एजेन्सी, १७ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।
बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त” को संज्ञा दिनुभयो । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।
बहमासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मिन्निसले भन्नुभयो– रोयल बहमास प्रहरीले अबाकोबाट पाँच जनाको शव बरामद गरेको छ ।
