Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पुजार सार्की दलित आन्दोलन बिउँझाउने फिल्म


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०८१

पुजार सार्की दलित आन्दोलन बिउँझाउने फिल्म

हिरा विश्वकर्मा

पुजार सार्की त्यो पनि दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा ।पुजार सार्की’ नाम आफैंमा अचम्मलाग्दो छ । पुजार हरिद्वारमा पढेका युवा पुजारी हुन् । उनकी प्रेमिका मन्दिर सरसफाइ लगायत काम गर्ने मैयाँ छिन् । उनी सार्की हुन् । उनीहरूबीच प्रेम अंकुराउँछ । अर्का पात्र छन्, मैते । खासमा उनी दमाई परिवारमा हुर्किए पनि जन्मले उनको कुनै अत्तोपत्तो छैन । खासमा उनलाई दमाई परिवारले कतै भेटेर पालेका हुन् । मैतेसँग मगरकी छोरी गौमायाको प्रेम छ ।यसरी फरक जातीय पृष्ठभूमिका युवायुवती जब प्रेम(बन्धनमा जोडिन्छन्, जात व्यवस्था नै भिलेन बनेर देखा पर्छ ।प्रेम यस्तो हतियार हो, जसले कहिलेकाहीं विद्रोह गर्न उक्साउँछ । यस फिल्ममा पनि त्यही हुन्छ । चोखो प्रेममा जात व्यवस्था तगारो बनेपछि उनीहरू व्यवस्था विरुद्ध लड्न थाल्छन् ।

कथाको सेरोफेरो २०४५र४६ सालको राजनैतिक परिवर्तनमा बुनिएको छ । पटकथालाई हेर्दा यसमा कुनै बनावटी, नायक(नायिकालाई राम्रो देखाउन गरिने अधिक शृंगार पनि केही देखिंदैन । लाग्छ पात्रहरू हाम्रो गाउँमा जस्तो देखिन्छन् त्यस्तै छन् ।

फिल्मको शीर्षक आर्यन सिग्देलको पात्रबाट लिइए तापनि कथाका वास्तविक नायक भने प्रदीप खड्का हुन्, किनभने मूल कथा उनकै वरिपरि घुमेको छ र अन्त्य पनि उनैबाट हुन्छ । पल शाहको भूमिका सहयोगी पात्रको रूपमा भए तापनि उनले आफ्नो भूमिकामा न्याय गरेकै छन् ।

फिल्मभरि सबै पात्रहरूले राम्रो अभिनय त गरेकै छन् त्यसमध्ये कथा र पात्र सुहाउँदो जीवन्त अभिनय गरेका छन् मैतेको बाबुको भूमिकामा रहेका सुवास गजुरेलले, उनको अभिनय हेर्दा उनी साँच्चिकै दमाई पात्र हुन् ।

पुजार सार्कीका निर्माता सुभाष भुसालले यसमा संगीत पनि गरेका छन् । यसको संगीत र नृत्य पनि मौलिक छ । खासगरी मगर समुदायमा नाच्ने कौरा नृत्य यहाँ प्रस्तुत गरिएको छ । यो फिल्मको मूल कथा भनेको जातीय विभेदले ग्रसित समाजमा बाहुन र सार्की तथा दमाई र मगरको अन्तरजातीय प्रेम हो ।

पल शाह उपल्लो जातको पात्रको भूमिकाका साथै तत्कालीन समयमा कम्युनिस्ट पार्टीमा लागेका भूमिगत नेताको भूमिकामा छन् र गाउँमा शोषित उत्पीडितका लागि अधिकारको कुरा गर्दै उनीहरूलाई संगठित गर्छन् ।

दर्शकहरूलाई हलसम्म तान्ने पहिलो विषय स्टार भएको हुँदा यो चलचित्रमा यसको कमी त परको कुरा यसलाई भरपूर प्रयोग गरिएको छ । कथाको कुरा गर्दा बलिउडका अधिकांश चलचित्रहरू प्रेमको वरिपरि घुम्ने भएकोमा यो फिल्म पनि त्यसमा अपवाद छैन
पञ्चायतकालमा धनकुटाको ‘छिन्ताङ’ तथा सिन्धुपाल्चोकको पिस्कर काण्डमा धेरै मानिस मारिएकोमा दलित पनि मारिएका थिए । तर त्यसको पृष्ठभूमि अन्तरजातीय विवाह थिएन । मुख्य पात्रहरूको जुन रूपमा गाउँलेले हत्या गर्छन् त्यसलाई चार वर्षअघिको नवराज विक र उनका ५ जना साथीको हत्यासँग सीधै जोड्न सकिन्छ ।

यो चलचित्रको राम्रो तथा सशक्त पक्ष भनेको आफ्नो भूमिगतकालमा कसरी कम्युनिस्ट पार्टीहरूले दलितका बस्तीहरूलाई सेल्टरको रूपमा प्रयोग गरे र पञ्चायती व्यवस्था ढलेपछि कसरी सत्ताको लागि आफैंले प्रतिगामी भनेको शक्तिहरूसँग गठजोड गरेर दलित लगायत उत्पीडित समुदायलाई धोका दिए भन्ने कुरा सजीव र सरल ढंगले देखाइएको छ ।

अहिले नेपालको कम्युनिस्ट राजनीतिमा विश्वास गर्ने दलित समुदायको ठूलो तप्काले यही नियति भोगिरहेको छ, किनभने नवराज विक र उनका साथीहरूलाई मार्ने माओवादीका डम्बरबहादुर मल्ल हुन् भने उनीहरूको समूहलाई बचाउन खोज्ने माओवादी पार्टीकै जनार्दन शर्माहरू हुन् ।

संभवतः आफूलाई कम्युनिस्ट भन्ने राजनैतिक शक्तिले धोका दिएको हुनाले फिल्ममा मुख्य पात्रहरू पुजार र मैतेको बीभत्स हत्या हुन्छ भने वास्तविक जीवनमा नवराज विक र उनका साथीहरूको । दलित अधिकारको आन्दोलन वा विद्रोहको दियो ३५ वर्षको अन्तरालमा पनि निभेको छैन भन्ने सन्देश कम्युनिस्ट तर आफ्नो विचार र सिद्धान्त प्रति निष्ठा भएका पल शाह मार्फत दिन खोजिएको छ ।

अहिले नेपालको दलित आन्दोलन आश र त्रासको राजनीतिमा डुबेर मृतप्रायः भएको छ । दिनदिनै हत्या, हिंसा र अधिकारहरू खोसिंदा पनि रमिते बनेर बसिरहेको छ । यस्तो अवस्थामा चलचित्र लेखक विकास सुवेदी र निर्देशक दिनेश राउतले हामीलाई ठूलो गुन लगाएका छन् । भन्छु– दलित आन्दोलनलाई जगाउन नेपालका सम्पूर्ण ४२ लाख दलितले यो चलचित्र एकपटक हेर्नै पर्छ ।

जातीय समस्या केवल दलितको मात्र नभएर नेपालका सम्पूर्ण गैरदलित र त्यसमा पनि न्यायप्रेमी नेपालीको भएको हुँदा यो चलचित्र हेरेर केवल मनोरञ्जन मात्र नलिएर समाज बदल्न पनि कस्सिनुपर्छ ।

गम्भीर कथावस्तुमा बनेका फिल्महरू हलमा जाने युवा दर्शकको रोजाइमा नपर्ने भएको हुँदा यस्तो नामले दर्शकलाई हलसम्म तान्छ कि तान्दैन त्यो हेर्न बाँकी नै छ । तर फिल्म चल्नको लागि सामान्यतया चार कुरा आवश्यक पर्छ भनिन्छ(कथा, स्क्रिप्ट, संगीत र नायक(नायिकाहरू । अब चर्चा गरौं स्टारहरूकोस अहिलेका चल्तीका सबै स्टारहरूको यस फिल्ममा राम्रो जमघट रहेको छ । अर्थात् यो फिल्म आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाह जस्ता चर्चित र चकलेटी अनुहार भएका नायकहरूको वरिपरि कथावस्तु घुमेको छ । त्यसपछि महिला पात्रहरूमा अन्जना बराइली र परीक्षा लिम्बू रहेका छन् ।

यो चलचित्रले अन्य सहयोगी कलाकारहरूमा पनि टेलिभिजन र चलचित्र क्षेत्रका राम्रा कलाकारहरूलाई लिएको छ, त्यसले निर्माण पक्षले यो चलचित्र निर्माणमा कुनै कन्जुस्याईं गरेको छैन भन्ने देखिन्छ । दर्शकहरूलाई हलसम्म तान्ने पहिलो विषय स्टार भएको हुँदा यो चलचित्रमा यसको कमी त परको कुरा यसलाई भरपूर प्रयोग गरिएको छ । कथाको कुरा गर्दा बलिउडका अधिकांश चलचित्रहरू प्रेमको वरिपरि घुम्ने भएकोमा यो फिल्म पनि त्यसमा अपवाद छैन ।
हिरा विश्वकर्मा ले योलेख अनलाइन खवरमा लेखेको लेखहो l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn