Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मनिषा कोइरालालाई नेपाल र लिपुलेकबारे सुषमा स्वराजका श्रीमानको यस्तो जवाफ


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ८, २०७७

मनिषा कोइरालालाई नेपाल र लिपुलेकबारे सुषमा स्वराजका श्रीमानको यस्तो जवाफ
सिजादर्पण ८ जेठ काठमाण्डौ l भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन् ।
स्वराज कौशलले लेखेका छन्, ‘म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला । मैले तपाईंलाई सधैं आफ्नै छोरी मानेको छु । जब तपाईंले हामीलाई १९४२– अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुषमाले पूरा फिल्म हेरिन् । त्यतिबेला बाँसुरी तपाईंको काखमा बसेकी थिइन् । ’

‘यो २७ वर्ष अघिको मात्रै कुरा हो । सन् १९७७ र त्यसपछि तपाईं साउथ एक्समा बस्न थाल्नुभएको थियो । तपाईं साकेतको एपीजे स्कूलमा पढ्नुहुन्थ्यो । तपाईंका पिता प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुषमा कोइराला मेरी भाउजु र साथी हुन् । हामीसँग साथमा मुस्किल समय देखेका छौं,’ उनी थप्छन् ।

‘जुन दिन एम्समा तपाईंका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर भएको थाहा भयो म उनीसँगै थिएँ । मलाई थाहा छ, बीपीले मलाई भन्नुभएको थियो, ‘यो क्यान्सरको एड्भान्स स्टेज हो र म बाँच्ने समय भनेको ६ महिना हो ।’ म त्यतिबेला दुःखी थिएँ तर मैले उनको अनुहारमा निराशाको कुनै भाव देखिनँ,’ उनले भने ।

‘म तपाईंको परिवारको गौरवशाली परम्परासँग परिचित छु । तपाईंका हजुरबुवा बीपी कोइराला र उनका दुबै भाइ अर्थात् सबै तीन दाजुभाइ नेपालका प्रधानमन्त्री बने । तपाईंकी फूपू शैलजा आचार्य पनि नेपालकी उप–प्रधानमन्त्री थिइन् ।’


‘मलाई यो पनि थाहा छ कि तपाईंको परिवारले कति संघर्ष गरेको छ । तपाईंका हजुरबुवा बीपी कोइराला १८ वर्षसम्म जेलमा थिए । उनको ज्यान यसकारण बच्यो किनभने हिन्दू राष्ट्र नेपालमा एक ब्राह्मणलाई फाँसी दिन पाइँदैनथ्यो । तपाईंकी फूपू (बीपी कोइरालाकी छोरी) ले पनि जेलमा आठ वर्ष बिताइन् ।’

‘र अब म तपाईंका पिता प्रकाश कोइरालाबारे बताउन चाहन्छु । उनी नेपाली कांग्रेसको संघर्षमा उनको समर्थक थिए । म सबैबारे सोच्छु । जेपी, लोहिया, चन्द्रशेखर जी, जर्ज फर्नान्डिस । सन् १९७३ मा म पनि थुप्रै हप्ताका लागि नेपालमा थिएँ र महलभित्रको आँगन पुगेको थिएँ ।’

‘हामी लोकतन्त्रका लागि तपाईंहरुको संघर्षमा तपाईंको साथमा थियौं । त्यहाँ भारत वा भारतीयजस्तो केही पनि थिएन । एकपटक जब तपाईंको राजासँग सम्झौता भयो, हामीलाई केही पनि चाहिएको थिएन । जब हामीलाई एक सांसदको रुपमा तपाईंको विचारबारे थाहा भयो, म दुःखी भएँ, तर त्यतिबेला मैले सोचेँ कि त्यो नेपाली राजनीतिका लागि अनिवार्य थियो ।’

‘भारतीयलाई थाहा हुनुपर्छ कि त्यतिबेला दुनियाँको एकमात्र हिन्दु राष्ट्रलाई तहसनहस पार्ने षड्यन्त्र चलिरहेको थियो । षड्यन्त्र गर्नेहरु माओवादीसँग मिलेका थिए । उनीहरुले एकमात्र हिन्दु राष्ट्र तहसनहस पारे, उनीहरुको उद्देश्य पूरा भइसकेको थियो ।’

‘यसको नतिजा यो भयो कि कम्युनिष्टले चीनलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । वा यस्तो भनौं कि चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । परिणामस्वरुप पारम्परिक रुपमा हिमालयसम्म जाने भारत–चीन सीमा अब बिरगञ्जसम्म छ ।’

‘भारतलाई नेपालसँग असन्तुष्टि हुनसक्छ वा नेपाल र भारतबीच गम्भीर विवाद हुनसक्छ । यो नेपाल र भारतबीचको कुरा हो । तपाईंले चीनलाई बीचमा कसरी ल्याउन सक्नुहुन्छ ? यो हाम्रो लागि खराब हो । र यो नेपालको लागि पनि राम्रो होइन ।’

‘जब तपाईंले चीनलाई बीचमा ल्याउनुहुन्छ, तपाईंले हामीसँगको हज्जारौं वर्ष पुरानो सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । तपाईंले हाम्रो पारस्परिक सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । र सबैभन्दा महत्वपूर्ण कुरा, एक सर्वभौम देशको रुपमा तपाईंले आफ्नो देशको स्थितीलाई थप तल झारिरहनु भएको छ ।’

मनिषा कोइरालाले विदेशमन्त्री प्रदिप ज्ञवालीको एक ट्वीट रिट्वीट गरेपछि उनीविरुद्ध भारतीय मिडियालगायत विभिन्न व्यक्तित्व खनिएका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn