सिँजादर्पण काठमाण्डौँ ।। जुलाईमा युक्रेनी खेलाडी यारोस्लाभा महुचिखले महिलातर्फको हाईजम्पमा ३७ वर्ष पुरानो कीर्तिमान भङ्ग गरिन्।उनी अहिलेको प्यारिस ओलिम्पिक्समा धेरैको नजरमा परेकी खेलाडीमध्ये पर्छिन्।खेल क्षेत्रका धुरन्धरहरू उनको उपलब्धिलाई विशेष मान्छन्। एथ्लेटिक्सका धेरैजसो विश्वकीर्तिमानहरू सन् १९८० को दशकमा भङ्ग भएका थिए। जब प्यारिस ओलिम्पिक्समा दक्षिण कोरियाली टोलीलाई उत्तर कोरियाली भनेर चिनाइयो। । ।तस्बिरको क्याप्शन,सन् १९८७ मा बनेको हाई–जम्पको अघिल्लो कीर्तिमान २।०९ मिटरका निम्ति बुल्गेरियाकी स्टेफ्का कोस्तादिनोभाको नाममा थियो जुलाई ७ मा प्यारिस डायमन्ड लीगमा बाईस वर्षीया विश्व च्याम्पियन यारोस्लाभा महुचिखले कीर्तिमान रहने गरी २।१० मिटरको उचाइ पार गरिन्। यसअघि उक्त कीर्तिमान २।०९ मिटरको उचाइका निम्ति बल्गेरियाकी स्टेफ्का कोस्तादिनोभाको नाममा थियो।कोस्तादिनोभाले महुचिखको नयाँ कीर्तिमान ूऐतिहासिकू भएको बताइन्।
सैँतीस वर्षदेखि कायम रहँदै आएको कीर्तिमानभन्दा उत्तम भएकाले मात्रै उनले यसो भनेकी होइनन्। उनका अनुसार २।१० मिटरको रेकर्ड ूमानवीय क्षमताको कुनै सीमा छैन भन्ने प्रमाण भएकाले र एथ्लेटिक्सका केही निश्चित कीर्तिमानहरू सधैँका निम्ति हुन् भन्ने केही निराशवादीहरूको दाबीलाई गलत साबित गरेकाले पनि यो ऐतिहासिक हो।ूसन् २०२२ मा युक्रेनमाथि रुसी आक्रमण सुरु भएको अर्को साता महुचिखले आफ्नो परिवार र गृहनगर निप्रो त्यागिन्।उनलाई निप्रोबाट २००० किलोमिटरको यात्रा तय गरेर सर्बियाको बेलग्रेड पुग्न तीन दिन लाग्यो। त्यहाँ उनले वर्ल्ड इन्डोर च्याम्पिअनशीपमा २।०२ मिटरको उचाइ नाघेर स्वर्ण पदकसहितको उपाधि जितिन्।आफ्नो कीर्तिमानी उफ्राइप्रति उत्साहित महुचिखले पत्रकारहरूसँग अन्तत युक्रेनलाई विश्व एथ्लेटिक्सको इतिहासमा सामेल गराउन सफल भएको बताइन्।
ु
