काठमाडौं । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अब खेलकुद स्वास्थ्यको लागि मात्र नभएर समृद्धिको लागि पनि आवश्यक रहेको बताउनुभएको छ ।सोमबार लमजुङमा आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले अब खेलकुदबाट पनि समृद्धिको लागि काम गर्न सकिने बताउनुभयो । खेलकुदले सामूहिकताको भाव विकास गर्न ठुलो सहयोग गर्ने उहाँको भनाइ छ । ‘अनुशासनको लागि खेलकुद, सामूहिकताको लागि खेलकुद, अब समृद्धिको लागि पनि खेलकुद’, गुरुङले भन्नुभयो ।
खेल पर्यटनबाट आर्थिक विकासमा ठुलो सहयोग पुग्ने विश्वका कतिपय राष्ट्रले प्रमाणित गरेर देखाएको गुरुङले बताउनुभयो । खेलले व्यक्ति, समाज र राष्ट्रलाई समृद्धि बनाउने उहाँले प्रष्ट पार्नुभयो । खेलकुदसँग राष्ट्रको स्वाभिमान, प्रतिष्ठा, स्वतन्त्रता र समृद्धि जोडिने गुरुङले बताउनुभयो ।
नेपालमा खेलकुद क्षेत्रमा राजनीतिकरण हुँदा खेलकुद क्षेत्रमा सोच जस्तो विकास हुन नसकेको गुरुङले टिप्पणी गर्नुभयो । नेपालमा खेल क्षेत्र अहिले पनि प्राथमिकताको क्षेत्रमा नपर्नु दुःखको कुरा भएको उहाँले बताउनुभयो । ‘खेल नीति नै छैन हाम्रो, खेलमा पर्याप्त बजेट छैन, खेल पूर्वाधारमा पर्याप्त बजेट छैन’, उहाँले भन्नुभयो ।
उहाँले सबैभन्दा पहिला खेलकुदको नीति बनाउन आग्रह गर्नुभयो । ‘सबैभन्दा पहिला खेलकुदको राष्ट्रिय नीति बन्नु पर्यो’, उहाँले भन्नुभयो
