Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारत र चीनबीच के हुँदैछ लद्दाखमा ?भारत चिनका सामु सधै लाचार हुन्छ नेपाल लाइ भने कम्जोर ठान्छ


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २७, २०७७

भारत र चीनबीच के हुँदैछ लद्दाखमा ?भारत चिनका सामु सधै लाचार हुन्छ नेपाल लाइ भने कम्जोर ठान्छ

सिजादर्पण २७ जेठ, काठमाडौं । कोरोनाको बिगबिगीले विश्व नै आक्रान्त भएका बेला नेपालका दुई विशाल छिमेकी चीन र भारतबीच सीमा क्षेत्रमा लप्पन छप्पन चलिरहेको छ । आणविक शक्तिसम्पन्न दुवै देश आफ्नो भूभागमा घोचपेच भएको भन्दै पाखुरा सुर्किरहेका छन् ।

अहिलेको झगडाको केन्द्रविन्दू हो हिमाली क्षेत्र लद्दाख, जुन पहिल्यैदेखि दुई देशबीचको विवादित भूमिकारुपमा रही आएको छ । गत मे ६–७ तारिखमा दुई देशका सैनिकबीच लद्दाखको पूर्वी भागमा मुठभेड भएको थियो । यस क्षेत्रमा यो कुनै नौलो दृश्य त थिएन, तर त्यसपछिका दिनहरुमा घटनाक्रमले गम्भीर रुप लिँदै गयो । चिनियाँ र भारतीय फौजबीच १४ हजार फिट उचाईका दुर्गम क्षेत्रहरुमा टकराव उत्पन्न हुन थाल्यो ।

दुई पक्षका सैनिकहरुबीच विभिन्न स्थानमा हात हालाहाल र ढुंगामुढा भए । पाङगोङ सो नामक चिसो लेकमा ढुंगामुढा हुँदा थुप्रै भारतीय फौज गम्भीर घाइते भए र उनीहरुलाई हेलिकोप्टरबाट उद्दार गरियो । केही चिनियाँ सैनिकलाई सामान्य चोट लाग्यो । चिनियाँ सेनाले भारतीय सेनाको एउटा समुहलाई दिनभर नियन्त्रणमा राख्यो ।

यसबीचमा दुवै देशले आ–आफ्ना क्षेत्रमा हजारौंको संख्यामा सैन्य बल थपेका छन् । मालबाहक टिपर एक्साभेटर, तथा बख्तरबन्द गाडीहरुको बाक्लो चहलपहल भइरहेको छ । दुवै पक्ष उच्च सतर्कतामा छन् ।

भारतले सीमा क्षेत्रमा निर्माण गरेको सडकलाई लिएर चीनले आपत्ति जनाएपछि विवाद सुरु भएको हो । आफ्नो सीमामा छेडछाड गरेर भारतले संरचना बनाएको चीनको आरोप छ । भारतले चाहिँ चिनियाँ फौज अनाधिकृतरुपमा आफ्नो भूमिभित्र घुसपैठ गरेको दाबी गरेको छ । परिस्थितिलाई शान्तिपूर्ण निकास दिन दुवै देश प्रयासरत छन् । सैन्य अधिकारीहरुबीच वार्ता सुरु भएको छ । तर, तनाव कम भएको छैन ।

८८८८

भारत र चीनबीचको सीमा विवाद एशियाली भुगोलमा नयाँ मामिला होइन । विश्वमै सर्वाधिक जनसंख्या भएका यी दुई देश सीमाक्षेत्रमा घोचपेचको विषयलाई लिएर बारम्बार भिडिरहन्छन् । अहिलेको टकराव पनि त्यसैको एउटा निरन्तरता हो ।

यसअघि सन् २०१७ मा पनि यस्तै स्थिति आएको थियो । त्यसबेला चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा चीनले सडक निर्माण गरेको भन्दै भारतले अवरोध गरेपछि ७३ दिनसम्म विवाद लम्बियो । अन्ततः भारत आफ्नो अडानबाट पछि हट्यो । भुटानको अभिभावक बनेर चीनसँग जोरी खोज्न जाँदा भारतले धक्का खानुपर्यो ।

सो घटनापछि दुई देशले सम्बन्ध सुधारको प्रयास गरे । द्वीपक्षीय भ्रमणहरु आदान–प्रदान भए । सन् २०१८ मा चीनको बुहानमा चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमनत्री नरेन्द्र मोदीबीच भेटवार्ता भयो । गत वर्ष सीले भारतको भ्रमण गरे र चेन्नईमा दुई नेताले सँगै बसेर नरिवलको पानी पिए । तर, घुमिफिरी रुम्जाटार भनेजस्तै फेरि दुई देश पुरानै तिक्ततामा फर्केका छन् ।

भारत र चीनले ३ हजार ४ सय ८८ किलोमिटर लामो बोर्डर सेयर गर्छन् । दुई देशलाई लाइन अफ एक्चुअल कन्ट्रोल ९एलओसी० ले छुट्याउँछ जुन तीन क्षेत्रमा बाँडिएको छ । पूर्वी क्षेत्रमा अरुणाञ्चल प्रदेश र सिक्किम, मध्य क्षेत्रमा उत्तराखण्ड र हिमाञ्चल प्रदेश तथा पश्चिमी क्षेत्रमा लद्दाख ।

एलओसीका विभिन्न खण्डहरुमा भारत र चीन दुवैले दावी गर्दै आएका छन् । खासगरी भारतले आफ्नो दावी गरेका थुप्रै ठाउँमा चीनको नियन्त्रण छ । चीनले आफ्नो ३८ हजार किलोमिटर भूभाग अतिक्रमण गरेको आरोप भारतले विगतदेखि लगाउँदै आएको छ भने भारतको आरोपलाई चीनले खारेज गर्दै आएको छ ।

भारतले २०१९ को अगष्ट ४ मा जम्मु कश्मिर र लद्दाखका विवादित भुभागलाई समावेश गर्दै आफ्नो नयाँ नक्शा सार्वजनिक गरेको थियो । त्यसमा चीन र पाकिस्तानले तत्काल विरोध जनाए । उनीहरुले भारतको नयाँ नक्शालाई मान्यता दिएका छैनन् । यही विवादको पृष्ठभूमिमा ५ र ६ मेमा लद्दाखको सीमा क्षेत्रमा दुई पक्षबीच झडप भएको हो । अहिले दुवै देशले सिमा क्षेत्रमा आफ्नो हजारौंको संख्यामा थप सेना परिचालन गरेका छन् ।

युद्धको सम्भावना न्यून

पटक–पटक तनाव उत्पन्न भए पनि ४ दशकयता भारत–चीन सीमा क्षेत्रमा गोली चलेको छैन । प्रायजसो दुवै पक्षका सैनिक ‘छोएर त देखा’ भन्ने मनोदशामा हुन्छन् । मुक्कामुक्की र ढुंगा हानाहान चाहिँ भइरहन्छ । अहिले पनि एक–अर्काविरुद्ध आक्रमण गर्ने वा लडाइँ लड्ने मुडमा दुवै देश छैनन् । तथापि सीमा क्षेत्रमा आफ्नो सामरिक शक्ति र अन्य पूर्वाधार बढाइरहेका छन् । यसको उद्देश्य भनेको एक–अर्कालाई तर्साउने मात्र हो ।

सीमा विवादलाई लिएर सन् १९६२ मा भारत र चीनले अन्तिम युद्ध लडेका थिए । उक्त युद्धमा भारतले लज्जास्पद हार व्यहोर्यो । त्यसयता चीनविरुद्ध भारतको भित्री आत्मबल कमजोर छ । बाहिर जति चर्को कुरा गरे पनि चीनसँग लडेर जित्न सकिँदैन भन्नेमा भारतीय नेताहरु स्पष्ट छन् । किनकी, अहिले पनि भारतको तुलनामा चीनको सामरिक शक्ति निकै ठूलो छ । आर्थिकरुपमा पनि भारतभन्दा धेरै सबल देश हो चीन ।

भारतले नेपाल वा पाकिस्तानसित जस्तो चीनविरुद्ध उत्तेजना देखाउन सक्दैन । सीमा विवादमा भारतीय पक्ष प्राय रक्षात्मक हुन्छ । पाकिस्तान वा नेपालको सामरिक शक्तिसँग उत्साहका साथ भारतको तुलना गर्न रुचाउने भारतीय मिडियाले चीनसँग भने तुलना गर्दैनन् । किनकि यसमा स्पष्ट भारत तल पर्छ ।

यता, चीन पनि शान्तिपूर्णरुपमा समस्या सुल्झाउने पक्षमै छ । तर, केही भारतका उग्रराष्ट्रवादी नेता र मिडियाहरुले उत्तेजना फैलाउने काम गरिरहेको उसले रुचाएको छैन । भारतीय पक्षको तुलनामा चिनियाँ पक्ष निकै शान्त देखिन्छ । न चीनका नेताहरु भारतविरुद्ध कडा अभिव्यक्ति दिएका छन्, न मिडिया उग्र राष्ट्रवाद देखाएका छन् । चिनियाँ मिडियामा त भारतसँगको सीमा विवादले खासै ठूलो प्राथमिकता पाएको पनि छैन । उनीहरुले सामान्य कभरेज मात्रै गरेका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन सौहार्दतापूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्ने पक्षमा छ । तर, आफ्नो एक इन्च पनि भूमि छोड्न तयार छैन ।’ भारतले नियतवस झडपको अवस्था सिर्जना गरिरहेको र अहिलेको सीमा रेखालाई एकपक्षियरुपमा तलवितल पार्न खोजेको सम्पादकीयमा उल्लेख छ ।

सैन्य र कुटनीतिक सम्वन्ध उतारचढावपूर्ण भए पनि भारत र चीनबीचको व्यापारिक सम्वन्धचाहिँ निकै बलियो र अविच्छिन्न छ । यी दुई देश लडाइँमा होमिन नसक्ने आकलन गरिनुको एउटा कारण व्यापारिक सम्वन्ध पनि हो । उनीहरुबीच द्वीपक्षीय व्यापारको सन्तुलनचाहिँ चीनतर्फ ढल्केको छ ।

चीन र भारतबीच एक वर्षमा ८० अर्ब डलरको हाराहारीमा वैदेशिक व्यापकर हुन्छ । भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो । अघिल्लो आर्थिक वर्ष भारतले चीनमा करिब १६ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरेको थियो भने ६४ अर्ब डलर बराबरके आयात गरेको थियो । यसरी भारतले एक वर्षमा ५० अर्ब डलरको आसपास व्यापार घाटा व्यहोर्दै आएको छ ।

भारतमा चीनको प्रत्यक्ष वैदेशिक लगानी पनि निकै ठूलो छ । सन् २०१४ मा भारतमा चीनको लगानी एक अर्ब ५० करोड डलरको हाराहारीमा थियो । अहिले यो बढेर ८ अर्ब डलर पुग्न लागेको छ ।

अन्तर्राष्ट्रिय समुदायको झुकाव

दुई ठूला मुलुकहरु आपसमा भिड्दा बीचमा पर्ने सानो मुलुकको महत्व बढ्छ । नेपाललाई त्यही अनुकुलता अहिले छ
चीन भारत विवादमा अहिलेसम्म अन्तर्राष्ट्रिय समुदाय मौनप्राय नै छन् । अमेरिकी राष्ट्रपतिले दुई देशबीच मध्यस्थताका लागि इच्छा व्यक्त गरेका थिए । तर, दुवै देशले त्यसलाई महत्व दिएनन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको छिमेक नीतिको खुलेर विरोध गरेका छन् । त्यसबाहेक अन्य राष्ट्रले औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।

यदि भोलि भारत र चीनबीचको विवाद चर्कँदै गएर गम्भीर रुप लिएमा वा युद्धकै अवस्था आएमा अन्तर्राष्ट्रिय समुदायको पक्षधरता खुल्न सक्छ । त्यसबेला दुवै देशले अन्तर्राष्ट्रिय समर्थन र साथ खोज्नेछन् । दुई देशलाई तराजुमा तौलिँदा हरेक हिसाबले चीनको पल्ला भारी हुन्छ । तर, भारतले जटिल परिस्थिति उत्पन्न भएमा अमेरिका लगायतका पश्चिमा देशहरुको साथ पाउने आशा गरेको छ ।

विश्व महाशक्तिको रुपमा चिनिएको अमेरिकासँग चीनको सम्वन्ध खराब हुँदै गएको स्थितिमा भारतले उसित आशा राख्नु स्वभाविक पनि हो । तर, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदासम्म केही भन्न सकिँदैन । उनले विभिन्न व्यापारिक मुद्दाहरुमा बारम्बार भारतमाथि पनि प्रहार गर्दै आएका छन् । भारत र चीनबीच मध्यस्थता गर्छु भनेर उनले अहिले कुनै पक्षधरता नलिएको संकेत गरेका छन्, जुन भारतका लागि अपेक्षित होइन ।

यता चीनको पछाडि उभिन सक्ने आणविक शक्तिराष्ट्र उत्तरकोरिया हो । अन्तर्राष्ट्रिय समुदायबाट ‘आइसोलेसन’ मा परेको उत्तर कोरियाको सबैभन्दा सहयोगी र हितैषी देश चीन मानिन्छ । दुवै कम्युनिष्ट राष्ट्र भएकाले जात पनि मिल्छ । तसर्थ चीनलाई उत्तर कोरियाले साथ दिने निश्चितप्राय छ । अन्य शक्ति राष्ट्रहरुको समर्थन भने प्रष्ट भएको छैन । यद्यपि, प्रजातान्त्रिक प्रणालीमा चलिरहेका देशहरुले चीनभन्दा भारतप्रति सदासयता राख्छन् ।

दक्षिण एसियाको अवस्था भने फरक छ । भुटानलाई छोडेर यस क्षेत्रका अन्य देशरुमा भारतको प्रभाव खस्किँदो छ भने चीनको बढ्दो छ । पाकिस्तान भारतको घोषित सत्रु नै भयो । गत वर्ष उनीहरु झण्डै युद्धको स्थितिमा पुगेका थिए । त्यो साम्य भए पनि भारतले जम्मु कश्मिरको स्वायत्तता खोसेपछि पाकिस्तान औधि रुष्ट छ । यही बेला चीनले पाकिस्तानलाई सहयोग बढाइरहेको छ । पाकिस्तान नियन्त्रित कश्मिरको बोर्डरमा चीनले एउटा भिमकाय ड्याम बनाउनका लागि सघाउने प्रतिबद्धता जनाएको छ ।

दक्षिण एसियाका अन्य देशहरुमा पनि चीनले आफ्नो प्रभाव बलियो बनाइरहेको छ । माल्दिभ्समा उसले एउटा प्रान्त टेकओभर गर्यो, जुन भारतीय समुद्री तटबाट ६ सय माइल दुरीमा पर्छ । चीनले यहँ दशौं लाख पाउन्ड बालुवा खन्याएर उक्त प्रान्त विस्तार गरेको र यसलाई सैन्य आधार इलाकाको रुपमा प्रयोग गर्न चाहेको भारतीय सैन्यविदहरुले दाबी गरेका छन् ।

बंगलादेश र श्रीलंकासँग भारतको सम्वन्धमा पनि विभिन्न समस्या छन् । भारतले हालै आप्रवासी मुस्लिमहरुलाई नागरिकताबाट वञ्चित गर्ने गरी ल्याएको कानून बंगलादेशप्रति लक्षित थियो । बंगलादेशबाट भारतमा आएर बर्षौंदेखि बसोबास गरिरहेका लाखौं बंगालीहरु नागरिताविहिन छन् । अर्को सार्क राष्ट्र श्रीलंका पनि पछिल्लो समय चीनतिर स्पष्ट ढल्किएको छ ।

नेपाललाई अनुकुलता

‘साँढेको जुधाई बाछाको मिचाई’ भन्ने नेपाली उखान छ । कुटनीतिमा चाहिँ यो उखान त्यति काम लाग्दैन । दुई ठूला मुलुकहरु आपसमा भिड्दा बीचमा पर्ने सानो मुलुकको महत्व बढ्छ । नेपाललाई त्यही अनुकुलता अहिले छ ।

संयोगले यति बेला नै नेपालले पनि भारतद्वारा अतिक्रमित आफ्नो भूमि फिर्ताको एजेन्डालाई चर्काएको छ । नेपालको सरकारले अतिक्रमित भूमि समावेश गर्दै देशकै नक्शा संशोधन गर्ने निर्णय लिएपछि यो विवादमा अन्तर्राष्ट्रिय समुदायको थोरै ध्यानाकर्षण भएको छ ।

चीनसँग ठूलो झमेलामा रहेको बेला नेपालसँग पनि झमेला गर्दा भारतको अर्घेलो स्पष्ट देखिनेछ । यसले भारतलाई दवाव पर्न सक्छ । भारतले यतिबेला नेपालसित कठोर बनेर पेश हुन नसक्नुको कारण पनि यही नै हो ।

अहिलेसम्म भारतीय नेताले नेपालले उठाएको मुद्दालाई महत्व दिएका छैनन् । वा, महत्व नदिएको अभिनय गरिरहेका छन् । नेपालमा उर्लेको राष्ट्रवाद क्षणिक हो र केही समयमा आफैं सेलाउँछ भन्ने उनीहरुको बुझाई छ । त्यसैले वार्तामा बस्न पनि खटेर गरिरहेको छ भारत । तर, यदि नेपालले चाँडै संसदबाट नक्शा पारित गरेर यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेमा भारत वार्तामा नआई सुख्ख हुँदैन । नेपालजस्तो सानो छिमेकी राष्ट्रको भूमि हडपेको विषय अन्तर्राष्ट्रियकरण हुँदा भारतको छविमा थप दाग लाग्छ ।

यसप्रकार, चीनसँगको सीमाविवाद, पाकिस्तानसितको तिक्तता अन्य दक्षिण एसियाली राष्ट्रहरुसँग बिग्रँदो सम्वन्धको पृष्ठभूमिमा नेपाललाई पनि चिढ्याउनु भारतका लागि महंगो पर्न सक्छ । अर्कोतर्फ सुरक्षा परिषदको अस्थायी सदस्यताका लागि प्रयास गरिरहेको अवस्थामा उसका लागि छिमेकीको भोट महत्वपूर्ण हुन्छ । यही भूराजनीतिक एवं कूटनीतिक अनुकुलताको प्रयोग गरेर आफ्नो खोसिएको भूमि फिर्ता गर्ने अभूतपूर्व मौका नेपालसित छ ।

भारतले अहिलेसम्म कोरोनाको बहाना गरेर नेपालसँगको वार्ता पन्छाउँदै आएको थियो । तर, कोरोनाकै बीचमा चीनसित उसले प्रत्यक्ष र भर्चुअल वार्ता सुरु गर्यो । त्यसैले अब नेपालसँग उसले यो बहाना गर्न सक्दैन । तसर्थ नेपालले दबाव बढाउनुपर्ने छ । तर, नेपालको सरकार र दलहरु अहिले आफैंभित्र अल्मलिएका छन् ।

फलाम तातेको बेला ठोक्नुपर्नेमा संवैधानिक प्रक्रियाका नाममा नक्शा संसदबाट अनुमोदन हुन सकेको छैन । फास्ट ट्र्याकबाट संविधान संशोधन गरेर तत्काल अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नयाँ नक्शाबारे औपचारिक जानकारी गराइनु अत्यावश्यक छ । अन्यथा रात गए अग्राख पलाउँछ भन्ने नेपाली उखान चरितार्थ हुन सक्छ । नेपालभित्रका आन्तरिक विभाजन ल्याएर कसरी आफ्नो स्वार्थपूर्ति गराउन सकिन्छ भन्ने भारतलाई जति कसलाई थाहा होला । उसले यसका लागि भित्रभित्रै आफ्नो खेल तीव्र बनाइसकेको छ ।श्रोत अनलाइन खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn