सिँजादर्पण, काठमाडौं – नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्। सगरमाथा क्षेत्रको भिडियो राख्दै कोहलीले भारतको प्रचारात्मक भिडियो बनाएपछि उनको पोस्टमा नेपालीले आक्रोश पोखेका हुन्।
कोहलीले भारतको प्रचारात्मक भिडियो बनाउँदा सुरुमै नेपालको हिमालको दृश्यलाई राखेर इन्डिया, भारत, हिन्दुस्थान भन्दै भारतको प्रचार गरेका हुन्। उनले प्रकृतिक सुन्दरतासँगै प्रजातन्त्र, क्रिकेट, बलिउड, छिटो विकास भइरहेको अर्थतन्त्रका लागि भारत चर्चित भएको बताएका छन्। यो विषयमा नभएर नेपालीले हिमालको भिडियो राखेकोमा आक्रोश व्यक्त गरेका हुन्
धेरैजनाले उक्त भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै सच्याउन माग पनि गरेका छन्।
