सिजादर्पण ३१ जेठ काठमण्डौँ । भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले नेपालसँग भारतको सधैं मजबुत सम्बन्ध रहेको र भविष्यमा पनि सम्बन्ध सुदृढ रहने बताएका छन् ।
भारतको उतराखण्डको देहरादुनस्थित मिलिटरी एकेडेमीमा शनिवार आयोजित कार्यक्रमका क्रममा पत्रकारहरुसँग भारतीय स्थल सेनाध्यक्षले जनस्तरको र सभ्यतासँग जोडिएको नेपाल भारत सांस्कृतिक सम्बन्धको व्याख्या गर्दै नेपालसँग सम्बन्ध सुदृढ रहने उल्लेख गरेका हुन् ।
बम
नेपालले कसैको उक्साहटमा भारतद्धारा निर्माण भएको पिथौरागढ लिपुलेक सडक खण्ड उद्घाटनको विरोध गरेको आरोप लगाएपछि उनी भारतभित्रै पनि आलाचित हुन पुगेका थिए ।
नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सा जारी गरेको लिपुलेक र लिम्पियाधुरा रहेको उत्तराखण्ड राज्यको प्रान्तीय राजधानी रहेको देहरादुनमा उनले पछिल्लो अभिव्यक्ति दिएका हुन ।
उनले चीनसँगको सीमा क्षेत्रका सन्दर्भमा नेपालका बारेमा पनि प्रतिक्रिया राखेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
नरभणेले नेपालबारे भनेका छन्, नेपालसँग हाम्रो अत्यन्त मजबुत एवं सुदृढ सम्बन्ध छ । हामीहरुबीच जनस्तरमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ । सधैं मजबुत रहेको सम्बन्ध भविश्यमा पनि सुदृढ रहनेछ । तर नेपालसँगको सीमा बिबादबारे उनले केही प्रतिक्रिया दिएनन् ।
नरभणेले २ जेठमा नेपालमा कसैको उक्साहटमा भारतद्धारा लिपुलेक जोड्ने सडक उद्घनको विरोध र सडकमा विरोध प्रदर्शन भएको आरोप लगाएका थिए ।
भारतको मनोहर पारिकर इन्स्टीच्युट फर डिफेन्स स्टडीज एण्ड एनालाइसिसद्धारा आयोजित सेमिनारमा भारतीय सेनाध्यक्षले काली नदी भन्दा पश्चिममा भारतले सडक निर्माण गरेको तर्क गर्दै यसमा विरोधको औचित्य नभएको जिकिर गरेका थिए ।
त्यसबेला उनले भनेका थिए, ुलिपुलेक मानसरोबर सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभाष देख्दिन । कालीनदी भन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ म जान्दिन । उनीहरुले यो बिषय कसैको उक्साहटमा उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक कोरिडोरबारे बिबाद छैन ।ु
नरभणेको भनाईलाई नेपाली सेनाले खण्डन गरेन । बरु, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी संचारमाध्यम राससलाई दिएको अन्तर्वार्तामा विरोध जनाएका थिए ।
भारतभित्रै विभिन्न क्षेत्रबाट भारतीय स्थल सेनाध्यक्षको भनाईको विरोध भएको थियो । नरभणेको भनाई सार्वजनिक भए लगत्तै भारतीय सेनाका पुर्व लेफ्टिनेन्ट जनरल एवं उत्तरी कमाण्डका कमाण्डर डी एस हुडाले द प्रिन्टकी पत्रकार ज्योति मलहोत्रासँग अन्तर्वार्तामा नरभणेको भनाईको विरोध गरेका थिए ।
हुडाको भनाई थियो ‘यो कूटनीतीक बिषय हो । कूटनीतिज्ञहरुलाई नै छाडिदिनुपर्छ । सेनाप्रमुखले टिप्पणि गरेर बिबादमा आउनु ठीक होइन । उहाँ अनावश्यकरुपमा बिबादमा तानिएर फाइदा छैन । नेपालसँग परिपक्व तरिकाले कूटनीतिकरुपमा डिल गर्नुपर्छ ।
