Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शिक्षामा अरू देशले के गर्दैछन् ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ १२, २०७७

शिक्षामा अरू देशले के गर्दैछन् ?

lसिजादर्पण १२ जेठ काठमाण्डौ ।कोभिड–१९ संक्रमणका कारण विश्वका अधिकांश देशलाई विद्यालय सञ्चालन र पठन–पाठनमा समस्या परिरहेको छ । यतिबेला कतिपय उपाय र विकल्प प्रभावकारी देखिएका छैनन् । केही देशमा अनलाइनबाट पठनपाठन सञ्चालन गरिएको छ भने कतिपयले सामाजिक दूरी कायम गरेर विद्यालय नै खोलेका छन् । शिक्षाविद् केदारभक्त माथेमा विदेशमा के–कस्तो अभ्यास गरिएको छ, राम्रा कुराहरूको सिको नेपालले गर्न सक्ने बताउँछन् । ‘कहाँ–कहाँ राम्रा प्राक्टिस गरेका छन्, त्यसको अध्ययन गरौं, दूतावासमार्फत ती देशहरूबाट सहयोग लिऊँ,’ उनी भन्छन् ।दक्षिण कोरियाले आफ्ना विद्यार्थीहरूलाई उमेरअनुसारको तालिका बनाएर अनलाइन शिक्षण गरिरहेको छ ।

उसले ठूला बालबालिकाहरूको एकसाता पहिले र बाँकीको अप्रिल १६ बाट कक्षा सुरु गरेको हो । स्कुलबाहिर हुँदा पुस्तकालयमा स्वतन्त्र रूपमा अध्ययन गर्न चाहेका विद्यार्थीले पुस्तकालय अभावका कारण दु:ख मनाउ गरेका छन् । दक्षिण कोरियाको शिक्षा मन्त्रालयले १ लाख ७० हजार विद्यार्थीमा स्मार्ट उपकरणको पहुँच पुग्न नसकेको अनुमान गरेको छ । यद्यपि, स्थानीय सरकारले कम आय भएका विद्यार्थीहरूलाई उपकरण वा इन्टरनेट पहुँच आवश्यक पर्ने सहयोग गर्ने वाचा गरेका छन् । आफूहरूलाई राम्रो तालिम नदिइकनै भर्चुअल प्रक्रियामा जानुपरेकाले त्यहाँका शिक्षकहरू चिन्तित छन् ।

‘हामी कसरी प्राथमिक स्कुल स्तरमा टेक्निकल चुनौती सामना गर्न सक्छौं भन्ने कुरामा चिन्तित छौं । बालबालिकाहरू टाइप गर्न वा लग इन गर्ने तरिका पत्ता लगाउन सक्दैनन्, उनीहरूका बा–आमाहरू उनीहरूसँग हुँदैनन्,’ एक शिक्षिकाले त्यहाँको सञ्चारमाध्यमलाई बताइन् । त्यहाँको हालै भएको सरकारी सर्वेक्षणमा ६६ प्रतिशत अभिभावकले मात्र अनलाइन कक्षाको अवधारणालाई समर्थन गरेका छन् । बाँकी अभिभावक बालबालिकाको स्वास्थ्यका बारेमा चिन्तित देखिएका छन् ।

अमेरिकाले पनि अनलाइन कक्षालाई केन्द्रित गरेको छ । तर, त्यो त्यति प्रभावकारी हुन सकेको छैन । शिक्षकहरूलाई विद्यार्थीहरूको ठूलो संख्यामा कक्षा सञ्चालन गर्न चुनौती भइरहेको छ । धेरै विद्यार्थीहरू अझै पनि कम्प्युटर वा इन्टरनेटको पहुँचबाहिर छन् । त्यहाँ पनि लामो समय यस्तै अवस्था रहिरह्यो भने सामान्य अवस्थामा स्रोतको पहुँचबाट बञ्चित भएकाहरू बढी नै विभेदमा पर्ने खतरा हुने न्युयोर्कका द एजुकेसन ट्रस्टका कार्यकारी निर्देशक इयान रोजन ब्लमले सञ्चारमाध्यमलाई जनाए ।

यद्यपि, केही देशमा अनलाइन शिक्षा प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रयास गरिएको छ र अन्य प्रक्रियाबाट अध्यापनलाई सहज बनाइएको छ । अर्जेन्टिनामा अप्रिल १ बाट शिक्षा मन्त्रालय र प्रेस तथा जनसम्पर्क सचिवालयले रेडियो र टेलिभिजनमार्फत सिकाइ सुरु गरेका छन् । ब्रोडकास्टिङमा शिक्षक र प्रस्तोता दुवै हुने व्यवस्था छ । विद्यार्थीहरूलाई टेलिभिजनबाट १४ घण्टा र रेडियोबाट ७ घण्टा अध्यापन गराइन्छ । टेक्नोलोजी र कनेक्टिभिटीको समस्या भएको विद्यार्थीका लागि ९ वटा नोटबुक प्याक तयार गरिएको छ । जुन शिक्षकहरूले घरमै उपलब्ध गराउँछन् । त्यसमध्ये २ वटा पूर्वप्रावि, ४ वटा प्रावि, २ वटा मावि तहका बालबालिका र एउटा परिवारलाई उपलब्ध हुन्छ ।

मोबाइल वा इन्टरनेटको सुविधा भएको बालबालिकालाई सोहीमार्फत पढाइ गराउने र उपलब्ध नहुनेहरूलाई सातामा एक पटक शिक्षक नै पुगेर डकुमेन्ट विद्यार्थीलाई बुझाउने अभ्यास भइरहेको छ ।

चीनमा अनलाइन एजुकेसन फरक ढंगले सञ्चालन गरिएको छ । सुरुमै इन्टरनेटको पहुँच कम भएको ठाउँमा प्रभावकारी बनाउन सरकारले इन्टरनेट प्रदायक संस्थालाई परिचालन गर्‍यो । विद्यार्थीलाई कुन विधिबाट सजिलो हुन्छ त्यही विधि छनोट गर्नु भनेर शिक्षकलाई सरकारले निर्देशन दियो । त्यहाँ सबै शिक्षकलाई अनलाइन शिक्षण विधिको गाइडलाइसमेत दिइएको छ भने अनलाइनमार्फत मनोसामाजिक परामर्शसमेत दिइने गरेको छ ।

अस्ट्रियाको शिक्षा मन्त्रालयको वेबसाइटमा सामग्री प्रस्तावहरूको एक ठूलो संख्या संकलन गरिएको छ । लर्निङ प्लेटफार्महरू जस्तै मुडल(अनलाइन लर्निङ पोर्टल) र एलएमएस प्रयोग भइरहेको छ, साथै माइक्रोसफ्ट र गुगलजस्ता कम्पनीहरूबाट क्लाउड समाधानका काम भइरहेका छन् । मन्त्रालयले बनाएको सामग्री प्लेटफर्म एडुथेकले घरको अभ्यास गर्न र उनीहरूको ज्ञानलाई गहिरो बनाउन सबै स्कुल स्तरका विद्यार्थीहरूलाई सामग्री प्रदान गरेको छ । हाल स्कुलका पुस्तकहरूका धेरै प्रकाशकहरू र प्रदायकहरूले उनीहरूको केही सामग्री नि:शुल्क प्रदान गरिरहेका छन् ।

स्थानीय तहमा बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा पनि प्रदान गरिएको छ ।

१८ मार्च २०२० देखि सार्वजनिक टिभी स्टेसनले सबै स्कुल स्तरहरूमा विद्यार्थीहरूका लागि विशेष शिक्षा कार्यक्रम प्रदान गरिरहेको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ सम्ममा प्रि–स्कुल र प्राथमिक विद्यालयका बालबालिकाका लागि कार्यक्रम प्रसारण गरेको छ । वृत्तचित्रहरू, जानकारीमूलक खण्डहरू र स्पष्टीकरणात्मक भिडियोहरू साथै यो लक्षित समूहका लागि विशेष रूपमा डिजाइन गरेको छ ।

त्यहाँको सरकारले डिजिटल शिक्षण वातावरणको दक्षता सुधार गर्न थप प्रयासहरू गरिरहेको छ । हाल मन्त्रालयले दूरशिक्षाका लागि दिशानिर्देशहरू र शिक्षक तथा स्कुल प्रबन्धकका लागि एकल बिन्दुको रूपमा एक दूरी शिक्षा सेवा पोर्टलको अवधारणामा काम गरिरहेको छ । स्थानीय तहमा बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा पनि प्रदान गरिएको छ । मोबाइल, टेलिफोन तथा इमेलमार्फत मनोवैज्ञानिक परामर्श पनि दिने गरिएको छ ।

चिलीमा पनि डिजिटल माध्यमबाट नै पढाइएको छ । चिली शिक्षा मन्त्रालयको एक टोलीले विविध सामग्रीलाई अन्य देशहरूमा पनि स्कुलहरू बन्द हुने क्रममा उपलब्ध गराएको थियो । यी सामग्रीमध्ये केही ४ देखि १३ वर्षका बालबालिकाहरूका लागि नि:शुल्क भिडियोहरू समावेश छन् ।

विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापन र सामाजिक दूरी कायम गरेर मात्र सञ्चालन गरिएको त्यहाँका अधिकारीले बताए ।

कोलम्बियामा सुरुका दुई साताका लागि शिक्षकहरूलाई शैक्षिक योजना तयार गर्न समय दिइयो । उनीहरूले सोहीअनुसार तयारी पनि गरे । कोलम्बिया सरकारले शिक्षक र शैक्षिक संस्थाको समन्वयमा देशभरि प्राथमिकदेखि मध्य विद्यालयका विद्यार्थीहरूका लागि सार्वजनिक रेडियो र टेलिभिजन दुवै शैक्षिक कार्यक्रम प्रसारण गर्न पनि सुरु गर्‍यो । इन्टरनेट पहुँच भएको ठाउँमा सोहीअनुरूप तयारी गर्‍यो । शिक्षा मन्त्रालयले ८० हजारभन्दा बढी डिजिटल शिक्षण संसाधन, विभिन्न मोडल, खेल तथा भिडियो गेमलगायतका विविध सामग्री व्यवस्था गर्‍यो । इन्टरनेटमा पहुँच नभएका परिवारहरूका लागि सरकारले घरबाट सिक्ने व्यवस्थाको डिजाइन गर्‍यो ।

भियतनाममा भने सोमबारयता सामाजिक दूरी कायम गरेर विद्यालयहरू सञ्चालन हुन थालेका छन् । विद्यालयहरू खोल्ने भियतनामी सरकारको निर्णय दक्षिणपूर्व एसियाली देशले अप्रिलको अन्त्यमा सामाजिक दूरीको उपायमा सहज पारेपछि आएको थियो । विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापन र सामाजिक दूरी कायम गरेर मात्र सञ्चालन गरिएको त्यहाँका अधिकारीले बताए ।

विद्यार्थीहरूलाई १ मिटरको दूरीमा अलग रहन आदेश दिइएको छ र सबैले मास्क लगाउनुपर्ने अनिवार्य छ । तर, विद्यार्थीहरूमा आशंका र त्रास भने पूर्णरूपमा घटेको छैन । त्यहाँका विश्वविद्यालयहरू पनि एकपछि अर्को गर्दै सुरु हुन थालेका छन् । आधिकारिक परीक्षणका अनुसार भियतनाममा २ सय ७१ संक्रमणका केसहरू छन् र मृत्यु संख्या शून्य छ ।

बेलायतमा इन्टरनेट पहुँच र सुविधा भएका बालबालिकालाई इन्टरनेटबाटै पढाउने गरिएको छ । मोबाइल वा इन्टरनेटको सुविधा भएको बालबालिकालाई सोहीमार्फत पढाइ गराउने र उपलब्ध नहुनेहरूलाई सातामा एक पटक शिक्षक नै पुगेर डकुमेन्ट विद्यार्थीलाई बुझाउने अभ्यास भइरहेको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn