Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपाल प्रति गलत न्युज पसारण गर्ने भारतीय मिडिया हरुको च्यानल नेपालमा वन्द गर्ने


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७

नेपाल प्रति गलत न्युज पसारण गर्ने भारतीय मिडिया हरुको च्यानल नेपालमा वन्द  गर्ने

सिजादर्पण २६असार काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका विरुद्ध भारतीय सञ्चारमाध्यममा आपत्तिजनक टिप्पणी भएको छ । खासगरी भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले काल्पनिक कथा बुनेर प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रहत्या गरेपछि अहिले नेपालमा भारतीय न्यूज च्यानल बन्द गर्न मागसमेत उठ्न थालेको छ । सोहीअनुसार केबल अपरेटरहरुले प्रशारण रोक्ने निर्णय गरेको बताएका छन् । तर सञ्चार मन्त्रालयले यसबारे आधिकारिक जानकारी नरहेको बताएको छ ।

भारतीय सञ्चारमाध्यम, खासगरी टेलिभिजन च्यानल कहिल्यै सभ्स र शिष्ट रुपमा प्रस्तुत भएको देखिँदैन । भारतीय टेलिभिजन च्यानलका सबैजसो ‘टक शो’ उत्तेजना तथा ध्वनि प्रदूषणमा अब्बल देखिन्छन् । नेपालका केही टेलिभिजन पत्रकारले त्यो शैली अनुशरण गर्न खोजे पनि सिङ्गो मिडियाले त्यस्तो उच्छृङ्खल र असभ्य छवि बनाएको पाइँदैन । तर भारतीय मिडियामा सबैजसो ‘न्यूज एङ्कर’को शैली र छवि एकनास छ ।

भारत र पाकिस्तान परम्परागत रुपमै एक अर्काको दुश्मन मानिन्छन् । यी दुई मुलुकको सम्बन्ध कहिल्यै विश्वासिलो र सुमधुर हुन सकेको छैन । त्यसैले यी दुई देशका मिडिया एक अर्कालाई होच्याउने, अपमान गर्ने, गालीगलौजमा उत्रने होडबाजीमा लागे । स्वभावै हो, पाकिस्तानसँग भारत कुनै पनि मोर्चामा पराजित हुन चाहँदैन, त्यसैले मिडिया प्रोपोगाण्डामा पनि भारतीय मिडिया नै अगाडी भए ।
पाकिस्तानलाई गाली वर्षाउने मिडियाप्रति भारतीय जनताले पनि चासो र रुची बढाए । कालान्तरमा यो नै भारतीय मिडियाका लागि एउटा रोग बन्यो । गालीगलौज, तथानाम फलाक्ने संस्कृतिबाट भारतीय न्यूज च्यानल माथि उठ्नै सकेनन् । जिम्मेवार पत्रकारितामा उनीहरु निकै पछाडि छुटे ।

अहिले तीन छिमेकी मुलुकसँग भारतको सीमा विवाद चर्किएको छ । एकातिर पाकिस्तान, अर्कोतिर चीन र यता नेपालसँग सीमा विवाद चर्किएको छ । यस्तो अवस्थामा भारतीय मिडियाले पाकिस्तानलाई परम्परागत रुपमा गरेकै शैलीको व्यवहार चीन र नेपालसँग पनि गर्न थालेको देखिन्छ ।

‘पत्रकारिता होइन त्यो’
जनतालाई सुसूचित गर्ने दायित्व बोकेका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्नुअघि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । ती समाचारमा सत्यता छ कि छैन, कसैको चरित्रहत्या हुन्छ कि हुँदैन, समाचारले देश–देशबीचको सम्बन्धमा असर गर्छ कि गर्दैन लगायत धेरै विचार गर्नुपर्ने हुन्छ । यस्ता सवालमा नेपाली मिडिया धेरै जिम्मेवार र व्यावसायिक देखिएको प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ बताउँछन् । तर जिम्मेवार पत्रकारिताको सवालमा भारतीय मिडिया नेपाली मिडियाको तुलनामा निकै पछाडि देखिएको उनको भनाइ छ ।

एउटा सार्वभौम देशको जननिर्वाचित प्रधानमन्त्रीविरुद्ध यस्ता गैरजिम्मेवार र बेतुकका टिप्पणी गर्नु कुनै पनि कोणबाट पत्रकारिताको धर्म र दायित्व नहुने उनले प्रष्ट पारे । ‘एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र पर्दैन, उनले फेसबुकमा लेखेका छन्, ‘त्यो पत्रकारिता नभई गालिकारिता र पर्चाकारिता हो ।’

प्रेस काउन्सिल नेपालले यसबारे समकक्षी भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेको तर विद्युतीय मिडिया उसको क्षेत्राधिकारभित्र नपर्ने र अखबारमा मात्र केन्द्रित रहनपर्ने कानूनी ब्यवस्थाको कारण त्यहाँ समस्या रहेको उनको भनाइ छ ।

सरकारकै कारण यो अवस्था

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार सरकारकै कारण यो अवस्था निम्तिएको हो । युट्युबलगायत नेपालमा डोमेन नरहेका यस्ता च्यानलहरुबाट हुने आपत्तिजनक सामग्री प्रशारणको नियमनका निम्ति आफूहरुले दुई महिनाअघि नै नेपाल सरकारलाई वैधानिक ब्यवस्था मिलाउन पत्राचार गरेको जानकारीसमेत उनले दिए । ‘तर सरकार आफैले किन फाइल थन्क्याएर अराजकतालाई आमन्त्रण गरेको हो भन्नेबारे हामी आजसम्म पनि अन्जान छौँ,’ उनले भने ।

युट्युब तथा नेपालमा डोमेन नरहेका यस्ता च्यानलबाट पत्रकार आचारसंहिता उल्लंघन हुँदा पनि कारवाही गर्न सक्ने अवस्था नरहेको भन्दै आफूले दुई महिना अघि नै प्रेस काउन्सिल नेपाललाई यसको जिम्मा दिन वा अर्को कुनै संयन्त्र बनाएर नियमन गर्न सरकारसमक्ष आग्रह गरे पनि सरकारले वास्ता नगरेको गुनासो श्रेष्ठले गरे । प्रेस काउन्सिललाई नै यसबारे जिम्मा दिएको भए तत्काल कारवाहीमा आफूहरु गइसकेको हुने उनको भनाइ छ ।
सरकारले चाहेमा तत्काल त्यस्ता च्यानललाई नेपालमा प्रशारण गर्न रोक लगाउन सक्ने उनले बताए । ‘सरकारले त्यस्ता च्यानल प्रशारण गर्न नदिन सक्छ, सेवाप्रदायक संस्थामार्फत त्यस्ता च्यानल रोक्न सकिन्छ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारले त्यसरी भारतीय च्यानलको प्रशारण रोक्दा हामी त्यसको स्वागत गर्छौँ ।’

‘हामीले टेलिभिजन च्यानलहरु पैसा तिरेर हेर्ने हो,’ उनले भने, ‘आफैले पैसा तिरेर आफ्नै देश, जननिर्वाचित प्रधानमन्त्री, नेपाली जनतालाई गाली गरेको हेर्नुपर्ने रु’ प्रधानमन्त्रीसँग हाम्रा विमति हुन सक्छन् तर त्यस्ता विमति छन् भन्दैमा कुनै अर्को मुलुकले आफ्ना प्रधानमन्त्रीलाई जथाभावी भनेको, गाली गरेको कुनै पनि नेपालीले हेर्न नसक्ने उनले बताए ।

कडा कदम चाल्न पत्रकार महासंघको आग्रह
नेपाल पत्रकार महासंघले पनि उचछृङ्खल ढंगले सामग्री बनाएर नेपाल र नेपालीको भावनामा चोट पु¥याएका भारतीय टेलिभिजन च्यानलमाथि कडा कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ,’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ ।’

महासंघले भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भत्र्सनासमेत गरेको छ । ‘साथै, महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn