सिजादर्पण काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ lयस्तै बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ यो समाचार रातोपाटिमा छ ।
