सिँजादर्पण काठमाण्डौँ ।। जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था भए तापनि त्यसका लागि एक साताभन्दा कम समय हुँदा समेत संसद्मा अनिश्चितता देखिन्छ।सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समितिलाई बटमलाइन भन्दै सदनमा विपक्षी दलहरूको अवरोध कायमै रहँदा त्यसले बजेट भाषणलाई समेत असर पार्न सक्ने कतिपयको चिन्ता छ।त्यस्तो अवस्थामा अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था आउन सक्ने सङ्केत प्रधानमन्त्री तथा मन्त्रीहरूले गरे पनि एकजना पूर्वअर्थमन्त्री तथा सत्ता पक्षीय नेताले त्यस्तो अवस्था आए देशमा ूनयाँ किसिमको राजनीतिक सङ्कट आउनेू चेतावनी दिएका छन्।बजेटलाई अध्यादेशबाट ल्याएर तत्कालको आर्थिक प्रबन्ध हुनसक्छ। तर राजनीतिक सङ्कट अरू गहिरिन्छ,ू एमाले नेता सुरेन्द्र पाण्डेले भने।राजनीतिक सङ्कट त्यसले हल गर्दैन। राजनीतिक समस्या समाधानका लागि फेरि त्यही संसद्मै आउनुपर्छ। किनकि फेरि पनि त्यसको अनुमोदन संसद्ले नै गर्नपर्छ।प्रमुख प्रतिपक्षी दलका प्रवक्ताले भने बजेटका विषयमा हालसम्म कुनै रणनीतिक निर्णय गरिनसके पनि छानबिन समिति बनाउन सरकार तयार नभएसम्म सदनमा भइरहेको विरोध नरोक्ने बताए।
