सिँजादर्पण सुर्खेत । केन्द्र सरकार वदलीय सगै प्रदेश सरकारमा पनि समिकरण बदलिने रानीति घटनाक्रम बन्दै गयको छ । यतिवेला कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।तर संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । हहिले कर्णाली प्रदेशमा कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको छ भने कांग्रेसले प्रवेश गरेको छ ।
