सिँजादर्पण ।। फाइनलमा बिहीवार राति प्रतिस्पर्धा गर्दा नेपाल र जोर्डन दुवै टोलीको उद्देश्य फरक हुने छ।साबिक विजेता जोर्डनको ध्याय उपाधि जोगाउनुसँगसँगै पश्चिम एशियाको महिला फुटबलमा आफ्नो वर्चस्वलाई पुनस् प्रमाणित गर्नु पनि हुने छ।चर्चित र सफल खेलाडी सावित्रा भण्डारी ुसाम्बाु बिना मैदानमा जान लागेको नेपालको उद्देश्य पश्चिम एशियाको भूमिमा पुगेर पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्नु हुने छ।वाफ विमिन्स च्याम्पिअनशिपका अहिलेसम्मका संस्करणमा वाफबाहिरका टोलीको हातमा उपाधि पुगेको छैन।इराकविरुद्ध पाँच गोल गरेपछि साम्बा फेरि चर्चामा, के छन् उनका अरू कीर्तिमान टीभीबाट धेरै चिनिएकी रमा सिंह जो कुनै बेला नेपाली फुटबल टोलीकी कप्तान थिइन्म हिला फुटबलको लामो इतिहासमा धेरै पटक फाइनलमा पुगेको भए पनि नेपाल अहिलेसम्म कुनै पनि प्रतियोगिताको विजेता बन्न सकेको छैन।नेपाली समयानुसार राति पौने १० बजे साउदी अरबको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल(फैसल स्पोर्ट्स सिटी रङ्गशालामा यी दुई टोलीबीच हुने भिडन्त विभिन्न कारण निकै रोचक हुने देखिन्छ।
