सिजादर्पण १३ जेठ काठमाण्डौ । सरकार नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ।
कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ।अहिलेसम्म ५०,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।नेपालमा थप एक जनाको
कोरोना भाइरसङ्क्रमणका कारण मृत्यु भएको पुष्टिहजारौँ नेपाली भारतबाट स्वदेश फर्कने क्रम जारीसरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ।
सामानको जोहो
यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो।अहिले भारतबाट नेपलीहरू फर्किने क्रम बढेको छ तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन्।अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन्।
अहिले प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हजारौँ मानिसहरू क्वारन्टीनमा छन्भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो।
यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ।कोभिड(१९बाट निधन भएका व्यक्तिको शवबाट कोरोनाभाइरस सर्छ कि सर्दैन
प्रहरीले कोरोनाभाइरस सङ्क्रमित बस्ने घर ुसीलु गरेपछि‘त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए।
खासगरी परीक्षण किटको टेन्डर प्रक्रिया भइसकेको छ।पुरानो प्रक्षेपणमा ठूलो सङ्ख्यामा भारतबाट मानिस आउने कुरा यो स्तरमा सोचिएको थिएन। अब हामीले नयाँ प्रक्षेपण सुरु गरिसक्यौँ।ूदुई लाख पाँच हजार भीटीएम र १,७५,००० पीसीआर किट खरिदको प्रक्रियामा रहेको बताइएको छ।पीपीई, मास्क, पन्जा र अन्य स्वास्थ्य सामग्रीका हकमा भने मन्त्रालयले स्वीकृति दिइसकेको र स्रोत सुनिश्चितता हुनासाथ खरिद गरिने बताइएको छ।
झन्डै ७५ जनाको पीसीआर परीक्षण गर्दा एक जनाको अनुपातमा सङ्क्रमित देखिएको परीक्षणको पछिल्लो तथ्याङ्कले देखाएको हुनाले हाल खरिद गर्न लागिएका परीक्षण सामग्रीले पनि नपुग्ने उनको भनाइ छ।
कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण ?
हाल सबै प्रदेश र जिल्लामा आवश्यक परे जति व्यवस्था गर्न नसकिए पनि स्वास्थ्य सामग्री र परीक्षण किटको अभाव हुन भने नदिइएको दाबी निर्देशक डोटेलले गरे।
अहिले लकडाउनको अवस्था छ, विश्वव्यापी सङ्कट छ, यातायात र ढुवानीमा असहजता छ। तैपनि हामीले सकेसम्म सामग्री अभाव हुन दिएका छैनौँ। मागेजति पाएका छैनन् होला तर पूर्ण अभाव हुन दिएका छैनौँ।
सुरक्षा त्रासका कारण कोभिड(१९ मा औलोविरुद्धको औषधिको परीक्षणमा डब्ल्यूएचओद्वारा रोक
कोरोनाभाइरस परीक्षणका लागि सङ्घीय सरकारले दिएको सामानले ुपुग्दै पुगेनुूरणनीतिक रूपमै हामीले सानोसानो परिमाणमा सामग्री दिएका छौँ ताकि कतै त्यो थुप्रिएर नबसोस्।
बरु एकपल्ट पठाए पुग्नेमा थोरैथोरै गरेर पटकपटक पठाएका छौँ। त्यसै अपेक्षा पूरा नभएको देखिएको होला तर सामग्रीको अभाव हुन दिएका छैनौँ।ूसङ्क्रमितको सङ्ख्या २,००० पुगेमा फेरि तथ्याङ्कको समीक्षा र विश्लेषण गरेर आवश्यक तयारी गरिने उनको भनाइ छ।
हाल धेरै परीक्षण सामग्री एकै पटक ल्याउँदा त्यसलाई भण्डारण गर्न चाहिने तापक्रमअनुसार मिलाएर राख्न कठिन हुने भएकाले मध्यम स्तरमा खरिदको काम भइरहेको बताइएको छ।सरकारले कुल जनसङ्ख्याको दुई प्रतिशत अर्थात् झन्डै ६,००,००० व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखेको बताइएको छ।
