सिँजादर्पण काठमाण्डौँँ ।। नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष विसं २०८१र८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै महँगी दर अर्थात् मुद्रास्फीति बजेटले अनुमान गरेबमोजिम नै ५।५ प्रतिशतभित्र रहने प्रक्षेपण गरेको छ।पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको निवर्तमान सरकारले बजेट ल्याए पनि यस पटक केपी शर्मा ओली नेतृत्वको काङ्ग्रेस(एमाले गठबन्धनको सरकार बनेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न सुरु भएको, भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरूको मूल्य उच्च रहेको र जारी रुस(युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनीतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ,ू मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले भने। महिनाहरूको मुद्रास्फीतिको प्रवृत्ति विश्लेषण र भारतीय मुद्रास्फीतिको परिदृश्य हेर्दा आर्थिक वर्ष २०८१र८२ मा नेपालको मुद्रास्फीति पाँच प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण रहेको र बजेटले तय गरेबमोजिम नै ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रमा मोडिने बताइएको छ।त्यसै गरी केन्द्रीय ब्याङ्कले अन्य ब्याङ्कहरूलाई कर्जा दिँदा लिने ब्याज अर्थात् ब्याङ्क दर सात प्रतिशतबाट घटाएर ६।५ प्रतिशत कायम गरिएको छ।प्रत्येक वर्ष बजेट आएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार मानिने केन्द्रीय ब्याङ्कले बजेटको उद्देश्य प्राप्तिमा सघाउ पुर्याउने किसिमको मौद्रिक नीति पेस गर्ने चलन छ।साउनमा ल्याइने मौद्रिक नीतिलाई विशेष गरी वित्तीय कारोबार चलायमान बनाई महँगी नियन्त्रणमा राख्ने औजार मानिन्छ।
