Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मेसिले छोडने भए वार्सिलोनाको पेलेटफम


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार २०, २०७७

मेसिले छोडने भए वार्सिलोनाको पेलेटफम

सिजादर्पण २० असार काठमाण्डौ । चचित फुटबलर लियोनल मेसीले यसै साता सात सय गोल पूरा गरे । स्पेनिस ला लिगामा गत बुधबार एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टी गोल गर्दै उनले आफ्नो खेलजीवनमा नयाँ कोसेढुंगा पार गरेका हुन् ।

उनी यो उपलब्धि हात पार्ने अहिले पनि सक्रिय रहेकामध्ये दोस्रा फुटबलर हुन् । उनीभन्दा पहिलो क्रिस्टियानो रोनाल्डोले गत वर्ष नै सात सय गोल पूरा गरेका थिए । पहिले सात सय गोल पूरा गर्ने प्रतिस्पर्धामा रोनाल्डोले उछिने पनि मेसीले कम खेलमै यो उपलब्धि हात पारेका छन् ।
३३ वर्षीय मेसीले देश र क्लबका लागि गरी ८६२ व्यावसायिक खेलबाट यो उपलब्धि हात पारे । उनीभन्दा दुई वर्ष जेठा रोनाल्डोले यो उपलब्धिका लागि ९७४ व्यावसायिक खेल खेलेका थिए ।

कीर्तिमानी छैटौँपटक बालोन डिअर अवार्ड जितेका मेसी आफैँ र उनका समर्थकका लागि यो अर्को खुसीको कुरो रह्यो । तर, सात सय गोल पूरा गरेको खुसी मनाउन नपाउँदै मेसीले आफ्ना समर्थकका लागि दुःखको खबर पनि दिएका छन् ।

जारी सिजनको अन्त्यसँगै मेसीले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको क्लब बार्सिलोना छाड्ने निर्णय गरेका छन् । पछिल्लो सम्झौताअनुसार बार्सिलोनामा मेसीको बसाइ जारी सिजनका लागि मात्रै रहनेछ । सम्झौता सकिनै लाग्दा मेसीले आफ्ना पिता जोर्जमार्फत नवीकरणको प्रयास थालेका थिए ।

मेसीकै निर्देशनअनुसार पिता जोर्जले क्लब पदाधिकारीसँग सम्झौता नवीकरणका लागि वार्ता गरिरहेका थिए । तर, उनले शुक्रबार आफ्ना पितालाई सम्झौता नवीकरण गर्ने सम्बन्धमा क्लब पदाधिकारीसँग सुरु गरिएको वार्ता रोक्न निर्देशन दिएका छन् ।

बार्सिलोना मेसीको बाल्यकालदेखिको क्लब हो । उनी आफू १३ वर्षको हुँदा अर्जेन्टिनाबाट स्पेन पुगेका थिए । उनले बार्सिलोनाकै एकेडेमीमा फुटबल खेल्न सिके । बार्सिलोनाको विभिन्न उमेर समूहको टोली हुँदै पछिल्लो एक दशकभन्दा लामो समय पहिलो टोलीको मुख्य खेलाडीको रूपमा रहँदै आइरहेका छन् । उनी अहिले क्लबको कप्तानसमेत हुन् ।

तर, आफ्नै कप्तानीमा टोलीले अपेक्षाअनुसारको सफलता दिन नसक्दा उनीमाथि दबाब थपिएको छ । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडमा पछि परेको छ । सुरुवातमा अंकतालिकामा अग्रता बनाएको बार्सिलोनाले कोभिड–१९ महामारीका कारण केही समय रोकिएर पुनः सुचारु हुँदा आफ्नो अग्रता गुमाएको छ । उसलाई चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडले पछि पारेको छ ।

त्यसमाथि पछिल्लो समय आफ्नै प्रशिक्षण टोलीसँग बढ्दै गएको तीक्ततापूर्ण सम्बन्धका कारण मेसी क्लब छाड्ने निर्णयमा पुगेका हुन् । आफ्नै प्रशिक्षण टोलीसँग मेसी र उनका सहकर्मीको तीक्तता यतिसम्म चुलिएको छ कि उनीहरूले मैदानमा प्रशिक्षकहरूको निर्देशन मान्न छाडेका छन् ।

गत शनिबार सेल्टा भिगोविरुद्धको अवे खेलमा मेसी प्रशिक्षक क्विक सेटिन र उनका सहयोगी इडर सराबियाको निर्देशन अवज्ञा गरिरहेको देखिएका थिए । ‘टच लाइन’मा प्रशिक्षक उनलाई केही भन्न खोज्दै थिए, तर उनी सुन्दैनसुनी मैदानमा फर्किएको फुटेजमा देखिएको छ ।

त्यसपछि ड्रेसिङ रुममा समेत उनीलगायत खेलाडीले प्रशिक्षकसँग चर्को विवाद गरेको स्पेनी मिडियाले जनाएका छन् । क्लबसँगको जारी सम्झौता सकिनुअघि उनले स्पेनिस ला लिगाका अझै बाँकी दुई चरणको खेल खेल्नेछन् । त्यसपछि उनी आफ्नो निर्णयमा अडिग रहलान् वा क्लब उनीबारे निर्णय फिर्ता गर्न सक्षम होला रु सिजनको अन्त्य हुनुअघि नै निश्चित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn