सिजादर्पण ६ जेठ काठमाण्डौ l बैदेसिक रोजगारका लागि खाडी मुलुक मध्य साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) कारण ४ नेपालीले ज्या’न गुमाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार साउदीमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । जसमा ११ जना महिला र अन्य पुरुष नेपाली कोरोना संक्रमित भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो भने मृत्यु हुनेको विवरण दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन। कोरोनाबाट संक्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पोहिलो मुलुक साउदी अरब बनेको छ।
साउदी सरकारले यो अवस्थामा भाइरस नियन्त्रणको लागि कडा नियम बनाउनुको साथै कडाई पनि गरेको छ।आगामी २३ मे देखि २७ मे सम्म पूरा देश २४ घण्टे कर्फ्युको घोषणा गरेको छ ।
बैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुक पुगका धेरै नेपाली कोरोना सक्रमणको मारमा परेका छन् भने कैयौको ज्या’न समेत गएको छ । कोरोनाको कारण कैयौ नेपालीहरु देशमा लकडाउन भएसंगै विभिन्न देशमा अलपत्र परेका छन् ।
