Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कसरी कोरोना भाइरसको मारमा पर्‍यो रुसको गोप्य ‘परमाणु सहर’ ?


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७

कसरी कोरोना भाइरसको मारमा पर्‍यो रुसको गोप्य ‘परमाणु सहर’ ?

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण निरन्तर बढ्नु अहिले रुसका लागि समस्या बनेको छ । त्यसमा पनि सोभियत संघको पालामा बनेको गुप्त ‘परमाणु सहर’हरू मारमा परेका छन् ।

यस्ता धेरै सहरहरूको दशकौंसम्म पनि आधिकारिक नक्सा सार्वजनिक गरिएको थिएन । मानिसहरूलाई यस्ता सहरको नाम पनि थाहा थिएन । यद्यपि रुसको उत्तरी भेगतर्फ निकै दूरदराजमा रहेको जंगली बरफले ढाकिएको क्षेत्रमा भने फरक किसिमले मानिसको जीवन चलिरहेको थियो ।

यो सहरमा अहिलेसम्म पनि धेरै मानिस पुग्न सकेका छैनन् । वास्तवमा यो ठूलो सैन्य कम्प्लेक्स हो । जुन आफैँमा एक सहर जस्तो छ । अमेरिकासँग परमाणुको प्रतिस्पर्धा चलिरहेको समयमा रुसले यो सहर बसाएको थियो । सोभियत संघको अस्तित्व रहेको समयमा यसलाई ‘न्युक्लियर’, ‘क्लोज्ड’ र ‘सेक्रेट’ सिटिज भनिन्थ्यो । सोभियत संघको सेना र परमाणु उद्योगका लागि यिनीहरू महत्वपूर्ण राजनीतिक केन्द्र थिए ।

सोभियत संघ विघटन भएको तीन दशक नाघिसकेको छ । तथापि सैन्य केन्द्रमा भने खासै परिवर्तन आएको छैन । अमेरिका जस्तै रुस पनि परमाणु शक्तिमा अब्बल बन्न चाहन्छ । त्यसैले उसले आफ्नो परमाणु कार्यक्रमलाई जारी राख्दै आएको छ । अहिले तिनै परमाणु गतिविधि हुने गरेका सहरहरू चर्चामा आएका छन् । तर, त्यसको कारण परमाणु शक्ति भने होइन । यस्ता परमाणु सहरमध्ये केहीमा कोरोना भाइरस ९कोभिड–१९० फैलिएको छ ।

रुसको सरकारी परमाणु एजेन्सी रोजाटोमले यी सहरहरूमा तत्कालै रेस्पिरेटर्स र पीपीई पठाउनुपर्ने बताएको छ । अहिले सारोव, इलेक्ट्रोस्टाल र डेस्नोगोस्र्कको अवस्था चिन्ताजनक अवस्थामा पुगेको अधिकारीहरूले बताएका छन् ।

केही दिनअघि मात्र रुसको परमाणु एजेन्सीले सारोव एक्सपेरिमेन्टल फिजिक्स साइन्टिफिक रिसर्च इन्स्टिच्युटका सात कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको थियो ।

सारोवको परमाणु केन्द्रमा नै रुसले आफ्नो पहिलो परमाणु बम बनाएको थियो । विश्लेषकका अनुसार अहिले कोरोना भाइरसको महामारी फैलिएसँगै परमाणु गतिविधिमा असर पर्न सक्ने बताएका छन् । यी सहरहरूमा परमाणु हतियार निर्माण, परमाणु सामग्री प्रोसेसिङ हुने गर्छ ।

शीतयुद्धको सहर

शीतयुद्धको सुरुवातमा कुनै पनि मुलुकको शक्ति उसको परमाणु शक्तिको आधारमा हुने गरेको थियो । त्यसैले अमेरिका र सोभियत संघको बीचमा परमाणु हतियार विकास गर्ने होड चलेको थियो । त्यसैले सोभियत संघले परमाणु हतियार निर्माणको लागि यी केन्द्रहरू बनाएको थियो । सोभियत संघले परमाणु हतियार निर्माणको लागि यस्तो ठाउँ खोजेको थियो कि जसको अस्तित्व गोप्य राख्न सकियोस् र दुस्मनले बमबारी गरे पनि यो क्षेत्र सुरक्षित रहन सकोस् ।

अहिलेसम्म पनि रुसमा यस्ता परमाणु वा गोप्य सहर कति छन् भन्ने थाहा छैन । तर, त्यतिबेला बनाइएको ४० सहर अझै अस्तित्वमा रहेको बताइएको छ । यसमध्ये अधिकांश सहरको नियन्त्रण सिधा रक्षा मन्त्रालयसँग हुन्छ भने केही सरकारी परमाणु एजेन्सी ‘रोजाटोम’ले हेर्ने गर्छ ।

परमाणु सहरमा जीवन

सन् १९९० को दशकमा फ्र्यांक एन वोन हिप्पेलले यीमध्ये केही सहरको भ्रमण गरेका थिए । उनका अनुसार यो सहरमा पुग्नु नै निकै कठिन काम हो । यो सहरमा पुग्न केवल एकमात्र सडक हुन्छ । जहाँ सुरक्षाकर्मीले पहरा दिइरहेका हुन्छन् । भित्र जान र आउनका लागि पास देखाउनुपर्ने हुन्छ ।

उनका अनुसार यो सहरमा बस्ने अधिकांश मानिस कि वैज्ञानिक हुन्छन् कि सेनासँग जोडिएका हुन्छन् । उनीहरूसँग आफ्नो परिवार पनि हुन्छ । यहाँ धेरैजसो मानिस सामान्य भवनमा बस्छन् । उच्च अधिकारीलाई भने बंगलामा बस्ने व्यवस्था हुन्छ । तर, यहाँ कसैलाई कैदीको जस्तो गरेर राखिने होइन । यहाँका मानिसहरू सानो जनसंख्या भएको सहरमा बसेजस्तै गरी बसेका छन् ।

वोन हिप्पेलका अनुसार यी सहरमा बस्ने मानिसलाई यहाँ नै बस्ने बानी पर्छ । उनीहरू बाहिरी सहरको बारेमा त्यति धेरै सोच्दैनन् । यसमा ओजस्र्कजस्ता सहर पनि छन् । यहाँ बस्ने मानिसमा विकिरणको खतरा रहेको पाइएको छ । यीमध्ये केही सहर अहिले विदेशी लगानीको लागि खुला गरिएको छ । यद्यपि यी सहरमा कानुनी कागजातविना रुसी नागरिकले पनि जान पाउँदैनन् ।

गुप्त सहरको कहानी

कुनै समयमा यी सहरको चर्चा केवल गुप्त रिपोर्टको लागि मात्र गर्ने गरिएको थियो । तर, सोभियत संघको विघटनभन्दा ठिक अगाडि मात्र यी सहरको बारेमा जानकारी आउन सुरु गरिएको थियो । त्यसभन्दा पहिला यी सहरलाई नक्सामा मात्र देखाइने गरिएको थियो । यहाँसम्म कि उक्त सहरमा बस्ने मानिसलाई जनगणनामा पनि समावेश गरिने गरिएको थिएन । यी सहर सोभियत संघको परमाणु प्रतिष्ठानको लागि काममा आउने गरेको थियो । बाँकी विश्वका लागि भने यी सहरको अस्तित्व आधिकारिकरुपमा मेटाइएको थियो ।

सन् १९९० को दशकमा सरकारले यस्ता केही सहरलाई भने त्यतिकै छाडिदिएको थियो । किनकि सरकारलाई त्यहाँ चलेको योजनामा कुनै रुचि थिएन ।

पुटिनको सक्रियता

यी सहरहरूमा धेरैजसोले नियमित काम गरिरहेका थिए । तर, उनीहरूको महत्व भने घट्दै गएको थियो । भ्लादिमिर पुटिन सत्तामा आएपछि भने अवस्था फेरियो । सोभियत संघको विघटनपछि यस्ता धेरैजसो केन्द्र बेकार बनेका थिए । तर, पछिल्लो केही वर्षमा रुसले यी केन्द्रमा उल्लेख्य लगानी गरेको छ । यो लगानी यी केन्द्रको आधुनिकीकरण र परमाणु हतियार निर्माणको काम जारी राख्न सहयोग पुगेको छ ।

गतवर्ष सारोवमा एक रहस्यमयी दुर्घटना भएको थियो । जसमा पाँच परमाणु वैज्ञानिकको मृत्यु भएको थियो । यो घटनापछि रुसले यी विशेषज्ञ नयाँ हतियारको प्रयोग गरिरहेको स्वीकार गरेको थियो । त्यही सारोव अहिले कोरोना भाइरसको महामारीको शिकार भएको छ । रोजाटोमका अनुसार एक अवकाशप्राप्त जोडी मस्कोमा बिदा मनाएर यहाँ फर्केका थिए । उनीहरूबाटै सारोवमा भाइरस फैलिएको हो ।

स्रोत स् बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn