सिँजादर्पण काठमाण्डौँ ।। बैठकलाई सम्बोधन गर्दै महासचिब शंकर पोखरेलले ने क पा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताउनु भएको छ ।एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडी बढाउन भूमिका खेल्ने बताउनुभयो । जनयुद्धका नाममा माओबादीका कार्यकर्ता मात्रै मारिएनन् एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिँसालाइ शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबि गर्नुभयो ।महासचिब पोखरेलले आन्तरिक प्रतिष्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्बाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४को तयारीमा लाग्न आग्रह गर्नुभयो ।

