सिँजादर्पर्ण बझाङ । सुदूरपश्चिम प्रदेशसभा सदस्यका लगि बझाङ ९१० मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले निरन्तर अग्रता लिएका छन् । आइतबार दिउँसोबाट सुरु भएको मत गणनामा भण्डारीले उनले ६०० भन्दा बढी मतको अग्रता लिएका हुन् । सदरमुकाम चैनपुरस्थित जिल्लम निर्वाचन अधिकृतको कार्यालयमा छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु भएको थियो । खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका वडा नम्बर ९ को मतगणना सम्पन्न हुँदा एमालेका दमन भण्डारीले ३ हजार ७४८, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार १ सय ८२, माओवादी केन्द्रका जनक बुढाले २ हजार ६, समाजवादीका दिलबहादुर सिंहले १ हजार १४०, राप्रपाका किशोर खड्काले ८५ मत पाएके जानकारी प्राप्त भयको छ ।
