सिँजादर्पण ।। भगवान् शिव चाडै प्रसन्न हुने देवता मानिन्छ, त्यसैले शिवजीलाई आशुतोषपनि भनिन्छ । भगवान् शिवजीलाई प्रिय ११ वस्तु जुन सामग्री अर्पण गर्नाले भोलेबाबाले हाम्रो सबै मनोकामना पुरा गरिदिनुहुन्छ । यस्ता छन् ति ११ वटा कुरास्
जल
शिव पुराणमा भनिएकोछ कि भगवान् शिव नै स्वयं जल हो, शिवजीलाई जल चढाउने महत्त्व समुद्र मंथनको कथा संग जोडिएकोछ । अग्निको समान विष पिएपछि शिवजीको घाँटी एकदम नीलो भएको थियो । त्यसै विषको ऊष्णतालाई शीतलता प्रदान गर्नको लागि सबै देवी(देवताहरूले शिवजी लाई जलाभिषेक गरेका थिए । त्यसैले शिवजीको पूजामा जलको विशेष महत्त्व रहेकोछ ।
बेलपत्र स्
भगवानको तीन नेत्रको प्रतीक हो बेलपत्र । अतस् तीन पत्तावाला बेलपत्र शिवजीलाई अत्यन्त प्रिय छ । प्रभु आशुतोषको पूजामा अभिषेक र बेलापत्रको स्थान प्रथम रहेको छ । कोटीकन्या महादानं एकविल्वॱ शिवार्पणम्ु अर्थात् भोलेबाबालाई एउटा मात्र पनि बेलपत्र चढ़ाउनाले १ करोड़ कन्यादान गरेको फल समान हुने शास्त्रोक्त कथन रहेको छ ।
आँक
शास्त्र अनुसार सुन दाना गरे बराबरको फल एउटा आँकको फूल शिवजीलाई चढाउनाले मिल्ने भएकाले आँकको फूल शिवजीलाई धेरै प्रिय छ । अतस् बाबालाई सुन भन्दापनि आँक धेरै प्रिय छ ।
धतुरो
भगवान् शिवजीलाई धतुरोपनि अत्यन्त प्रिय छ । यसको कारण पुराणहरूमा धार्मिक कारण भनिएको छ भने यसको वैज्ञानिक कारण पनि छ । भगवान् शिव कैलाश पर्वतमा बस्नुहुन्छ त्यहाँ जुन अत्यन्त चिसो क्षेत्र हो र त्यहाँ यस्तो आहार र औषधिको आवस्यकता हुन्छ जसले शरीरमा ऊष्णता प्रदान गरोस् । वैज्ञानिक दृष्टिले धतुरो सीमित मात्रामा लिनेहो भने औषधिको काम गर्दछ र शरीरलाई उष्णता प्रदान गर्दछ । देवी भागवतमा भनिएको छ कि शिवजीले जब समुद्र मन्थनबाट निस्किएको हलाहल विषलाई पिएको बेला जब व्याकुल हुनुभयो त्यसबेला अश्विनी, कुमारले भाङ्ग, धतुरो, गाँजा, बेल आदिको औषधिबाट शिवजीको व्याकुलतालाई शान्त गरेका थिए । त्यसै समय देखि शिवजीलाई भाङ्ग, धतुरो, गाँजा, बेल आदि प्रिय छ ।
भाङ्ग
शिवजी सँधै ध्यानमग्न रहनु हुन्छ त्यसैले भोलेबाबालाई भाङ्गले ध्यान केन्द्रित गर्न सहयोग गर्छ । भाङ्ग खाएर बाबा जहिले परमानन्दमा रहनु हुन्छ । समुद्र मन्थनबाट निस्किएको विष देवाधिदेव महादेवले सारा संसारको सुरक्षाको लागि आफ्नो घटीमा राख्नु भएको थियो । भगवानलाई औषधि स्वरूप भङ्ग दिईयो त्यसै कारण भोलेबाबाले हरेक प्रकारको नकारात्मकतालाई आत्मसात गरेको हुनाले भाङ्गपनि प्रिय छ ।
कपुर
भगवान् शिवजीको प्रिय मन्त्र कर्पूरगौरं करूणावतारं अर्थात् जो कपुरको समान उज्वल छ । कपुरको सुगन्धले वातावरणलाई नै पवित्र बनाउँछ । भगवान् भोलेनाथलाई यसको सुगन्ध एकदमै प्रिय छ, अतस् शिवजीको पूजामा कपुरको अधिक महत्त्व छ ।
दूधस
साउन महिनामा दुधको सेवन निषेध छ । यो महिनामा दूध सेवन गर्नाले स्वास्थ्यको लागि गुणकारी हुनुको साटो हानिकारक हुनसक्छ । त्यसैले साउन महिनामा दूधको सेवन न गरेर शिवजीलाई अर्पण गर्ने शास्त्रोकत विधान रहेको छ ।
चामल
चामल लाई अक्षतापनि भनिन्छ र अक्षतको अर्थ हुन्छ जुन अक्षय हुने । यसको रङ्ग सेतो हुन्छ । शिव पूजामा अक्षताको प्रयोग अनिवार्य हुन्छ । कुनै पूजामा कुम्कुम, गुलाल, बेसार, अबीर आदि अर्पण गरेपछि अक्षता चढाइन्छ । अतस् अक्षता विना शिवपूजा अपूर्ण मानिन्छ ।
चन्दन
चन्दनको सम्बन्ध शीतलता सङ्ग जोडिएकोछ । भगवान् शिवजीको निधारमा चन्दनको त्रिपुण्ड लगाउनु हुन्छ । चन्दनको प्रयोग अधिकांश हवनगर्दा र पूजामा तिलकको रुपमा बादी प्रयोग गरिन्छ साथै यसको वासनाले वातावरणपनि सुगन्धित हुन्छ । शिवजीलाई चन्दन चढाउनाले समाजमा मान, सम्मान, यश, कृति बढ्ने शास्त्रोक्त कथन रहेको छ ।
भस्म
भस्मको अर्थ हुन्छ पवित्रता, त्यो पवित्रता जसलाई भगवानशिवले जलिसकेको अंश खरानी लाई पवित्र मान्नु भएको छ । एउटा कथा छ, आफ्नी पत्नी सतीले जब स्वयं अग्निको आहुति गर्नुभएको थियो र त्यसै बेलामा क्रोधित शिवजीले आफ्नी पत्नीको अन्तिम निशानी मान्दै आफ्नो तनभरि लगाउनु भयो, ताकि सती जहिले आफ्नो साथ होस्, त्यसैलेपनि भोले बाबालाई भस्म प्रिय छ ।
रुद्राक्ष
भगवान् शिवजीले रुद्राक्ष उत्पत्तिको कथा पार्वतीजी संग भन्नु भएको छ । कुनै समय भगवान् शिवजीले एक हजार वर्षसम्म समाधि लिनुभयो, त्यसबेला समाधि पूर्ण भएपछी भगवानको मन जब बाहिरी जगतमा आयो, तब जगतको कल्याणको लागि महादेवले आफ्नो आँखा बन्द गर्दा महादेवको आँखाबाट जलको बिन्दु पृथ्वीमा झर्यो र त्यसै आँसुबाट रुद्राक्षको वृक्ष उत्पन्न भयो र शिवजीको इच्छाले भक्तहरूको हितको लागि त्यो वृक्षलाई फैलाउनुभयो । त्यसै वृक्षमा जुन फल फलो त्यो नै रुद्राक्ष हो ।
अतस् उपरोक्त वस्तुहरू शिवजी लाई चढाउनाले बाबा चाडै प्रसन्न भई मानोवाञ्छित फल दिनेकुरा शास्त्रमा उल्लेख गरिएको छ ।ratopaty bata
