सिजादर्पण काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कोरोना भाइरसविरुद्धको भ्याक्सीन आउने कुनै ग्यारेन्टी नभएको बताएका छन् ।
बिल गेट्सको संस्थ बिल एण्ड मेलिण्डा गेट्स कोरोना भ्याक्सीनका लागि अर्बौं डलर खर्च गरिरहेको छ । अहिलेसम्म संस्थाले ४० अर्ब डलर भन्दा धेरै खर्च गर्ने तयारीमा छ । बिल गेट्सका अनुसार यस वर्षको अन्तिम वा आउने सालको शुरुवातमा कोरोना भाइरसको भ्याक्सीन बजारमा आउने छ । बिल गेट्सका अनुसार भ्याक्सीनका दुई फाइदा हुनेछन् ।
पहिलो संक्रमितको उपचार सम्भव हुनेछ भने दोश्रो महामारीलाई नियन्त्रणमा लिनेमा सहयोग गर्नेछ । तरयसको बारेमा कुनै ग्यारेन्टी नभएको र हामी पुरा किसिमले बच्न सक्छौँ भन्नेमा विश्वास नरहेको उनले बताएका छन् ।बिल गेट्सले सारा विश्वमा कोरोना भाइरसबाट बढ्दै गएको क्षतिबारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘यसको लागि धेरै परीक्षण गर्न आवश्यक रहेको छ, अमेरिकामा केहि मानिस नजरअन्दाज गरिरहेका छन्,उनले ह्वाइट हाउसले गरेको धेरै टेस्ट भएकोले अमेरिकामा कोरोना संत्रमितको संख्या बढीरहेको भन्ने कुरा म खारेज गर्दछु ।’
कोरोना भाइरसको भ्याक्सी नबनेपछि यसको वितरणलाई लिएर पनि बिल गेट्सले आशंका व्यक्त गरेका छन् । उनले एक साक्षात्कारमा भने, ‘तपाईसँग एउटा औषधि लिने कि नलिने भन्ने विकल्प हुनेछ ।’ एक सवैक्षणका अनुसार तीन चौथाई अमेरिकीहरुले यदि यो औषधिले सुरक्षा गर्ने भए मात्र कोरोना भाइरसको भ्याक्सीन लिने बताएका छन् ।लगभग ४० प्रतिशत अमेरिकी वयस्कहरुले खाद्य र औषधि प्रशासनद्वारा अनुमोदित भएपछि मात्रै औषधि लिन सकिने बताएका छन् । त्यस्तै ३८ प्रतिशत भन्दा धेरैले समीक्षकहरुको सल्लाह पछि मात्रै कोरोना भाइरसको भ्याक्सीन लिने सकिने बताएका थिए ।
