छ। मेरा साथीहरू पनि आउँछन् तपाईं पनि आउनु रमाइलो गर्नुपर्छ ल’ भन्दै निम्तो दिएर गई।

‘हस’ भन्दै म आफ्नो अध्ययनमा लागेँ।

साँझ परेपछि उसका साथीहरू पनि आए।

होटलबाट अर्डर गरेका थुप्रै परिकार थिए।

रक्सीका पनि विभिन्न भेराइटी थिए। ममाथि गएपछि पार्टी सुरू भो। केक काटेर सुरूमा मलाई खुवाई। साथीहरू जिल्ल परेर हेरिरहे। बधाई भनेर हुटिङ गर्न थाले। म अलमलमा थिएँ। के हो भनेर। साथीसँग चिनाउँदा पनि मेरो ब्वाइफ्रेन्ड भन्न थाली। म झसङ्ग भएँ। भन्न पनि के भन्नूँ। नभन्नूँ आफूले त्यस्तो केही सोचेको छैन। रमाउन मन नहुँदा नहुँदै पनि रमाएको नाटक गर्न थालें।

‘थोरै रक्सी खानुपर्छ है आज। हजुरले खाए म पनि खान्छु’ भन्दै रिगिना जिद्दी गर्न थाली।

‘म खाँदिनँ बरू तिमी खाऊ न’ भन्दै म तर्किएँ।

निकै बल गरेकी थिई मलाई रक्सी खुवाउन।

मैले नखाएपछि साथीसँग रक्सी खाई। पहिलोचोटि खाएर होला उसलाई अरूलाई भन्दा बढी लागेको थियो। खाँदै नाच्दै माहोल रमाइलो नै थियो। ऊ रक्सीले अर्धचेत जस्तै भइसकेकी थिई। उसका साथीहरू १२ बजे ठमेलको क्लबतिर जाने भनेर लागे। कोठामा ऊ र ममात्र भयौं।

उसलाई उसको कोठामा सुताएर म आफ्नो कोठातर्फ लागेँ। उसले अनायासै मेरो ब्वाइफ्रेन्ड भनेर उसको साथीलाई चिनाउँदा मेरो मनमा चिसो पस्यो।

मैले कहिल्यै उसलाई प्रेमिकाको रूपमा सोचेकै थिइनँ। न त उसले पहिले कहिल्यै यो कुरा मसगँ सुनाएकी थिई। खै के सोचेर भनी म अलमलमा परेँ।

लाग्यो अब उसको सामिप्यताबाट टाढा हुनुपर्छ। दिनप्रतिदिन ऊ मलाई हद गर्न थालेकी थिई। जतिबेला पनि घुम्न जाऊँ, यस्तो खाऊँ भनेर बोलाइरहन्थी। म पढ्नु पर्ने आफ्नै समस्या थिए। उसँग समय बिताउने फुर्सद थिएन। तर ऊ भने मलाई ‘मायालु’, ‘डियर’, ‘बेबी’ भन्न थालिसकेकी थिई। ऊ मसँग कुनै पनि कुरामा आश राख्दिनथी। घुम्ने खाने गर्दा पनि पैसा सबै ऊ आफैं तिर्थी। म माया देखाउदिनथेँ तर ऊ केही भन्दैनथी।

उसका यी हर्कतले मेरो पढाइ बिग्रने डरले म कोठा छोड्ने निधो गरेँ। तर काठमाडौंमा भनेको समयमा भनेजस्तो कोठा पाउनै गाह्रो। बल्लतल्ल एउटा कोठा पाइयो। कोठा सार्नेबेलासम्म मैले उसलाई खबर गरिनँ। जानेबेला गएँ भनेको निराश हुँदै थिई। म पनि कठोर भएर निस्कँदै थिएँ २ वर्ष बसेको घरबाट।

निस्केको केहीबेरमा फोन गरेर रूँदै थिई। मैले सम्झाएपछि रून छोडी। बेला(बेला फोन गरेर ​बोलिरहन्थी। पढाइको तनावले गर्दा मैले फोन अफ गरेपछि उसँगको सम्पर्क टुट्यो।केही समयपछि मेरो नाम निस्कियो। कार्यालयमा हाजिर भएपछि फेसबुक अन गरें। ऊ अस्ट्रेलिया पुगिसकेकी रैछ। थुप्रैपटक फोन म्यासेज गरेकी रैछ। म्यासेजको रेस्पोन्स गरेँ। ऊ सुरूमा रिसाएजस्तै गरे पनि बिस्तारै बोल्दै गई। मसँग छुटेपछिका विभिन्न किस्सा सुनाई। यो क्रममा उसले ब्वाइफ्रेन्ड पनि बनाइछ। फोटो पठाई। राम्रो छ भन्ने प्रतिक्रिया दिएँ। ऊ अझै पनि मलाई डियर भनेर बोलाउँछे। दिनदिनै फोन गर्छे। अस्ट्रेलियाको ह्वाइटहेभन बिचमा विकिनी लगाएको फोटो पठाउँदै लेख्छे ‘आई मिस यू डियर।’ऊ अझै उस्तै छे।सेतोपाटी वाट साभार l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn