ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये हो।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९,००० नाघिसकेको छ।कोरोनाभाइरसबाट हालसम्म त्यहाँ एक लाख ३५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्।चेतावनीराष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ।अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताए।कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमणरु कति मृत्युरु ृअन्तर्क्रियात्मक नक्सो
किन ट्रम्पले औलोको औषधिबाट कोभिड(१९ निको हुन सक्ने दाबी गरेबीबीसी संवाददाता लियोनार्दो रोश भन्छन्, मन्त्री गेदेजले क्वारन्टीनअन्त्यकोआदेशजारी गराउन सर्वोच्च अदालतका प्रमुखलाई प्रभाव पार्ने राष्ट्रपति बोल्सोनारु र उनका समर्थकहरूको प्रयासमा साथ दिएका छन्।विज्ञहरूले ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।श्रोत विविसि नेपाली वाट ।
