काठमाडौं । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउने पर्ने निर्णय गरेको थियो । उक्त समितिको सिफारिसमा मन्त्रिपरिपषद बैठकले थप ८ दिन लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थियो ।
यसअघि सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।
सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिने थियो ।
