Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अमेरिकाले फेरि आक्रमण नगर्ने विश्वास दिलाए वार्तामा बस्ने इरानले जनाए


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार १६, २०८२

अमेरिकाले फेरि आक्रमण नगर्ने विश्वास दिलाए वार्तामा बस्ने इरानले जनाए

सिँजादर्पण, काठमाडौँ । अमेरिकाले फेरि आक्रमण नगर्ने विश्वास दिलाए वार्तामा बस्ने इरानले जनाएको छ । इरानका उप विदेश मन्त्री माजिद तख्त–रवांचीले पुनस् वार्ता गर्न चाहेको भए अमेरिकाले आक्रमण नगर्ने विश्वास दिलाउनुपर्ने बताएका हुन् । ट्रम्प प्रशासनले मध्यस्तकर्ताहरु मार्फत इरानसँग यसै साता पुनस् वार्ता सुरु गर्न चाहेको बताएका उप विदेश मन्त्री तख्त–रवांचीलाई उद्धृत गर्दै जनाएको छ । तर, आक्रमणसँग जोडिएका महत्वपूर्ण सवालमा अमेरिकाले आफ्नो दृष्टिकोण प्रष्ट नपारेको उनको भनाइ छ । इरानको परमाणु कार्यक्रमका विषयमा अमेरिका र इरानबीच छलफल हुँदै आएको थियो ।

तर, १३ जुनमा इजरायलले इरानका परमाणु केन्द्र र सैन्य आधार क्षेत्रलाई निसाना बनाउँदै आक्रमण गरेको थियो । प्रतिवादमा इरानले पनि इजरायलमाथि क्षेप्यास्त्रसहित प्रत्याक्रमण गरेको थियो । इजरायल र इरानबीचको युद्ध चलिरहेकै क्रममा २१ जुनमा अमेरिकाले पनि इरानका तीन परमाणु केन्द्रमा बम खसालेपछि स्थिति झन तनावपूर्ण बनेको थियो । इरानी उप विदेशमन्त्री तख्त–रवांचीले इरानले शान्तिपूर्ण उद्देश्यका लागि यूरोनियम सम्वर्द्धन गर्नेमा जोड दिने बताएका छन् । तर, उनले गोप्यरुपमा परमाणु बम बनाउने दिशामा अघि बढेको भन्ने आरोपको खण्डन गरेका छन् ।

खोज अनुसन्धानका लागि इरानले परमाणु सामग्री प्राप्त गर्न नसकेको र स्वयंमा निर्भर रहनु परेको उनको भनाइ छ । उनले भनेका छन्, ‘हाम्रो परमाणु कार्यक्रमको स्तरबारे चर्चा गर्न सकिन्छ, क्षमतामाथि पनि चर्चा गर्न सकिन्छ, तर यो भन्न मिल्दैन कि तपाईंले सम्वर्द्धन गर्न पाउनु हुन्न, बिल्लुकै पाउनु हुन्न, यदि तपाईंले प्रतिबन्ध लगाउने कुरामा असहमति राख्नुभयो भने बम खसाल्छौं, यो त जंगलको कानूनजस्तो भयो ।’

इजरायलको आक्रमणमा परि इरानका सैन्य कमान्डर र परमाणु वैज्ञानिकहरुको मृत्यु भएको थियो । इजरायलले इरान परमाणु हतियार बनाउने दौडमा नजिक पुगको भन्दै इजरायल गरेको आक्रमणपछि १२ दिनसम्म यी दुई देशबीच संघर्ष चलेको थियो । अमेरिकाले इरानको फोर्दो, नतान्ज र इस्फहानमा बम खसालेर तीन वटै परमाणु केन्द्र पूर्णरुपमा ध्वस्त भएको बताएपनि हालसम्म त्यहाँ कति क्षति पुग्यो भने यकिन विवरणहरु आएका छैनन् ।

अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी ९आईएईए० का प्रमुख राफेयल ग्रोसीले अमेरिकी आक्रमणले क्षति गरेपनि पूर्णरुपमा नष्ट नभएको प्रतिक्रिया दिएका छन् । आईएईएसँग इरानको सम्बन्ध लगातार तनावपूर्ण हुँदै गएको छ । गत बुधबार इरानको संसदले परमाणु निगरानी संस्था आईएईएसँगको सहकार्य तोड्ने घोषणा गरेको थियो । आईएईएले अमेरिका र इजरायलको पक्ष लिएको इरानको आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानले परमाणु कार्यक्रममा सफलता हाँसिल गरेको वा चिन्ताजनकस्तरमा पुगेको खुफिया जानकारी पाए पुन बम खसाल्ने चेतावनी दिएका छन् ।

यस्तोमा इरानी उप विदेशमन्त्री तख्त–रवांचीले अमेरिकासँग अब हुने वार्ताको एजेन्डासमेत स्पष्ट नभएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘यो महत्वपूर्ण प्रश्न हो, अमेरिकाको जवाफ स्पष्ट हुन जरुरी छ । प्रतिबन्ध फुकुवा, लगानीका विषयमा सहमति भए के इरानले आफ्नो परमाणु कार्यक्रममाथि पुनर्विचार गर्छ रु भन्ने बीबीसीको प्रश्नमा उप विदेशमन्त्री तख्त–रवांचीले भने, ‘यस्ता प्रस्तावमा हामी किन सहमत हुनुपर्छ ? उनले दोहार्याउँदै भने, ‘इरानको परमाणु कार्यक्रम जसमा यूरेनियम ६० प्रतिशतसम्म समृद्ध गर्ने सहमति थियो, जुन शान्तिपूर्ण उद्देश्यका लागि थियो ।’

विश्वभरका शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको सम्झौता अनुसार इरानले ३ दशमलब ६७ प्रतिशतभन्दा बढी यूरेनियम शुद्धता ९प्रशोधन० गर्न नपाउने भनिएको थियो । यसै सम्झौता अनुसार इरानलाई फोर्दो केन्द्रमा १५ वर्षसम्म कुनै परमाणु सम्बर्द्धन कार्यक्रम नपाउने रोक थियो । तर, पछिल्लो पटक सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताबाट बाहिरिएको घोषणा गरेका थिए ।

उक्त सम्झौता इरानलाई परमाणु बम बनाउन रोक्नका लागि पर्याप्त नभएको भन्दै थप प्रतिबन्धहरु लागू गर्ने राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए । ट्रम्पले सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि इरानले पनि सन् २०२१ मा फोर्दोमा यूरेनियम प्रशोधन कार्य पुनस् अघि बढाएको आईएईएले जनाएको थियो । आईएईएका अनुसार इरानले यूरेनियम प्रशोधनमा ६० प्रतिशतसम्म शुद्धता हाँसिल गरेको दाबी गरेको थियो । परमाणु बम बनाउन ९० प्रतिशतसम्म यूरेनियम शुद्धता चाहिनेमा इरान त्यसको नजिक पुगेको आईएईएको दाबी थियो ।

यूरोप र पश्चिमा मुलुकले इरानप्रति शंकाको दृष्टि राख्नुको कारणबारे बीबीसीको प्रश्नमा उप विदेशमन्त्री तख्त–रवांचीले युरोपेली नेताहरुले अमेरिका र इजरायलको समर्थन गरेको आरोप लगाए । उनले भने, ‘जसले इरानको परमाणु कार्यक्रमको आलोचना गरिरहेका छन् उनीहरुले हामीमाथि जस्तो व्यवहार गरियो त्यसको आलोचना गर्नुपर्ने हो, उनीहरुले अमेरिका र इजरायलको आलोचना गर्नुपर्ने हो ।’

‘यदि उनीहरुसँग अमेरिकाको आलोचना गर्ने हिम्मत छैन भने चुप बस्नुपर्छ, तर आक्रमणको समर्थन गर्नुु हुँदैन’, उनले थपे । उप विदेशमन्त्री तख्त–रवांचीका अनुसार अमेरिकाले मध्यस्तकर्ता मार्फत सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई निसाना नबनाउने सन्देश दिएको छ । साथै इरानमा सत्ता परिवर्तनका लागि प्रयास नगरेको पनि अमेरिकाले सन्देश दिएको उप विदेशमन्त्री तख्त–रवांचीले बताए । इजरायली प्रधानमन्त्री बेन्जामीन नेतन्याहूले इरानी जनताले स्वतन्त्रताका लागि खामेनीका विरुद्ध उत्रिन आह्वान गरेका थिए ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले यसै हप्ता दुई देशबचि युद्धविरामको सहमति भएपछि आफूले इरानमा सत्ता परिवर्तन नचाहेको बताएका थिए । यसबारे उप विदेशमन्त्री तख्त–रवांचीले इरानी जनताले सरकारका कतिपय कारवाहीको आलोचना गरेपनि विदेशी आक्रमणका विरुद्ध एकजुट भएर लड्ने प्रतिक्रिया दिएका छन् । इजरायलले युद्धविराम पालना गरिराख्नेबारे पनि उने आशंका व्यक्त गरेका छन् । ‘इरानले युद्धविराम तबसम्म पालना गर्छ, जबसम्म हामीमाथि कुनै सैन्य आक्रमण हुँदैन’, उनले भने । साथै इरानले अरब क्षेत्रका सहयोगी देशहरुसँग संवादका लागि आवश्यक माहोल बनाउन पूर्ण प्रयास गर्ने उनले बताएका छन् ।

इजरायल र इरानबीच युद्धविराम हुनुमा कतारले महत्वपूर्ण मध्यस्तता निभाएको बताइन्छ । हामी युद्ध चाहँदैनौं, हामी वार्ता र कूटनीतिमै सामेल हुन चाहन्छौं तर, हामी तयार रहनुपर्छ, सतर्क रहनुपर्छ, ताकि हामीले फेरि कुनै हैरानी व्यहोर्न नपरोस्’, उप विदेशमन्त्री तख्त–रवांचीले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn